२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

तुइन पीडितले राहत पाए

बेनिघाट धास । गत असार १३ गते धादिङको बेनिघाट र गोरखाको ध्याल्चोक गाउँ विकास समिति जोड्ने तुइन चुडिएर बेपत्ता भएका पाँच जनाको परिवारलाई राहत प्रदान गरिएको छ ।
तुइन दुर्घटनामा परी वेपत्ता भएकाहरुको परम्परा अनुसार काजकृया समेत भइसकेको हुँदा उक्त घटनालाई मध्यनजर गर्दै पीडित परिवारलाई गोरखाका स्थानीय विकास अधिकारी तिलक पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले राहत प्रदान गर्नुभएको हो ।
पीडितहरुलाई स्थानीय विकास अधिकारी पौलेलले जनही १० हजार र सहायक प्रजिअ अधिकारीले जनही २५ हजारका दरले राहत रकम प्रदान गर्नुभएको थियो । तुइन दुर्घटनापछि गोरखा घ्याल्चोकका रन्जित गैरे जगनारायण श्रेष्ठ निशा श्रेष्ठ र अमृत श्रेष्ठ तथा चितवनका राजु सिलवाल त्रिशुली नदिमा वेपत्ता भएका थिए ।
त्यसैगरी आगामी २० गते दुर्घटनाबाट बच्न सफल स्थानीय १२ वर्षीय सुरज थापालाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box