२०७४ साल  माघ ९ गते, मंगलवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु

२०५६ सालबाट प्रकाशन शुरु भएको जिल्लाको जेठो पत्रिका धादिङ आवाज साप्ताहिक १४ बर्ष २०६९ भदौ १० गते आईतबारबाट पहिलो संस्थागत प्रकाशन संस्था पाविल प्रकाशन प्रालिको व्यवस्थापनमा धादिङ आवाज दैनिकको रुपमा प्रकासित हुने भएको छ। धादिङ जिल्लाको जेठो पत्रिका धादिङ आवाज साप्ताहिक विगत १३ बर्ष देखि निरन्तर प्रकाशित भैरहेको व्यहोरा यहाँलाई अवगत गराउन चाहन्छु । १४ औ बर्ष प्रवेशको यस सुखद घडीमा यहाँहरुले प्रदान गर्नु भएको स्नेह, सद्भाव र सहयोग प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

विकास, विचार र समाचारको स्वतन्त्र खुराकको रुपमा पाठकहरुका सामू पस्कने उद्देश्यका  साथ सञ्चालित यस पत्रिकाको यहाँको सँस्थासँग स्थापनाकाल देखि नै सहयोग र सम्बन्ध रहेको कुरा पनि सादर जानकारी गराउन चाहन्छौँ । १४ औँ प्रवेश सँगै यस पत्रिका २०६९ भदौ देखि नयाँ व्यवस्थापनका साथ धादिङ आवाज दैनिकको रुपमा सञ्चालन भएको जानकारी गराउन पाउँदा हामीलाई गौरव अनुभति भैरहेको छ । हाम्रो यस प्रयासमा यहाँको सहयोग, समन्वय र साझेदारी कायम रहिरहने  आशा गर्दै आगामी दिनमा अझ सम्बन्ध प्रगाढ गराउने अठोट गर्दछौँ । पाविल प्रकाशन प्रालिबाट प्रकाशित धादिङ आवाज दैनिक पत्रिकामा लेख,समाचार, रचना,सुझाव सल्लाह र विज्ञापन तथा सूचना उपलब्ध गराई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box