२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

पहिरोमा पुरिएर बेपत्ता

शंकर श्रेष्ठ,
विकट उत्तरी धादिङको झार्लाङ गाविमा एकजना पहिरोमा पुरएर बेपत्ता भएका छन् । झर्लाङ गाविस वडा नं. १ का ५० वर्षीय सिपाइ लामा तामाङ सोही गाविस वडा न.ं ८ सुमचेत भन्ने स्थानमा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । खर्कमा बसेको बेला जंगलमा घाँस काट्न गएको अवस्थामा छरहरा ओडार पहिरिएर लामा तामाङ बेपत्ता भएको उद्धारमा खटिएका स्थानीय मानबहादुर तामाङले जानकारी दिनुभयो । स्थानीयबासीद्वारा उद्धारको प्रयास भइरहेको भएपनि उद्धार गर्न नसकेको तामाङले जानकारी दिनुभयो । घटनास्थल पुग्न टाढा भएकोले प्रहरीको टोली शुक्रबार आज बेलुकामात्र पुग्न सकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक गणेश रेग्मीले जानकारी दिनुभयो । घटनास्थल पुग्न जिल्ला सदरमुकाम धादिङबेसीबाट ३ दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box