२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

मुठभेडले शान्ति र संविधान आउँदैन

देश यतिबेला मुठभेडको संघारमा छ । आगामी दिनहरु देश र जनताका लागि अन्यौलपूर्ण अवस्थामा देखिएको छ । जिम्मेवार राजनीतिक दलहरु यसलाई रोक्न विम्मेवार देखिदैनन् । वास्तवमा यतिबेलाको राजनीतिक मुठभेडले न समझदारी निर्माण गर्छ न कुनै निकासनै दिन्छ । संवाद सहमति सहकार्य र एकताको राष्ट्रिय प्रतिवद्धतालाई नकारात्मक असर पुग्नेगरि द्वन्द निम्त्याउनुको कुनै औचित्य र कसैको हितमा छैन ।
संविधान सभामा प्रतिमिधित्व गर्ने राजनीतिक दलहरु र त्यसमा पनि प्रमुख तीन राजनीतिक दलहरु वर्तमान संकटको शान्तिपूर्ण निकासको लागि निरन्तर प्रयासमा जुट्नु जरुरी छ । वर्तमानको द्वन्दले शान्ति र संविधानको अजेण्डालाई अवरुद्ध मात्र गर्ने होइन नेपाली जनताको जनादेशलाई समेत लत्याएको ठहर्छ ।
अहिलेको परिवेशलाई हेर्दा यस्तो लाग्छ कसैको एउटा कुनै निश्चित विचार छैन सबैले भन्ने गरेका विचार एउटा विचार नभएर सिमित व्यक्तिका दम्भ महत्वाकांक्षा अहमपना अस्वस्थ आरोप-प्रत्यारोप मात्र हो । सबैको बोलीमा शान्ति र संविधान तर व्यवहारमा ठिक यरको विपरित । सबैले बिसे्र ऐतिहाँसिक लोकतान्त्रिक जनआन्दोलनको भावना र मर्मलाई । वास्तवमा ऐतिहाँसिक लोकतान्त्रिक जनआन्दोलनको भावना र मर्म भनेको राज्य संरचनाको परिवर्तन र संविधान सभाको निर्वाचन मार्फत प्राप्त हुने नयाँ संविधान नै हो ।
मनन् गर्दा यस्तो देखिन्छ देश दुई विपरित धु्रवमा विभाजन भएको छ । एउटा पक्ष तत्काल सरकार विघटन गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन चाहन्छ भने अर्को पक्ष विशेष परिस्थितिमा निर्माण भएको सरकार यसैले शान्ति र संविधान दुबै पूरा गर्छ वा शान्ति र संविधानका लागि अरुप्रति विश्वास गर्दैन ।
संविधान कहिले बनाउने शान्ति प्रकि्रया कहिलेसम्म टुङ्गोमा पुर् याउने सहमति सहकार्य र एकता कसरी कायम गने्र यी सबैकुरालाई अहिले ओझेलमा पारिएको छ । एकले अर्कालाई सिध्याउने मानसिकताले जनताले चाहे जस्तो शान्ति र संविधान आउँदैन ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box