२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन

धुषा धास । धादिङको धुषा गाउँ विकास समिति वडा नम्वर २ थापा गाउँमा रहेको मनकामना आयआर्जन महिला समुहका महिलाहरुले बाख्रापालनबाट ४२ हजार ४ सय ६४ रुपैया आर्जन गरेका छन् ।
२०६५ साल चैत्र महिनादेखि महिला शिक्षा दोस्रो तह पुरा गरेका समूहका १० जना महिलाहरुले जिल्ला शिक्षा कार्यालय र सामुदायिक अध्ययन केन्द्रको १० हजार सहयोगमा एक एक वटा बाख्रा पाल्न सुरु गरेका थिए । शुक्रबार धुषाको थापा गाउँमा आफ्नो आम्दानी विवरण प्रस्तुत गर्दै समूहकी सचिव सरला थपलियाले महिलाहरुलॆ मासिक बचतबाट ९ हजार ३ सय २१ रुपैयु सकंलन गरेको बताउनुभयो ।
स्थापना भएदेखि विभिन्न आयआर्जनका कामहरु साचालन गर्दै आएको समूहले शुक्रबार एक कार्यक्रम गरी आफ्नो सम्पूर्ण आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । समुहकि अध्यक्ष मिरा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला तथा अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box