२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

विजयको शिखर

  • विजयको शिखर

जिन्दगीको युद्ध मैदानमा

जब सकृय मन-मस्तिकले भाग लिन्छन्

चाहे तिनीहरु अँध्यारो कोठामा बसेका हुन्

बार-पर्खालहरुले घेरिएका हुन्

या

मैदानमा गोला बारुदसंग खेलिरहेका हुन्

तिनीहरुले

लक्ष्य-बिन्दुको अवरोधलाई कुल्ची छाड्छन्

प्रतिगामी र यथास्थितिवादी आंकुसेहरु

भाँची छाड्छन्

छलकपट रहित निडर

र नियत नबांगिएकाहरु

अनिवार्य रुपमा

विजयको शिखरमा पुगी छाड्छन् ।

-मदन भण्डारी

तपाईंलाई दिवंगत भन्न कोही सक्दैन

जब म रहन्न

तर तर्पाईं रहनुहुनेछ ।

तपाईं रहिरहनु हुनेछ कामरेड

नवजात स्मृतिहरुमा

जसलाई आफ्ना

सन्तानमा जन्माएर जानेछन्

कुनै पनि युग

तपाईंलाई विस्रने साहस गर्ने छैन ।

तपाईंको साहसको कदरमा

प्रत्येक युगको छाती तन्कनेछ ।

तपाईंलाई दिवंगत भन्न

कोही सक्दैन कामरेड

अरुलाई गति दिएर

तपाईं सिर्फ स्थिर हुनुभएको छ ।

राजव

आँखाहरु ओभाएका छैनन्

संगै युगलाई वाणीमा बोकेर

ऊ यमत्रामा निस्केको गियो

समुन्द्रको छाल झैंएक पछि अर्को

किनारा भत्काउँदै थियो

कसले भन्छ उसको अवसान भयो भनेर

ऊ राष्ट्रको ढुकढुकीमा बसिरशेको छ

र उसको सक्षिप्त जीवन गाथा

अमर विभूतिमा अनुवाद भैरहेको छ ।

मेरो कविताको नायक हो ऊ

मुक्तियात्राको गायक हो ऊ

दन्दनाउँदो ज्ािलामुखी फुटेर

तातो र रातो लाभा छरिरहेकोबेला

उसले कसरी जल समाधी लियो

लाखौं मानिसहरुका मुटुको चाल

एकाएक टक्क रोकिएको छ

आधा विश्व स्तव्ध भएको छ

र मेरो कविता मुर्छित भएको छ ।

ऊ आफैं मुलबाटो थियो यात्राको

हामी गन्तव्य पहिल्याइरहेका थियौं

यात्रा नटुंगिदै कसरी भनुँ

उसले विश्रामको चौतारी रोज्यो

शव्दकोशमा थकाइ भन्ने शव्द नै नभेट्ने

जोश र जाँगरको प्रतिमूर्ति

ए कसरी चीर निन्द्रामा सुत्यो

अथवा मेरो देशको एयटा अर्को सगरमाथा ढल्यो ।

म मलामी गएर आएको छु

आफैं प्रति विश्वास लाग्दै छैन

मैले आफ्नै मुटु निष्ठूर आगोमा पोलेर आएको छु ।

आँखाहरु ओभाएका छैनन्

आँसुले सम्झना पखाल्न सक्दो रहेनछ

हिक्का र।ेकिन मानिरहेका छैनन्

मुर्छाबाट ब्युँझिएर मेरा कविता

आफ्नै नायकको दुःखद मृत्युमा

श्रद्धााजली अर्पण गरिरहेछ ।

पि्रयजनहरु आँखा पुछौं र पंक्तिवद्ध हाऔं

आगामी यात्राले पर्खिरहेछ ।

नेपाली पखेराका एक थुंगा गुराँस

अचानकै वैलियो र बोटबाट झर् यो

तर कसलाई थाहा छैन र

फूलको रंग कहिल्यै कहिल्यै सुक्दैन ।

नरनाथ लुईंटेल


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box