२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थानिय समाचार

क्षमता विकास तालीम सम्पन्न

धादिङवेशी धास । गैर सरकारी संस्था महासंघ नेपाल आबद्ध संस्थाहरुका पदाधिकारीहरुको लागि संचालित ३ दिने क्षमता विकास तालीम आज सम्पन्न भएको छ ।
गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखामा आबद्ध संस्थाहरुका ४५ वटाका गैससका पदाधिकारीहरुको सहभागीता रहेको तालीमलाई यू।एम।एनका कार्यक्रम अधिकृत निर्मल भण्डारीगैसस महासंघ केन्द्रका प्रशिक्षक जितराम लामाजिविसका भोला गौतमगैसस महासंघ जिल्ला शाखाका अध्यक्ष दामोदर अर्यालसचिव एकराज छत्कुली लगायतले संस्थागत विकासगैससमा आबद्धताको प्रत्रियासंस्था नविकरणस्थायी लेखा नम्बर लिने प्रकि्रयाप्रतिवेदन लेखनपरियोजना प्रस्ताव लेखनदस्ताबेजिकरण बिषयमा सहजिकरण गर्नु भएको थियो । जिल्ला विकास समितिको कार्यालय धादिङ यू।एम।एन धादिङ र गैसस महासंघ केन्द्रले आर्थिक तथा मावविय सहयोग गरेको थियो । ताीमम गत आईतबार धादिङबेसीमा भएको तालीममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्यस्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलराजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु उपस्थितिमा शुरुवात भएको थियो । स्थानीय गैससहरको क्ष्मता विकासले जिल्लाको सम्रग विकासमा सहयोग पुग्ने तालीम समापनको क्रममा जिल्ला विकास समितिका योजना तथा प्रशासकिय अधिकृत रामचन्द्र अधिकारीले बताउनु भएको चांदनी थापाले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box