२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

१९ औं जिल्ला परिषद सम्पन्न

जिल्ला विकास समिति धादिङको १९ औं जिल्ला परिषद शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । परिषदले आर्थिक वर्ष २०६९÷७० को निती, बजेट तथा कार्यक्रम पारित गरेको छ ।
    परिषद सम्पन्न भएपछि जिल्ला विकास समिति धादिङमा सार्वजनिकीकरण गरी स्थानीय विकास अधिकारी शंकर नेपालले सो सम्बन्धी जानकारी दिनुभएको हो । परिष्दले आर्थिक बर्ष २०६९÷७० को लागि कुल बार्षिक बजेट १ अर्ब ९ करोड १७ लाख २४ हजार २ सय ८७ रुपैयाँ प्रस्ताव गरेको छ ।
    ५१ करोड ८ लाख ९१ हजार ४ सय रुपैँयाको व्यय अनुमान, सरकारी कार्यालय तर्फ ३७ करोड १७ लाख ८९ हजार र गैरसरकारी सस्थांतर्फ २० करोड ९० लाख ३ हजार ८ सय ७७ गरी कुल १ अर्ब ९ करोड १७ लाख २४ हजार २ सय ८७ रुपैयाँ बजेट प्रस्ताव गरेको हो । परिषदले कृषि र बातावरणलाई प्राथमिकता दिएको छ । त्यसैगरी सडकको अल्पकालिन, दिर्घकालिन कार्यक्रम सञ्चालन गर्ने र सडकको गुरुयोजना तयार गर्ने लगायत कार्यक्रम पनि रहेका छन् ।
    परिष्दको सार्वजनिकीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्य, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, जिल्ला विकास समिति धादिङका कर्मचारीहरु, लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box