२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

नेपालमा जनवादी क्रान्ति पुष्पलालले ल्याएका हुन् -वाम नेताहरु

नेपाल कम्युनिष्ट पार्टी माक्स्रवादी का अध्यक्ष माधव ज्ञवालीले नेपालमा जनवादी क्रान्तिको लाईन नै पुष्पलालको लाईन भएकॊ बताउनुभएको छ । नेपालमा संयुक्त जनआन्दोलनको लाईन विना पाचायती व्यवस्था र राजतन्त्रको अन्त्य हुन सक्तैन भन्ने कुरा पनि पुष्पलालको अवधारणा रहेको उहाँको भनाई थियो । काठमाडौमा पुष्पलाल स्मृति दिवसको अवसर आयोजित विचार गोष्ठीमा ज्ञवालीले अहिलेका कम्युनिष्टहरु नामका मात्र भएको भन्दै पुष्पलाल जस्तो देशभक्त नेता अहिले नभएको बताउनुभयो । माओवादी पार्टी राष्ट्र राष्ट्रियता र नेपाली जनताको उन्मुक्तिको लागि स्थापना भएको भनिए पनि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भारतसँग भएको मेघा प्रोजेक्टमा हस्ताक्षर गरेर नेपालीलाई उर्जाविहीन बनाई अध्याँरोमा धकेल्ने काम गरेकेा उहाँको विश्लेषण थियो भने एमालेले टनकपुर सन्धीमा हस्ताक्षर गरेर त्यो भन्दा ठूलो अपराध गरेको उहाँको आरोप थियो ।
वामपन्थी नेता नर बहादुर खाँडले अव प्रत्येक नेपालीले सुगौली सन्धी खारेजीको माग राखेर अन्दोलनमा उत्रनुपर्ने बताउनुभयो । संविधानसभाको नारा दिने दिल्ली सम्झौता राष्ट्रघाती हो भन्ने पहिलो कम्युनिष्ट नेता पुष्पलाल भएकाले उनी जस्तो राष्ट्रप्रेमी नेता अहिले नभएको दावी उहाँको थियो । विचार गोष्ठीमा बोल्दै जनमोर्चा नेपालका उपाध्यक्ष मोहन ब। िसंहले कम्युनिष्ट विचार मिल्नेहरु एक भएर जनमुक्तिको लागि अगाडि बढ्न सबैसँग आग्रह गर्नुभयो । संयुक्त जनमोर्चाका महासचिव केशव देवकोटाले पुष्पलाललाई दूरदर्शी कम्युनिष्ट नेताको रुपमा चित्रण गर्दै कम्युनिष्ट पार्टीको स्थापना दिवस एकै दिन मनाउनुपर्नेमा जोड बताउनुभाये । नेकपा माक्स्रवादी का पोलिटव्युरो सदस्य एवं प्रचार-प्रसार प्रमुख मुकुन्द आचार्यले पार्टी फुटाएर नेता बन्ने होडबाजीले कम्युनिष्टहरुले देश र जनतालाईसमेत धोका दिएको टिप्प्ाणी गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box