२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

मुहानमा विभिन्न माग राखि अवरोध सदरमुकाममा खानेपानीको हाहाकार

राजाराम शर्मा
धादङको सदरमुकाम धािद�ङबेसीमा अहिले खानेपानीको हाहाकार परेको छ । हिउँदको समयमा नजिकको पानीको मुहान सुक्दै जानु अव्यवस्थित शहरीकरण र भएको श्रोतलाई पनि व्यवस्थित गर्न नसक्दा पानीको हाहाकार भएको सदरमुकामबासी बताउँछन् ।
पछिल्लो समयमा सदरमुकाम धािद�ङबेसीमा नयाँ घरहरु बन्ने र बसोबास तथा विभिन्न पेशामा लाग्न आउनेहरुको संख्या बढ्नाले खानेपानीको समस्या दिन दुगुणा रात चौगुणा थपिएको हो । जनसंख्याको बढ्दो चापले हाल साचालनमा रहेको खानेपानीको श्रोतले धान्न नसकेको बताउनुहुन्छ धािद�ङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष नारायणकुमार श्रेष्ठ ।
  अघिबाट साचालन हुँदै आएको खानेपानीको श्रोतमा थप व्यवस्था नगर्दा अहिले सदरमुकाममा पानीको अभाव भएको हो । एसियाली विकास बैंकको सहयोगमा साना सहरी खानेपानी परियोजना साचालन गरि पानीको थप व्यवस्था गर्न लाग्दा उपभोक्ताहरुकै बेमेलका कारण अहिलेको अवस्था व्यहोर्नु परेको केहि उपभोक्ताहरु बताउँछन् ।
एसियाली विकास बैंकको ऋण सहयोग पछि फिर्ता गर्नु पर्ने र त्यसको भार उपभोक्ताले धान्न नसक्ने भन्दै धेरै अघि बढिसकेको साना सहरी खानेपानी परियोजना बन्द भएको थियो । परियोजना बन्दसंगै सदरमुकाममा खानेपानीको हाहाकार बढ्न थालेको बताउनुहुन्छ धािद�ङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका सचिव बेदबहादुर खाँण । साना सहरी खानेपानी परियोजना सम्पन्न गर्न सकेको भए अबको ५० वर्षसम्मको लागि पानी पर्याप्त हुने उहाँको भनाई रहेको छ ।
दैनिक विहान तीन घण्टा र बेलुकि तीन घण्टा वितरण गर्दै आएको पानी अहिले उपभोक्ताको धारामा चढ्न छाडेको छ । धारामा पानी चढ्न छाडेपछि उपभोक्तहरुले जमिन मुनिनै पाईप काटेर पानी भर्न थालेपछि झन समस्या थपिएको छ । अहिले केहि उपभोक्ताले जमिन मुनिबाटै अण्डरग्राउण्ड ट्यांकिमा पानी भर्न थालेपछि पुछारमा रहेका उपभोक्ताहरुले पानीको थोपा पनि देख्न छाडेका छन् ।
बढ्दो शहरीकरण र जनसंख्याको वृद्धिसंगै भएको श्रोतलाई व्यवस्थित गर्न नसक्दा समस्याको निकास निस्कन सकेको छैन । सदरमुकाम र आसपासका उपभोक्तालाई पर्याप्त श्रोत भए पनि पानीको मुहान आसपासमा बस्नेहरुको अवरोधका कारण व्यवस्थित गर्न नसकिएको गुनासो गर्नुहुन्छ धािद�ङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष नारायणकुमार श्रेष्ठ । मुहानमा बस्नेहरुले अवरोध नगर्ने हो भने दशदिन भित्रै समस्या समाधान गर्न सकिने उहाँ बताउनुहुन्छ ।
पानीको मुहान आसपासमा बसोबास गर्नेहरुबाट विभिन्न मागहरु आउने गरेको र माग पूरा गर्न समितिसंग श्रोतसाधन नभएको पनि अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । समितिले धान्नै नसक्ने गरि विद्यालय भवन निर्माण गरिदिनु पर्ने पक्कि मोटरबाटो निर्माण गरिदिनु पर्ने विद्यालयमा शिक्षकको व्यवस्था गरिदिनु पर्ने स्वास्थ्य चौकि बनाईदिनु पर्ने जस्ता धेरै मागहरु आउने गरेको र समितिले सो पूरा गर्न नसक्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । यी मागहरु पूरा गर्न सरकारले सहयोग गर्नु पर्ने श्रेष्ठ बताउनुहुन्छ ।
पानीको मुहान आसपासमा बसोबास गर्नेहरुको मागलाई मूल उपभोक्ता समितिको श्रोत साधनले धाने जति पूरा गर्दै आएकोमा अहिले धान्नै नसक्ने गरि माग आउन थालेपछि समस्या झन थपिएको समितिका सचिव खाँणको गुनासो छ । मागेपछि जसरी पनि पाईन्छ भन्नेमा स्थानीयबासी लागेको र सबै माग पूरा गर्न नसक्दा पानीमा अवरोध उत्पन्न हुने गरेको पनि उहाँ बताउनुहुन्छ ।
बाँच्नको लागि अत्यावस्यक चिज पानीमा भैरहेको यो समस्याको समाधानको लागि सबै गम्भिर हुनु पर्ने र भएको श्रोतलाई व्यवस्थित रुपमा अधिकतम प्रयोग र सदुपयोग गर्न सबैले आ�ँआङ्ग�नो ठाउँबाट जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । जिल्ला सदरमुकाम जस्तो ठाउँलाई व्यवस्थित बसोबास र पूर्वाधार विकासमा समयमै संबन्धीत निकायको ध्यान पुग्न सकेन भने यसले विकराल स्थिति सिर्जना हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box