२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

च्रपाङग्रे गाडाबाट मनग्य आम्दानी

ध्ादिङ धास । उच्च शिक्षा हासिल गरेका युवाहरु रोजगारीको लागि लाखौ रुपौयाँ खर्च गरेर विदेश तिर जान आकर्षित भइरहेका बेलामा आफ्नै जन्मभूमिमा सानो लगानी र परिश्रम गरे स्वदेश मै मनग्य आम्दानी गर्न सकिन्छ भनेर गतिलो उदाहरण दिन जिल्ल्ाको सुनौलाबजार ७ तल्लोबेसीकी सम्झना अधिकारी सफल हुनु भएको छ ।
अधिकारीले सदरमुकाम धादिङबेशीमा चार पाङग्रे गाडामा गेडागुडी बेचेर दैनिक ६ सय देखि एक हजार रुपौयाँसम्म आम्दानी गदैै आउनु भएको सुनाउनु हुन्छ । दुई बर्ष अघि तीन हजारु रुपौयाँमा काठको गाडा र एक हजार रुपौयाँको गेडागुडि किनि व्यवसाय थाल्नु भएको सम्झनाले अहिले माषिक १५ देखि २० हजार रुपौयाँसम्म कमाउदै आउनु भएको छ । आफ्नो भएको जग्गा जमिनबाट उत्पादित अन्नले बर्ष भरी खान नपुग्ने भएपछि गाडा चलाउने व्यवसाय गर्न शुरु गरेको अधिकारी भन्नु हुन्छ ुगाडाबाट भएको आम्दानीले घरव्यवहार चलाउनुको साथै भविष्यको लागि बचत समेत गरेको छु । ु गाडाबाट भएको आम्दानीले जीविकोपार्जन गर्न सहज भएको अधिकारीले बताउनु भयो । भुटेको मटमास मकै चना केराउ चार पाङग्रे गाडामा हाली सदरमुकामको शिरानबजार र पुछारबजार गर्ने अधिकारीको दैनिकि हो । गाडाबाट भएको आम्दानीले दुई छोराहरुलाई समुदाय नजिकै रहेको विद्यालयमा अध्ययन गराउदै आउनु भएको अधिकारी महिला समूहमा समेत आवद्ध रहनु भएको छ ।
समूहका साथिहरुको सल्ला र सुझाले गर्दा गाडा पेसा गर्ने अभिप्रेरण मिलेको अधिकारी बताउनु हुन्छ । आफ्नो भएको जग्गाबाट उत्पादित अन्नबाट बर्षभरी खान नपुग्ने भएपछि जिल्लाका ग्रामिण क्षेत्रका महिलाहरु सदरमुकाम धादिङबेशीमा आई अधिकारीले जस्तै बजारको सार्वजानीक स्थानमा तरकारी पसलहरु गदैै्र आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box