२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन

बैरेनी धास । नेपाली काङग्रेसका केन्द्रिय सदस्य गगन थापाले शान्ति प्रकि्रया टुङ्ग्याउन र नयाँ संविधान जारि गर्ने विषयमा गरिएको ५ बुँदे सहमति माओवादि र एमालेले पालना नगरेको बताउनुभयो ।
२९ औ विपि स्मृती दिवसको अवसरमा शुक्रबार नेपाली काङग्रेसले धादिङको बैरेनीमा आयोजना गरेको अन्र्तरक्रीया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले नयाँ संविधानका लागि धेरै विषयमासहमति भईसकेतापनि एमाले र माओवादि भित्रको आन्तरीक कलहका कारण संविधान निर्माण प्रकि्रया नै अवरुद्ध्र भहेको बताउनु भयो ।
उहाँले नयाँ संविधानमा सासकिय स्वरुप निर्वााचन प्रणाली र प्रदेश विभाजनमा मात्रै कुरा मिल्न बाँकि रहेको बताउनु भयो । नेपाली काङग्रेस धादिङ क्षेनं ३ का क्षेत्रिय सभापति जिवनाथ ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालि काङग्रेस धादिङका सभापति रामनाथ अधिकारी नेपाली काङग्रेस धादिङका नेता बासु तिमल्सेना नेविसघं धादिङका अध्यक्ष दिपक कोईराला लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box