२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

जनताको चाहना अनुसार मिल्न नसक्नेलाई जनताले ठेगान लगाउने राष्ट्रपतिको भनाई

काठमाण्डौ । राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रको सम्वृद्धि एकता र जनचाहना विपरित जाने जुन सुकै शक्तिलाई पनि जनताले ठेगान लगाउने बताउनुभएको छ । बीपी कोइराला संग्रहालयको राजधानीमा अवलोकन गर्दै राष्ट्र र जनताको चाहना अनुसार मिलेर जान नसक्नेलाई जनताले बढार्ने भन्दै धैर्य गरे त्यो इतिहासले प्रमाणित गर्ने दावी पनि गर्नुभयो । वीपीले २०३३ सालमा मेलमिलापको नीति अघि सारेर तत्कापलन राजा महेन्द्र शाहसंग राष्ट्र र जनताको चाहना अनुसार सम्झौता गरेको भन्दै राष्ट्रपति यादवले राजनीतिक दलका नेतासंग समयमै मुलुकको समस्यालाई सम्बोधन गर्न सुझाव दिनुभयो । लोकतान्त्रिक संविधान बनेमात्र मुलुक र जनताले कानुनी शासनको अनुभूति गर्न सक्ने उहाँको भनाई थियो । राष्ट्रपति यादव छोरी अनिता जेठा छोरा चन्द्रमोहन र नाति नातिनीका साथ वीपी संग्राहलय पुग्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box