२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध

धादिङ आवाज संवाददाता
शान्ति र संविधान निर्माण प्रकृया पूरा गर्न अब केही समयमात्र बाँकी रहदा प्रमुख तीन दलका शीर्È नेताहरुले यो महिनाभित्रै सबैे प्रकृयालाई टुङगो लगाउन सकिने बताएका छन् । शान्ति प्रकृया अहिले आम चिन्ताको विÈय बनेको भन्दै उनीहरुले अबको केही दिनमा टुंङगोमा पुग्ने बताएका हुन् ।
हरेक मञ्चमा एक अर्कालाई कटु आलोचना गर्न लागि पर्ने प्रमुख तीन दलका शिर्ष नेताहरु धादिङको गलौदीमा शुक्रवार एउटै मञ्चमा एकै पटक देखिएका थिए । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति सुशिल कोइराला र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला २०६८ को उद्घाटन समारोहमा एउटै मञ्चमा एकैपटक उभिएका हुन् ।
भेला उद्घाटन गर्दै एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबबो केहि दिनमै शान्ति प्रकृया पुरा गरी छाड्ने प्रतिवद्धता जनाउनु भयो । राष्ट्रिय सहमति कायम गरी अघि बढ्ने सन्दर्भमा नेपाल विश्वका अरु खेशभन्दा अगाडि रहेको उहाँको भनाई थियो । राजनीतिक सहमति नहुँदा युरोपियन खेशका राजनेताहरु एकअर्कासंग बोलचाल नगर्ने, आवतजावत समेत बन्द गर्नेको उदाहरण दिंदै माओवादी अध्यक्ष प्रचण्डले नेपाली राजनेताहरु त्यो भन्दा फरक रहेको बताउनु भयो । यसको श्रेय आम नेपाली जनता भएको र नेपाली जनताको सहनसिलताले यस्तो भएको उहाँको धारणा थियो । शान्ति र संविधानलाई पूरा गर्न माओवादी जहिल्यै तयार रहेको बताउँदै प्रचण्डले कांग्रेस र एमालेले गरेको केहि आशंका र माओवादीले गरेको उनीहरु प्रतिको आशंकामा मेल निकाल्न सक्ने वित्तिकै समाधान आउने उहाँको विचार थियो ।
 सोहि अवसरमा नेपाली काङ्ग्रेसका सभापति शुसिल कोइरालाले शान्ति र संविधान टुङ्ग्याउने विषयमा एकिकृत नेकपा माओवादीको प्रमुख भूमिका रहेको बताउँदै जतिसक्दो चाँडो विश्वासको वातावरण सिर्जना गर्न प्रचण्डसंग आग्रह गर्नुभयो ।
प्रमुख दलका शिर्ष नेताहरु तीनदेखि सात दिनसम्म बन्द कोठामा बसी छलफल गरे विवादित सबै विषयमा सहमति जुट्ने र जेष्ठ १४ भित्र संविधान जारी गर्न सकिने एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बताउनुभयो । राजनीतिक समस्या समाधान गरी देहमा स्थिरता कायम भए आर्थिक उन्नत्ती गर्ने कुरामा केहि समस्या नरहेको नेपालले बताउनु भयो ।
राजधानीसंग जोडिएको जिल्ला धादिङमा कृषि, पर्यटन र उद्योगको प्रचुर सम्भावना रहेको बताउँदै तीनै दलका शिर्ष नेताहरुले राजधानीलाई बचाउने जिल्ला धादिङको विकासमा आफूहरु लागिपर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक मूल समितिका संयोजक प्रभातकिरण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, नेपाली कांग्रेस धादिङ्घका सभापति रामनाथ अधिकारी, सभाषद पुष्पविक्रम मल्ल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, वर्तमान वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, धादिका प्रमुख जिल्ला अधिकारी नारायणप्रसल आचार्य र स्थानीय विकास अधिकारी शंकर नेपालले मेलाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रमुख तीन पार्टीका शिर्ष नेताहरुले एकैसाथ उद्घाटन गरेको “सम्वृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना” भन्ने मूल नाराको साथमा आजबाट सुरु भएर फागुन २५ गतेसम्म धादिङको पिडा गाविस वडा नम्बर २ गलौदी स्थित त्रिशुली नदीको किनारामा हुने छ । मेलामा जिल्लाको ५० वटै गाविसमा उत्पादन हुने कृषि उपजहरुलाई स्टलमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box