२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

चरौदीमा तरकारीको मुल्य घट्यो

चरौदी धास । केही दिन अघिदेखि धादिङको धुषा गाउँ विकास समितिमा रहेको चरौदी तरकारी बजारमा तरकारीको मुल्यमा गिरावट आएको छ ।
काठमाण्डौको कालिमाटी र पोखराका तरकारी बजारमा तरकारीको मुल्य घटेपछि गत साताको तुलनामा यस साता तरकारीको मुल्यमा आधा घटेको व्यापारीहरुले बताएका छन् । तरकारीको मुल्यमा गिरावट आएपछि चरौदी आसपास र गोरखाका किसानहरु समेत चिन्तिमा परेका छन् । तीन दिन अघि आउँदा गोलभेडाको भाउ ३० रुपैया किलो थियो अहिले त १५ रुपैया मात्र छ नबेचौ पनि पाच घण्टाको बाटो बोकेर ल्याइयो भन्छन् धुषा गाविस स्यादुलका चेपाङ कृषकहरु ।
त्यस्तै एक्कासी तरकारीको मुल्यमा गिरावट आएकोमा आफु अनविज्ञ रहेको चार पाँच जनाको परिवार नै तरकारी व्यवसायबाट पाल्दै आउनुभएका वेनिघाट ७ कोलटारकी सरस्वती कँडेलको भनाई छ । हाल तरकारी बजारमा धुषाको स्यादुल विदाङ वेनिघानको विशालटार कोलटार जोगिमारा गाविस र गोरखा जिल्लाको ध्याल्चोक लगायतका स्थानहरुबाट तरकारीहरु विकि्रका लागि आउने गर्दछ ।
तीन चार दिन अघिसम्म प्रतिकिलो २५ देखि ३० रुपैयामा कारोबार भइरहेको गोलभेडा आज प्रतिकेजी १५ देखि १७ रुपैयामा कारोबार भएको छ । हाल बजारमा घिरौला ३ देखि ५ रुपैयामा करेला ७ देखि ८ रुपैयामा लौका ५ देखि १० रुपैयाँमा भण्टा प्रतिकिलो १७ देखि १८ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि घिरौला १० देखि १५ रुपैयाँ करेला १० देखि १५ रुपैया लौका १५ देखि २५ रुपैयाँ भण्टा २० देखि २५ रुपैयाँमा कारोबार भएको थियो । तर जिल्ला सदरमुकाम धादिङवेसी मलेखु धार्के लगायतका स्थानहरुमा भने तरकारीको मुल्यको खासै गिरावट नआएको व्यापारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box