२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

अन्तर्वार्ता

हामी किसानहरुले जति दुखः गरेका छौं त्यति प्रतिफल लिन सकेका छैनौं

धादिङ जिल्लाको बनिघाट गाउँ विकास समितिको विशालटार गाउँमा विगत ७-८ वर्षदेखि व्यवसायिक कृषिमा लाग्नु भएकि गंगा विसुराल एक अनुभवी अगुवा किसान हुनुहुन्छ । महिला भएर पनि गंगाले व्यवसायिक तरकारीखेती गरेर प्राप्त गर्नुभएको सफलताले अन्य महिलाहरुलाई पनि प्रेरणा मिलेको छ । महिलाले केहि गर्न सक्दैनन् यिनीहरु घर-गृहस्थीमा मात्र सिमित रहन्छन् भन्ने सामाजिक रुढिवादी चिन्तनलाई चिरेर गंगा अघि बढ्नु भएको छ । उहाँ आफ्नो नियमित व्यवसायिक तरकारीखेति गर्दै दिगो भू-व्यवस्थापन कार्यक्रमको सहयोगमा साचालन भैरहेको किसान-किसान कृषि प्रसार कार्यक्रममा अनुभवी अगुवा किसानको रुपमा सेवा माग गर्ने विभिन्न किसान समूहहरुमा सेवा प्रदान गर्न पनि पुग्नुहुन्छ । त्यति मात्र कहाँ हो र गंगा विसुराल महिला किसानहरुकै सकि्रयतामा स्थापना गरिएको महिला दुग्ध सहकारी संस्थाकि अध्यक्ष समेत भएर कार्य गरिरहनु भएको छ । अनुभवी अगुवा किसानको रुपमा प्रदान गर्नु भएको सेवाको सेरोफेरोमा रहेर गरिएको कुराकानीको केहि अंश राखेका छौं

®गंगाजी तपाई अनुभवी अगुवा किसान हुनुहुन्छ । खास तपाईको अनुभव केमा हो ।

२ म सानैदेखि किसानी पेशामा लागेको मान्छे । पहिला त आफ्नो जीवन धान्नको लागि मात्र परम्परागत शैलीबाट खेतीपाती गर्दै आएकि थिएँ । पछि आएर यसलाई व्यवसायिक रुपमा नै गर्छु भन्ने लाग्यो र यसलाई व्यवसायकै रुपमा लिा थालेँ । यसैमा मैले काउली र बन्दाखेतीलाई व्यवसायिक बनाएँ । त्यहि भएर मलाई अरु खेती भन्दा काउली र बन्दामा नै बढि अनुभव छ ।

® काउली र बन्दा खेती गर्न कत्तिको गाह्रो छ

२ खेती गर्ने काम काउली र बन्दामा मात्र होईन सबैमा गाह्रो छ । त्यसमा पनि व्यवसायिक रुपमा जान त झन् गाह्रो छ । तर पनि के गर्ने गाह्रो मानेर मात्रै पनि भएन ।

® तपाईले भन्न खोज्नु भएको गाह्रो भनेको बस्तो हो

२ पहिलो कुरा त हाम्रो देशमा कृषि पेशालाई तल्लो दर्जाको पेशाको रुपमा लिने गरिएको छ । त्यो नै सबै भन्दा गाह्रो हो । किनभने कृषिमा जोशजाँगर भएका मानिसहरुको संलग्नता ज्यादै न्यून छ । त्यसले गर्दा कृषिबाट जति उत्पादन हुनु पर्ने हो त्यो हुन सकेको छैन । अर्को हाम्रो भौगोलिक बनावटले पनि साथ दिएको छैन जसमा खनजोत गर्न र िसंचाईको सुविधा पुर् याउन गाह्रो छ । त्यस्तैगरि उन्नत मल विउ समयमा पाउन सिकंदैन । दक्ष प्राविधिक सहयोग पाउन सिकंदैन । भएका दक्ष प्राविधिकहरु पनि विदेश पलायन भएका छन् । सरकारले कृषि व्यवसायलाई उचित स्थान दिन सकेको छैन । कृषिमा अनुदानको व्यवस्था छैन । अझ गाह्रो त के हो भने प्राकृतिक समस्या जस्तै खडेरी अतिवृष्टि र असिनापानीले लामो समय किसानले गरेको दुःख एकै दिनमा सखाप पारीदिन्छ । अर्को कुरा किसानले उत्पादन गरेको वस्तुको उचित बजार र मूल्य पनि छैन ।

® प्राकृतिक रुपमा आई पर्ने समस्याको कुरा गर्नुभयो । यसलाई कसले छेक्न सक्छ र

२ यसलाई छेक्न सकिने होईन । यसबाट किसानलाई नोक्सान भएपछि क्षतिपूर्ति र वैकल्पिक आम्दानीको लागि सहयोग पाउनु पर् यो । िसंचाईको उचित प्रवन्ध मिलाउनु पर् यो । कृषिमा अनुदानको व्यवस्था हुनु पर् यो । बजारको सुनिश्चितता हुनुपर् यो ।

® तपाई महिला व्यवसायिक रुपमा तरकारीखेतीमा लाग्नु भएको छ । कस्तो अनुभव भएको छ छरछिमेककाले कसरी हेरेका छन्

२ शुरु-शुरुमा त निकै गाह्रो परेको थियो । महिला भएर घरभन्दा गरेर नबसेर तरकारव् बेच्न बजार जान्छे पनि भन्थे । तर अहिले धेरै महिला दिदीबहिनीहरुले साथ दिनुभएको छ । पुरुष दाजुभाईहरुको पनि राम्रो सहयोग मिलेको छ ।

® तपाई आफैले व्यवसायिक रुपमा तरकारखिेती पनि गर्नुभएकोछ दुग्ध सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ र किसान-किसान कृषि प्रसार कार्यक्रममा पनि सेवा प्रदान गर्न किसान समूहमा पनि पुग्नु भएको छ । कसरी धान्नु भएको छ

२ पहिलो कुरा त मन र जाँगर भए काम गर्न गाह्रो पर्दैन । त्यसमा पनि यी सबै एउटै विषय भित्र पर्छन् त्यसैले काम गर्न कठिन छैन । फेरी आफूले जानेको कुरा अरुलाई सिकाउन पाउँदाको छुट्टै रमाईलो हुन्छ । यी सबै कुरालाई मैले राम्रोसंग बुझेकि छु र समय श्रोत र साधनलाई व्यवस्थापन गरेकि छु ।

® सेवा प्रदान गर्ने विषयमा कुरा गरौं । किसान समूहमा गएर के कुरा सिकाउनु हुन्छ

२ परम्परागत र निर्वाहमुखि खेती प्रणाली अपनाई रहँदा हामी किसानहरुले जति दुखः गरेका छौं त्यति प्रतिफल लिन सकेका छैनौं । अर्को कुरा पछिल्लो समयमा रासायनिक मल र रासायनिक विषादीको बढ्दो प्रयोगले हाम्रो गरि खाने माटो दिदिनै विग्रँदै गएको छ । किसान दाजुभाइ-दिदीबहिनीहरुलाई यहि कुरा भन्ने गर्छु र दिगो भू-व्यवस्थापनमुखि कृषि प्रविधि अवलम्बन गर् यौं भने यसमा सुधार ल्याउन सक्छौं भन्ने कुरा सिकाउन्छु । दिगो भू-व्यवस्थापनमुखि कृषि प्रविधि अवलम्बन गर्न गोठेमल सुधारका ५ मन्त्रहरु गोबर मललाई घामपानीबाट बचाउने भलपानीबाट बचाउने पशुमुत्रको संकलन र प्रगोग गर्ने मललाई बारीमा लैजानु पहिले घाममा नसुकाउने र बारीमा लगिसकेपछि पनि नसुकाउने कुराहरु सिकाउँछु । त्यसैगरि कोशेबालीखेती र यसका फाईदाहरु नगदेबालीखेती र यसबाट लिन सकिने आम्दानीहरु साथसाथै नयाँ र उन्नत जातका खाद्यान्नबालीहरु लगाउने विषयमा जानकारी गराउँछु । म तरकारीखेतीमा काउली र बन्दाखेती गर्दै आएकिले यो खेती गर्ने समय खेती गर्ने तरिकाहरुको बारेमा सिकाउने गरेकि छु ।

® तपाईले सिकाएका तरिकाहरु किसानले अनुसरण गर्नु भएको छ त

२ एकाध ठाउँका केहि किसान दाजुभाइ-दिदीबहिनीहरुहरु बाहेक सबैले अनुसरण गर्नु भएको छ र त्यसबाट राम्रो आम्दानी पनि लिन थालिसक्नु भएको छ ।

® किसान समूहमा सेवा दिन जाँदा तपाईलाई केहि अप्ठ्यम।ाहरु पनि महसुस गर्नु भएको छ

२ मैले अघि नै भनिसकें काम गर्दा अप्ठ्याराहरु त भइहाल्छन् । त्यसमा पनि म महिला घरको व्यवस्थापनसंगै गाउँगाउँमा िहंडेर पुग्ने कुरा किसान समूहलाई विश्वास दिलाउने कुरा किहंकिहं त जागिर खान आएकि एनजिओमा काम गर्ने भनेर धेरै कुरा सुनाउने पनि गर्छन् तर ती सबै कुरालाई चिरेर उहाँहरुलाई सम्झाएर काम गर्ने गरेकि छु । यसरी अन्त जाँदा आफ्नै तरकारी जिग्रने डर अलि बढि हुन्छ ।

® अन्तिममा किसान-किसान कृषि प्रसार बारे केहि बताइदिनुस्न न ।

२ किसानले आफूले जानेको काम र आफू सफल भएको खेती अरुलाई सिकाउने काम नै किसान-किसान कृषि प्रसार हो । यो तरिका अत्यन्त राम्रो र प्रभावकारी पनि छ । तर के भने हामी किसानअर अझै अरुप्रति त्यति विश्वास गनै सक्दैनौं चाहादैनौं त्यसले गर्दा यो त्यति अघि बढ्न सकेको छैन । अर्कोकुरा दिगो भू-व्यवस्थापन कार्यक्रले सेवा प्रदान गर्ने किसानको सेवा शुल्क दिने प्रकि्रयाले केहि समस्या ल्याएको छ । हुनत किसान समूअलाई नै जिम्मेवार बनाउने र सेवा किन्ने बानीको विकास गनै यसो गरिस्को होला तर किसानहरुले यसको मर्मलाई बुझ्न नसक्दा कठिनाई उत्पन्न भएको छ । अरु त सबै ठिकै छ ।

प्रतिक्रियाहरु

किसानहरुको कुरालाई हामी पाठक सामु ल्याउने प्रयास गर्नँभएकोमा धादिङ आवाज साप्ताहिकलाई धन्यवाद । किसान लगायत अझ जिल्लाका सम्पूर्ण सामाग्री यसले सार्वजनिक गर्ने प्रेरणा मिलोस् ।

- Deepak Shrestha : Dhading


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box