२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

लोडसेडिङ मुक्त गाउँ फूलखर्क

सिताराम अधिकारी
गजुरी धादिङ ÷बैशाख २८ गते
देशव्यापी रुपमा लोडसेडिङको मार खेपिरहेकोबेला धादिङको फुलखर्क गाविसमा भने कहिल्यै लोड सेडिङ नहुनेगरि बत्ति बालिएको छ ।
सदरमुकामबाट निकै टाढा रहेको सो वस्तिका स्थानीयबासीले निजी लगानीमा पेल्ट्रिक सेट निर्माण गरेर गाउँ झिलिमिली बनाएका छन् ।
उत्तरी धादिङको सो गाविसका नौ वटै वडा लोडसेडिङ मुक्त बनेका छन् । सथानीयबासीले सरकारको लगानी विनानै टोल÷टोल मिलेर लगानी गरि बत्तिबालिएको फुलखर्कका तार्केल गुरुङले बताए । गुरुङ पेल्ट्रिक सेट सम्बन्धी प्राविधिक समेत हुन् ।
गाउँ घरमा खेर गैरहेका खोल्सा खो_िल्सको पानीेको उपयोग गरेर डेढ दर्जन भन्दा बढी पेल्ट्रिक सेटको जडान सम्पन्न गरिएको गुरुङले जानकारी दिए । पेल्ट्रिकसेटबाट बिजुली बालेपछि गाउँमा मट्टितेलको समस्या हल भएको त छ नै लोड सेडिङ हुँदैन नियमित पैसा बुझाउन समेत नपर्ने स्थानीय बलराम अधिकारीले बताए ।
हाल फुल खर्कको वडा नम्बर १ मा पचास घरले ६ किलोवाट्ट क्षमताको वडानम्बर २ को कात्तिकेमा ४० घर ३ को मिजार गाउँका १२ घरले डेढ बिलोवाट्ट भट्टराई सार्की र पन्त टोलका ४७ घरले ३ किलोवाट्ट क्षमताको पेल्ट्रिक सेट बालिरहेका छन् । यसै गरी वडा नम्बर ४ मनाङखोलामा ६७ घरले ५ किलोवाट्ट क्षमताको पेल्ट्रिक सेटबाट ३३ वटा टेलिभिजन समेत चलाईरहेका छन् । सोहि वडाको िसंखडा बानियाँ र अधिकारी गाउँमा ३ किलोवाट्ट विद्युतबाट ५७ घरले टीभी समेत हेर्न पाएको स्थानीयबासीले जानकारी दिए । यसै गरी वडा नम्बर ५ का १६ घर ६ को दुईवटा आयोजना बाट ५३ घर ७ को दुईवटा आयोजनाबाट ३३ घर ८ को दुईवटा बाट ६१ घर र वडा नम्बर ९ को दुईवटाबाट ६१ घरले विजुली बाल्दै आएका छन् । पेल्ट्रिक सेटको प्रयोगमा अगाडी बढेको सो गाविसमा वडा नम्बर ३ मा अन्य दुईवटा निर्माणाधिन रहेका छन् । सरकारी योजनाको विजुली पुग्न लामो समय लाग्ने भएपछि यहाँका मानिस पेल्ट्रिक सेट तिर अग्रसर भएको प्राविधिक गुरुङले बताए । हाल वडा नम्बर १ र २ का ४६ र ४० हर बाँकी रहेका छन् भने अन्य वडाको बाँकी गाउँहरुमा पनि निरन्तर निर्माण गर्दै जाने योजना रहेको अधिकारीले जानकारी दिए ।
जनताले आफ्नै लगानीमा राटि्रयरु पमै नमुना काम गरे पनि सरकारी बजेटको प्रयोग समेत गरेका छैनन् । ठुला आयोजनाहरुको विजुलीले शहर बजारलाई समेत पर्याप्त नपुगी रहेको अवस्थामा धादिङमा भने पच्चिस वटा भन्दा बढी गाविसमा पेल्ट्रिक सेट जडान गरि बत्ति बालिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ । यसरी पेल्ट्रिक सेटको प्रयोग गर्ने गाविसहरुमा भुमेस्थान गोगनपानी तसर्पु बैरेनी किरााचोक गजुरी फुलखर्क मार्पाक झार्लाङ बुढाथुम लगाएत दुई दर्जन रहेका छन् । हाल धादिङमा पेल्ट्रिकसेटको प्रयोग गर्ने १० हजार भन्दा बढी घरधुरी रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box