२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

उद्धार सामाग्री नहुँदा राजमार्गका स्वंमसेवकहरुलाई सास्ती

शंकर श्रेष्ठ  धादिङ । पृथ्वी राजमार्ग अन्तरगतका सडकखण्डहरुमा रहेका स्वंमसेवकहरुलाई प्राथमिक उपचार र उद्धार सामाग्रीको अभाव भएको हुँदा दुर्घटनामा परेकाहरुलाई उद्धार गर्न कठिनाइ भएको छ ।
धादिङ जिल्लाकै सानको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा कि्रयाशिल स्वंसेवकहरुले प्रयोग हुने प्राथमिक उपचारका सामानहरु सकिएपछि घाइतेहरुको उद्धार गर्न कठिनाइ भएको हो । राजमार्गमा हरेक दिन जसो हुने दुर्घटनामा विना शुल्क उपचार गर्न पुग्ने स्वयं सेवकहरुले प्रयोग गर्ने प्राथमिक उपचारका सामाग्रीहरु राख्ने भाँडो हाल खाली रहेको छ ।
तीन वर्ष अघिदेखि यु।एम।एन। र कोशोक नेपाल धादिङको साझेदारीमा प्राथमिक उपचारका सामाग्री वितरण गरेको थियो । शुक्रबार यु।एम।एन। र कोकोक नेपालको एक टोलीलले राजमार्गका स्वयंसेवकहरुले गरेका कामको अनुगमन तथा मुल्याङ्कन कार्यक्रममा सहभागीहरुले उपचारका सामाग्री सकिएको जानकारी दिएका हुन् । टोलीमा यु।एम।एनका अभिनय शाह कृष्ण मल्ल र कोसोक नेपालका सीताराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।
जिल्लाको चरौदी र गजुरीमा बेटाडिन त्रिकोण पट्टी कि्रप पट्टी कटन अन्य पट्टीहरु सिटामोल लगायतका सामाग्रीहरु नभएपछि दुर्घटनामा उद्धार गर्न गएपनि कठिनाइ आएको राजमार्ग उद्धारकर्ता दिवस सागर श्रेष्ठको भनाई छ ।
आठवर्षदेखि कोसोक नेपालको सहयोगमा तालिम लिएर राजमार्गमा प्राथमिक उपचार खोज तथा उद्धार गर्दै आएका ४० भन्दा बढी प्राथमिक उपचार स्वंमसेवकहरुले सरकारी निकायको बेवास्थाका कारण पीडितहरुलाई सहयोग गर्न नपाएको गुनासो गरेका छन् । युनाइटेड मिसन टु नेपालको सहयोगमा विगत तीन वर्ष देखि तालिम र सामाग्री पाएको भएपनि एक दुइओटा दुर्घटनामा सामाग्री सकिएपछि निरन्तरको खोज तथा उद्धार र प्राथमिक उपचारमा कठिनाइ आएको चरौँदीका स्वयंसेवक राममणि थपलियाले बताउनुभयो । खोज तथा उद्धारमा निपूर्ण १५ जनाको जनशक्ति समेत रहेको टिमले सानो डोरी दुइओटा लाइफ ज्याकेट बत्ती र स्टेचार साबेल पिगमात्र पाएको छ ।
बंगलादेशबाट गोताखोर ल्याएर त्रिशुली नदीमा परेका गाडी र मानिसहरुको खोजी गरिरहेको सरकारले स्थानीय तहमै जनशक्ति हुँदा पनि सहयोग नगरेको स्वंसेवकहरुले बताएका छन् । युएमएनको सहयोगमा कोसोक नेपालले जिल्लाको गजुरीमा स्थापना गर्न सुरु गरेको उद्धार केन्द्रमा सामाग्री अपुग रहेकोले उद्धार तथा प्राथमिक उपचारमा समस्या परेको बारे जानकारी गराउँदा जिल्लामा कृयाशिल राजनीतिक दलका नेताहरुले जिल्ला परिषदबाट बजेट छुट्याउने प्रतिवद्धता जनाएका थिए । तर जिल्ला परिषदमा सडक सुरक्षाको विषमा कुनै सम्बोधन नभएका कारण सरकारले बेवास्ता गरेको नौबिसेका स्वंसेवक राजाराम पाठकको भनाइ छ ।
कोसोक नेपालले विगत आड वर्षदेखि सडक सुरक्षाका लागि स्वंसेवक परिचालन प्राथमिक उपचार सेवा खोज तथा उद्धार राजमार्ग मध्यस्तकर्ताबाट सेवा सडक सुरक्षा सम्बन्धी १ सय ६० विद्यालयमा पाठ्यक्रम निर्माण र लागु प्रकोप न्यूनिकरया सम्बन्धी रेडियो कार्यक्रम सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box