२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

सहमतिबाटै कांग्रेसको संसदीय दलको नेता फेरिन्छ ः महामन्त्री सिटौला

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको संसदीय दलको नेता फेरिन सक्ने संकेत गर्नुभएको छ । पार्टी सभापति सुशिल कोइराला र वरीष्ठ नेता शेरबहादुर देउवाबीच पदाधिकारी मनोनयनका विषयमा संसदीय दलको नेता देउवालाई बनाउने विषयमा सहमति भएको खुलासा गर्दै सिटौलाले यस्तो संकेत गनुृ्रभएको हो । ूजे हुन्छ सबै कुरा सहमतिबाटै हुन्छ हिजो पदाधिकारी मनोनयन पनि सहमतिबाटै भएको हो ू- सिटौलाले भन्नुभयो । नेपाल प्रेस युनियन लमजुङले विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले सोही विषयमा सहमति भएकाले पदाधिकारी मनोनयन सहज भएको खुलासा गर्नुभएको हो । महामन्त्री सिटौलाले पाँच बुँदे सहमतिको संसदले पास गरीसक्दा पनि प्रधानमन्त्री झलनाथ खनालले पदबाट राजीनामा नदिनुलाई आश्चर्य भनि टिप्पणी गर्नुभयो । सुडान घोटलामा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण मुछिएको भन्दै सिटौलाले त्यसमा आफू संलग्न नभएको बताउनुभयो । प्रहरी कल्याण कोषबाट भएको खर्च भएकाले त्यसमा मन्त्री र मन्त्रालयको कुनै हात नहुने उहाँले स्पष्ट पार्नुभयो । ूम गृहमन्त्री हुँदासम्म ती सामान खरीद नभएकाले त्यसमा मेरेा संलग्नता छैनू उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box