२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

मेरो यात्रा मेरो अनुभूित

हरि खनाल । २०६८ साल जेठ महिनाको धादिङ भ्रमणमा २०६० साल चैत्र २० गतेको झझल्को आयो । अर्थात लगभग लगभग ७ वर्षपछि फक्र्यो मेरो स्मरण । त्यो सुखद क्षण भएको भए मन पुलकित हुनेथियो मश्तिष्कमा रमाइला क्षणहरु छमछमी नाच्ने थिए । तर दुर्भाग्य त्यो सुखद सम्झना थिएन त्यो त केबल एउटा त्रासदीपूर्ण थियो मनभरि विष्मय र दिक्दारीले परेड खेल्ने घटना । उत्ताउलो बतासको झोक्कासँगै बयली खेलेको बादल र आबाजमा अट्टाहास बोकेको आकाशसँगै भिजेको धर्तीमा तत्काल घटेको एउटा त्रासदी । त्यस घटनामा एउटा सरल र कर्तव्यनिष्ठ व्यक्तिको प्राणपखेरु छिनभरिमै उडेको थियो र छरपष्ट गिदीहरु त्यसै घरको सिलिङमा लतपतिएका थिए । भोलिपल्ट उसको क्षतविक्षत शरीर धुवाँ भएर अनन्तमा बिलाएको थियो । म आज उसैको छरपष्ट मश्तिष्कको अवशेष नियालिरहेको छु त्यो त्रुूुर धमाका भएको स्थानमा उभिएर । ऊ रामशरण थियो नामजस्तै सरल । त्यस दिन विहान उसले मुसुक्क हाँस्दै दिएको एक गिलाँस पानी अन्तिम रहेछ भनेर निश्कर्ष निकाल्न मलाई अझै गाह्रो भइरहेको छ। के का लागि उसले संसार छोड्नुपर् यो न छोडाउनेलाई थाहा छ न त हामीजस्ता उसको संस्मरणमा हराउनेहरुलाई नै ।
हो म त्यही घरमा बसेको थिएँ जहाँ धेरैजनाले वास र गास पाइसकेका छन् धादिङको स्तरीय होटेलमा गनिन्छ यो । यस होटेलमा अरुहरु आनन्द खोज्लान् आराम खोज्छन् तर मेरा आँखाहरु रामशरणको छरपष्ट गिदीका अवशेषहरु अझै छन् कि भनेर नियाल्न व्यस्त रहे । यसले मलाई एकपटक यो युगको पीडा वोध गरायो र सोचें यस्तो युगमा जन्मने हामी उल्लू
म धादिङको एउटा महत्वपूर्ण साहित्य कार्यक्रममा आएको थिएँ । भानुपार्कमा कवि घर तथा धादिङ अध्ययन केन्दको शिलान्यास कार्यक्रममा साक्षी बस्न । भानुभक्तलाई जीवनकालमा मात्र होइन शालीक भएर ठडिँदा पनि जेलमा बस्नुपर्ने बाध्यता हामीले बनाएका थियौं । धादिङको खुलामाच नजिकै स्थापित भानुभक्तको शालिक लामो समयसम्म सेनाको बङ्कर र काँटेतारबार र माइनसँग रहे । युध्दको विभिषिका सकिएपछि यहाँका आदरणीय कविहरु डिल्लीरमणशर्मा नवीनबन्धुपहाडी लगायतका शुभेच्छुकहरुले भानुभक्तलाई आँशिक रुपमा खुला गरेपनि बङ्कर र काँटेतारबाट स्वतन्त्र बनाउन भने बाँकी थियो । यसपटक भानुभक्त स्वतन्त्र भएछन् । यसपटक आश्चर्यजनक उपलब्धि पनि भएछ । धादिङमा कार्यरत जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी शङ्कर नेपालको साहित्य र कलाप्रेम प्रमुख जिल्ला अधिकारी भरत पौडेलको शालीन साहित्यमोह नवीनबन्धुपहाडी लगायतका अन्य साहित्यकारहरुको अनवरत सत्प्रयासबाट कविघर बन्ने भएछ । धादिङ साहित्य समाजको डबलीमा खेले हुर्केको र त्यसको चौतारीमा धेरै बालकदेखि वृध्द स्रष्टासमेतसँग लुकामारी खेलेको नाताले र नवीनजीको सादर आमन्त्रणले मलाई धादिङ पुर् याएको थियो । त्यति महत्व राख्ने कार्यक्रममा गए पनि मलाई रामशरणको सम्झनाले भने भावुक बनाइरहेको थियो । जनजीविकाबाट भानुपार्क नपुगुाजेल म त्रासदीकै वरिपरि घुमिरहेको छु जस्त्ााे लागिरहेको थियो ।
राजेन्द्र सुबेदी त्रि।वि। नेपाली विभागक कीर्तिपुरका प्रमुख प्रमुख अतिथि ब्रतराज आचार्य प्रसिध्द साहित्यकार नवराज लंसाल प्रा।डा। मोहन तिम_िल्सना प्रसिध्द संगितकार बुलु मुकारुङ हाँस्यव्यङ्ग्यको क्षेत्रमा कलम तिखारिरहेका कृष्ण घिमिरे मैदेली लगायतको भीँडमा म पनि उपस्थित थिएँ । कार्यक्रममा बाबुकाजी सिलवाल दीपेन्द्रसिँह थापा केशब दुवाडी हेमराज अर्याल शिव शर्मा ठक्कर प्रकाश सापकोटा डिपि अर्याल लालकाजी श्रेष्ठ पोसनाथ अधिकारी शिव सिलवाल जस्ता परिचित अनुहार भेटिएका थिए भने अन्य केही आसालु नवप्रतिभाहरु । यो कार्यक्रमको अध्यक्षता स्यवय् स्थानीय विकास अधिकारीले गरेका थिए भने शिलान्यासको प्रमुखपात्र थिए राजेन्द्र सुबेदी । बुलु मुकारुङको भावुकता र उदारताको परिचय पनि मैले त्यहीँ पाएँ । त्यस कार्यक्रममा नयाँ र पुराना अतिथि र आयोजक धेरैका कविता सुनिए र कवितामा धादिङको माटो नेपालीपन मुलुकको चिन्ता र चासो बालापन र बालसुलभताका विम्व प्रतिविम्बहरु पाइए । धादिङ अध्ययन केन्द्र बन्ने कुरा आफैंमा महत्वपूर्ण कुरा । यस्तो महत्वपूर्ण क्षणमा केही धादिङका विराट सर्जकहरुको अभाव महसुस भइरह्रयो । धादिङको साहित्यिक बाटिकाको माली डिल्लीरमणशर्मा अर्यालको जोश र रौस देख्न पाइएन कवि बद्री दाहालको कलात्मक कविता श्रवण गर्ने अवसर भएन कल्पना अधिकारीको सुरिलो कण्ठ गुिाजएन । पहिलेको साहित्यिक साम्प्यितामा सँधै भेटिने उत्साही साहित्यिक पत्रकार राजेन्द्र प्रताप शाहको अनुहार देखिएन सीता अधिकारी मुरारी अधिकारी दिपेन्द्र अकेला धु्रव रिजाल कहाँ गए मनले प्रश्न गरिरह्यो भीँडभित्र उनीहरुलाई आँखाले खोजिरह्यो । सम्झें कवि डिल्लीरमणशर्मा महाकाव्यलाई सार्वजनिक गर्न काठमाडौंमा थिए । सायद कल्पना अधिकारीहरुको आबाजले उतै गुाजने अवसर पायो होला सीता अधिकारी गृहस्थी स्थानमै सिर्जना गर्दै होलिन् । तर बाँकी मान्छेहरु
जिल्ला विकास समितिमा छोटो समयमा सभापतिको जिम्मेवारी सम्हालेका मोहनकुमार श्रेष्ठ दाजुले साहित्यको लागि जिल्ला विकासले पनि केही गर्नुपर्छ भनेर कार्य आरम्भ गरेका थिए । त्यस भन्दा अघि र त्यस भन्दा पछि कसैसँग साहित्यिक संस्थाले केही अपेक्षा राख्न सकेको थिएन । २०६१ सालमा प्रकाशित बाबाको बिहे नामक कथासङ्ग्रहको केही प्रति किनिदिन जिल्ला विकास समितिलाई गरिएको अनुरोध नरबहादुरको कार्यकक्षबाटै फर्किएको यथार्थ भोगेको मेरो लागि जिल्ला विकास समितिले साहित्य कला र संस्कृतिका लागि पनि सोच्ने काम गर् यो भन्दा आश्चर्य लाग्ने गर्दछ ।
जे होस् धादिङमा अध्ययन केन्द्र बन्ने भयो र यसको लागि आवश्यक सहयोग गर्ने स्थानीय विकास अधिकारी भेटिएछन् धादिङमा । तर अध्ययन केन्द्र हाल शिलान्यास भएको सानो परिधिभित्र कमिला आकारमा रहने हो कि साँच्चिकै अध्ययन केन्द्रको आकारमा पुग्ने हो भन्ने प्रश्नको उत्तर भानु साहित्यिक प्रतिष्ठान धादिङ र जिल्ला विकास समिति धादिङसँग मात्र होला । यस बाहेक यसपटकको धादिङ यात्राले मलाई आनन्द र सन्तोषसँगै एउटा झस्का पनि दिएको छ - कतै हाम्रो धादिङको साहित्य डबलीमा पनि सङ्कीर्ण आकार प्रकारका सीमाहरुको कल्पना त हुन थालेको छैन त्यसो नहुनुपर्ने हो । यसमा धादिङका कवि साहित्यकारहरुको ध्यान पुग्नेछ भन्ने मेरो अपेक्षा र विश्वास रहेको छ ।
स्रष्टा सम्मानको प्रसङ्ग
२०६८ साल असार ११ गते स्रष्टा राजेन्द्र मल्लले फेसबुकमार्पुत र सहकर्मी साथी नवीनबन्धु पहाडीजीले स्रष्टा सम्मान कार्यक्रममा सहभागी हुन टेलीफोनबाट खबर गर्नुभएको थियो । कार्यालयीय कामको कारण जाने कुरामा निश्चित हुन सकेको थिइन । तर कार्यक्रम स्थगित भएको रहेछ र जाने बेलामा थाहा पाएँ । त्यही कार्यक्रम असार २६ गते भएछ । धादिङकै साहित्य इतिहासमा यो नयाँ कुरा थियो । सायद यो विधागत रुपमा र व्यक्तिगत योगदानको समुचित मूल्याङ्कन थियो होला । धादिङको माटोमा बसेर धादिङको साहित्य इतिहास बनाउने श्रष्टाहरुले सम्मान पाउनुभयो । सायद सम्मानित व्यक्तित्वहरु मैले थाहा पाएसम्म गीत तथा सङ्गीत विधामा नवराज लंसाल भाषा साहित्यमा मोहन तिमि_िल्सना कविता तथा वाङमयमा डिल्लीरमणशर्मा र अर्का लेखक उत्तम कँडेलको योगदानले धादिङको माटो पुलकित भएको हुनुपर्दछ । यस किसिमको सम्मानले नेपाली भाषा साहित्य र सङ्गीतको निम्ति थप उर्जा प्रदान गरेको हुनुपर्दछ । सम्मानित व्यक्तित्वहरुमा उर्जा नथपिने र सम्मान कार्यक्रममा ताली बजाउनेहरुमा प्रेरणा नथपिने कुनै पनि कार्यक्रमको औचित्य हुँदैन । नवसर्जकहरुलाई सम्मानले थप उत्साहित पारेको हुनुपर्दछ । लेखक सम्मानित व्यक्तित्वहरुलाई बधाइ ज्ञापन गर्दछ र सम्मान दिने परम्परा थालनी गर्नेहरुलाई साधुवाद दिन चाहन्छ ।
अब धादिङमा साहित्य अध्ययन केन्द्र घर बन्नेछ धादिङका स्रष्टाहरु पुस्तकका रुपमा वा भौतिक रुपमा वा दुबै किसिमले त्यहाँ भेटिनेछन् । अन्वेषकहरुले सानो कोठाभित्र सिङ्गो धादिङ भेट्ने छन् । स्रष्टाहरु अनवरत रुपमा धादिङको साहित्यमा समर्पित हुनेछन् । सम्मानहरु निरन्तर चल्नेछन् । एउटा धादिङे साहित्यका विद्यार्थीको लागि यो भन्दा खुसीको कुरा के हुन सक्दछ जय साहित्य


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box