२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

खेतीबालीबाट भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी

धादिङ धास। परम्परागत खेतीबालले जीविकोपार्जन हुन नसकी विदेश पलायन हुने धादिङ जिल्लाको कल्लेरी गाविसका युवा तथा किसानहरु गाउँमै यतिखेर तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
खाद्यान्न बाली लगाउदा एक मुरी नफल्ने बारीमा तीन बर्षयता यहाँका किसानहरुले थालेको व्यवसायिक तरकारी खेतीबाट परम्परागत खेतीबाली भन्दा दोव्वर राम्रो आम्दानी हुने थालेपछि अहिले कल्लेरी गाविसका किसानहरुले व्यवसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन् । गाउँमा व्यवसायिक तरकारी खेती गर्न थालेपछि गाउँको मुहारै फेरीएको कल्लेर ३ केउरेनीडाँडाकी चिनिमाया राईले बताउनु भयो । पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आउनु भएको राईले बार्षिक ७० हजार रुपौयाँ भन्दा बढी आम्दानी हुने बताउनु हुन्छ । ुपाँच रोपनीमा खाद्यान्न बाली लगाउदाँ १० हजार रपौयाँ हुदैन थियो त्यहि जग्गामा तरकारी लगाउदाँ बर्षको एक लाख रुपौयाँ लिन्छु ु राईले भन्नु भयो । राई जस्तै तरकारी खेती गरेर मनग्य आम्दानी लिने सोही गाउँकी सानुमाया राई पनि एक हुनु हुन्छ । आफ्नो २ रोपनी जग्गामा तरकारी खेती गरेर बार्षिक ३० हजार रुपौयाँ देखि ४५ हजार रुपौयाँसम्म सानुमायाले लिदै आउनु भएको छ । त्रिशुली नदी नजिकै रहेको कल्लेरी गाविसमा सिचाई र तरकारी वालीको लागि उपयुक्त हावापानी भएकोले यहाँका किसानहरुले बारीमा भेडी बन्दा करेला बोडीलगाएका तरकारी लगाउदै आएका छन् । चिनिमाया र सानुमाया जस्तै कल्लेरी गाविसका आधा दर्जन भन्दा बढी वडाका मानिसहरु व्यवसायि तरकारी खेती गर्दै आएको साना कृषि सहकारी संस्था लिमिटेड कल्लेरीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताउनु भयो । अर्याललका अनुसार यस गाविसबाट बर्षेनी २ सय मेटि्रक तरकारी बजारमा पुग्ने गर्दछ । २ सय भन्दा बढी घरले व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरुले आफुहरुले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार नजिकै भएकाले यहाँका किसानहरुको तरकारी खेती प्रतिको मोह बढ्दै गएको अर्यालको भनाई छ । यहाँका किसानहरुले उत्पादन गरेका तरकारीहरु नजिकै रहेको गजुरी धार्के बजारमा लगेर विक्री वितरण गर्दछन् । आफुहरुले उत्पादन गरेका तरकारी बजारमा खपत भएपनि उचित मूल्य नपाएका कारण किसानहरुले गुनासो गरेका छन् ।
व्यापारीहरुले आफु खसी तरकारीको मूल्य निर्धारण गर्ने गरेकाले किसानहरु मारमा परेको उनीहरुको भनाई रहेको छ । बर्षभरी परिश्रम चाहि किसान गर्ने तरकारीबाट आएको नाफा चाहि व्यापारीहरुले खाने गरेको कृषक रामबहादुर सापकोटाले बताउनु भयो । बजारमा तरकारीको मूल्य ४० रुपौयाँ हुदाँ व्यापारीहरुले किसानहरुबाट २० रुपौयाँको दरले खरिद गर्ने गरेका उहाँले भन्नु भयो । किसानहरुबाट व्यापारी हुदै बजारसम्म पुग्दा २० रुपौयाँ मूल्य पर्ने तरकारीको मूल्य ४० रुपौयाँमा बजारमा कारोबार भईरहेको हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box