२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा

धादिङ । वर्षाको कारण जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन । सडक अवरुद्ध भएपछि सवारी साधन साचालन हुन सकेका छैनन् । अबिरल वर्षाले सडक भत्किने र पुरिने क्रम वढेकाले ती सडक अवरुद्ध भएका हुन ।
माथिबाट खसेको पहिरोको सडक पुरीने र तलबाट पहिरोले सडक बग्ने भएकाले ग्रामिण सडकमा सवारी साधन गुड्न सकेका छैनन् । सवारी साधन नचल्दा ढुवानी गर्न समस्या छ । जिल्लामा लामो दुरीमा संचालन हुने धादिङबेशीदेखि सल्यानटार सडक खण्ड धादिङबेशी देखि कन्दाङफेदी सडक लगाएतका अधिकांश गाविसमा जाने सडक भत्किदाँ सर्वसाधारण जनतालाई आवतजावतमा गर्न कठिनाई भएको छ । असार महिनाको सुरुवातसँगै ग्रामिण क्षेत्रका खच्ची सडक अवरुद्ध भई गाउँमा सदरमुकामबाट खाद्यान्न लैजान नपाउदाँ अत्यावश्यक वस्तुको अभाव भएको व्यापारीले बताएका छन् । सडक अवरुद्ध हुदाँ दैनीक अत्यावश्यक वस्तुको अभाव सँगै व्यापारीले मौका छोपी मूल्य वढाको झार्लाङ १ पर्चाेका स्थानीयवासीन्दा राजकुमार तामाङले बताउनु भयो । उहाँ भन्नु हुन्छ ुझालाङ री सेर्तुङ र लापामा सामान लैजाने सामान ढुवानी गर्ने दार्खा फेदीमा पहिरोको कारण खच्चड समेत आवतजातव गर्न नसकेपछि स्थानीय वासीन्दा व्यापारीको चर्काे मुल्यमा सामान किन्न वाध्य भएका छन ।ु १० रुपौयाँ पर्ने समानालाई २० रुपौयाँ तिर्न बाध्य भएको तामाङले बताउनु भयो ।
बर्षाको कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य समाग्रीको मूल्यमा ५ रुपौयाँदेखि १० रुपौयाँमसम्म ग्रामिण क्षेत्रका पसलहरुले आफुखसी मूल्या बढाएकोमा उपभोक्ताले आपत्ति गरेका छन् । उपभोक्ताहरुको मागसँगै पसलमा समाग्रीहरु कमी हुदै गएपछि मूल्या बढाएको व्यवसायहरुले बताएका छन् । सडक अवरुद्ध भएपछि ग्रामिण क्षेत्रका पसलहरुमा दैनिक उपभोग्य सामाग्रीहरु अभाव हुदै गएको व्यवसाय विष्णु श्रेष्ठले बताउनु भयो । जिल्ल्ाा विकास समितिले सर्वपक्षिय सहमति गराई यही असार १७ गतेदेखि असोज १० गतेसम्मका ग्रामिण क्षेत्रका कच्ची सडकमा यातायत चलाउन रोक लागाएको जिल्ला विकास समितिका अधिकृत रामचन्द्र अधिकारीले बताउनु भयो । जिल्लाको ५० गाउँ विकास समितमध्ये ४५ वटा गाविसमा सडकको साजाल विस्तार भएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box