२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

युवा तथा खेलकुद

बाल बालिकाहरुलाई अनुशासित बनाऔ

गोमा पाण्डे   लोहनी

आजकाल आमा बाबु नै आफ्ना बालबालिकाहरुको असल वा खराब आचरणका लागि उत्तरदायी छन् । मेरो छोराछोरी मेरो करा सुन्दैननू भनेर आमा बाबुले भन्नु लाजमर्दो कुरा हो । परिवारमा छोरा छोरीलाई सुरुदेखि नै सहि ढंगले हुर्काएको भर उनिहरुले यस प्रकारको व्यवहार गर्दैनथे । एउटा चिचिन्डालाई सीधा बनाउन कलिलो अवस्था मा यसको टेप्पामा ढुङ्गा बाँधेर झुन्डाएनु पर्दछ । त्यस्तै तवरले बाल बालिकालाई शिशु अवस्थामा नै अनुशासन र भक्तिरुपी ढुङ्गाको संसर्ग गराउनु पर्दछ ।

बालबालिकाको मन निर्दोष कलिलो र शुद्ध हुन्छ । तिनीहरुमा मन र इन्द्रियहरुलाई असर पार्ने चलचित्रहरुबाट ठूलाबाडाले सिर्जेका पाखण्डपूर्ण वातावरणबाट चमकदमक र ख्याति कमाउने प्रलोभनका कारणले विकृत रुपमा विकसित हुन सक्छन् । त्यसैले बाबु आमा र स्कुलहरुले बालबालिकाहरु उपर अनुशासन रुपी ढुङ्गा झुण्डाउनु पर्दछ । चिचिण्डोलाई ढुङ्गाले सिधा गरे झै उमेर अनुसार बालबालिकाहरुमा झन् झन् कठोर अनुशासनका ढुङ्गा झुण्डाउँदै जानु पर्दछ । जसबाट बालक सरल दृढ र बलियो हुन्छ ।

अनुशासन वौद्धिक जिवनको लक्षण हो । त्यसकारण बावु आमाले केटाकेटीहरुलाई आफ्ना नियन्त्रणबाट बाहिर जान र अङ्कुश बिना यताउता बरालिन दिनु हुन्न । कहिले कािहं बाल बालिकाले कुनै अपराध वा बदमासी गरेमा एकाएक झम्टनु हुन्न च्याठ्ठिएर तसा्रउनु हुन्न । बरु तिमीले त्यस्तो गर्न हुन्न । तिमीलाई कुनै बालकले त्यसो गर्याे भने वा तिम्रो कुनै बस्तु खोस्यो भने वा पिट्यो भने तिमीलाई कस्ट हन्छ की हुन्न तिमीलाई अरुले हानी पुयायो भने तिमीलाई कस्तो लाग्छ त्यसकारण तिमीले अरुप्रति उस्तो कार्य गर्न हुन्न भनेर सम्झाउनु पर्दछ । अब यस्तो नगर्ने बाचा गराउनु पर्दछ । त्यसपछि गलत काम नगर्न बानी पर्दछ । र केहि काम गर्न सल्लाह माग्ने हुन्छन् ।

केटाकटीलाई विहान सवेरै उढ्ने बानी लगाउनु पर्दछ । त्यस पछि हात मुख धुने नुहाउने र भगवानको प्राथना गर्न लगाउने खाजा खुवाउने गृहकार्य गर्न लगाउने र स्कुल पठाउने गर्नु पर्दछ । केटाकेटीलाई यस्ता स्वास्थ्यका एवं असल बानी बसाल्न तालिम दिनु पर्दछ तर दुर्भाग्यवश आजकालका आमा बावु स्वयं नै ८ बजे भन्दा पछाडि उट्छन् । तिनीहरु राति अबेला सम्म अस्लील चलचित्रहरु डान्सहरु हेरेर वा क्लवहरुमा समय बरबाद गरेका हुन्छन् । केहि आमाबाबुहरु यस्तो जिवन सम्यताको प्रतिक हो भनेर गर्व पनी गर्छन् ।

बाबुआमाले केटाकेटीहरुलाई मागे जति पैसा आफ्नो रोजाईका लुगाफाटा टाढा टाढा जानका लागि कार मोटरसाईकल उपहार र जे जे माग्यो त्यही त्यही गर्ने छुट दिएर उनिहरुलाई सर्वनाश तिर धकेल्दै छन् । केटा केटी हरुमा एक आपसमा मोलजोल र भातृत्व समझदारी अनुसार हुर्कन दिनु पर्दछ । धनि आमा बाबुका छोरा छोरीमा सामान्यतया मनपरी खर्च गरेर अह्ङ्कार र रवाफ देखाउने प्रवृत्ति हुन्छ । उनीहरुलाई चाहिने भन्दा बढि खर्च दिएर पुल्पुल्याएछन् । गरिबका छोराछोरीहरुमा त्यो देखेर हीन भावना आउछ र आफ्ना धनी सहपाठीहरु विरुध्द ईर् र्यालु हुन्छन् ।

बाबु आमाले के विचार गर्नु पर्दछ भने जीवनमा बालक र युवावस्थाका वर्षहरु अति नै महत्वपुर्ण हुन्छन् र ति वर्षहरुमा वरबाद हुनुहन्न वा गलत तवरले बिताउनु हुन्न । केटाकेटीहरुलाई साँझ ६ बजे देखि ९ बजे सम्म टेलिभिजन हेनर् दिनु हुन्न । यो हेर्न दिनु भनेको उनिहरुलाई स्कुल वा कलेजमा पढेको सबै कुरा विस्रन सघाउनु हो । केटाकेटीहरुले अरुलाई चोट पिडा पुर् याएर रमाउन वा भौतिक कस्ट वा मानसिक वेदना पुर् याउन दिन हुन्न । केटा केटीहरुलाई कसैको पनि कुनै सामान सित्तैमा लिन नहुने कुरासिकाउनु पर्दछ । उनिहरुले आफुले चाहेका कुरा कडा परिश्रम गरेर मात्र प्राप्त गर्नु पर्दछ भन्ने व्यवहारिक ज्ञान सिकाउनु पर्दछ । जसको फलस्वरुप केटाकटीहरु अनुशासनमा रमाउन सक्छन् ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box