२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

शब्द पुश्पाजली

एउटा होनाहार योद्धा

आस्थाका छालहरु अविरल बहाँउँदै

त्याग बलिदान र समर्पणका भावहरु िफंजाउदै

कोटी कोटी स्पन्दनमा ध्वनित बनेर

प्रतिष्ठाको सगरमाथा भन्दा उच्च

तिमि एउटा आदर्श ।

जिवन यात्रामा पराजित कदापी भएनौँ

काल खुब हाँस्दो हो एउटा फुल टिपें भनेर

तर तर त्यसलाई के थाहा यहाँ

लाखौँ फूलहरु फूलीसकेका छन ।

धिकार छ मृत्यू समय असमय

मौसम वेमौसम लाखौँ फूलका मालिलाई चुडिस ।

सक्दो होसःत सम संझको सुशान्तमा

आँधिबेरी बनेर किन आइस

किन आइस अनायस नाच्दै भुमरीमा

सामयिक आगम हुँदो होत हजारौँ वर्षको आयु सापट दिनेहरु थिए ।

लाखौँ वर्ष छातिमा लुकाउने थिए ।

तर झुपडीका मन भित्र बाँचेर

मजदुरका गिट्टि र कोदालाहरु हाँसेर ।

त्यसैले होला भयंकार पराजयको पिङ

कातर बनी भोग्दै छ जसले मदनको आयु चोरेका थिए

दासढुङ्गा निमुखाको तिर्थ स्थल बनेको छ

देखावटी शरिर लाई सागरमा झारे पनि

नर लोक भलमल भै सकेको छ ।

मानव रुपि दानवको शिकार नै भए पनि कयौँ वसन्ती वाहारले सजिएका

अन्योन्याश्रीत सम्बन्धले जेलिएका

आस्था र विश्वासका पुष्पहारले भरिएका

किसान वगैँचा र लाखौँ माली सृजीत भैसकेका थिए

उनि चिर निन्द्रामा लिन हुन अगावै ।

शिवराज सापकोटा

सांकोष -१ आँपश्वारा


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box