२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

नेपाली जनताको साझा कवि र आदिकवि भानुभक्तू

आजभन्दा एकसय सन्तानब्बे बर्षअघि तनहुँको रम्घामा आँखा खोलेका भानुभक्त आचार्य नेपाली काव्याकाशमा ुआदिकविु को छविबाट परिचित र संस्थापित नेपालका राष्ट्रिय विभूति हुन् । हुन त भानुभक्तअघि थुप्रै काव्यवीरहरु पण्डित उदयानन्द अज्र्याल सुवानन्ददास इन्दिरस विद्यारण्य केशरी वसन्त शर्मा यदुनाथ पोखर्याल रघुनाथ तथा पताजलि शर्मा पनि थिए । मूलत ः वीर धाराबाट थालनी भएको नेपाली काव्य परंपरा जसलाई उदयानन्द अर्याल र यदुनाथ पोखर्यालले नेतृत्व लिएका थिए । यो समयको नेपाली भाषामा व्रजभाषा मैथिली भाषा भोजपुरी र हिन्दीको गहिरो प्रभाव थियो । जब भानुभक्त साहित्य सृजनामा लागे तब उनले संस्कृत हिन्दी भोजपुरी मैथली व्रज भाषाहरुले खिचडी रुपलाई झिकेर लोकभाषामा आफ्ना रचना पस्किन थाले । यही युगान्तकारी घटनाले जनभाषालाई नेपाली भाषा बन्ने प्रबल प्रोत्साहन मिल्यो । भाषिक एवं साहित्यक उच्चताले नेपाली भाषालाई प्रतिष्ठित बनायो । त्यसैले त विख्यात इतिहासकार तथा सर्जक बालचन्द्र शर्माले भनेका छन् - ूभानुभक्त नेपाली साहित्यका चौंसर हुन् ।ू जसरी चौंसरले जनबोलीको अङ्ग्रेजीलाई टपक्क टिपेर कविता लेखे त्यसैगरी भानुभक्तले पनि हिमाल पहाड र तराईका जनभाषालाई अर्थात् लोकबोलीलाई आफ्नो काव्याभिव्यक्तिको साधन बनाए । यही आचार्यको क्षमतामा लठ्ठीएर हिन्दी साहित्यका मूर्धन्य समीक्षक दीननाथ शरण भन्छन् - ूभानुभक्तने नेपाली भाषा की पगडंडीको एक राजमार्ग बनादियाू वास्तवमा आदिकवि भानुभक्तको काव्यरचनामा अभिव्यक्ति सौन्दर्य रस र लालित्यको त्रिवेणी छ साथै बोधगम्यताको सहज भाषा पनि । प्रिस¢ निबन्धकार हृदयचन्द्र िसंह प्रधानको शब्द सापटी लिएर भन्नुपर्दा -ू भानुभक्तभन्दा अगाडि नेपाली भाषाले वाङ्मयको दर्जा प्रारम्भ गरेको थिएन । साँच्चि भनूँ भने भानुभक्तकै रामायण देखि हो ।ूमूलत ः भानुभक्तले नै नेपाली साहित्यको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेका हुन् त्यसैले त अन्य थुप्रै अग्रज कविहरु हुँदा हुँदैपनि उनले ुआदिकविु को प्रतिष्ठा प्राप्त गरे । उनले नेपाली भाषाको रुप र शैलीको स्तर र स्थिरतालाई स्थापित गरिदिए । वहाँकै सगुण रामभक्ति धारामार्फत नेपाली साहित्यले तारा देख्यो । विकृति र वितिथिमा तीव्र विवाद बोल्यो । समाजसुधारको शंखघोष बज्यो ।
भानुभक्त प्रखर कवि हुनाको साथै एक महान् समाज सुधारक पनि थिए । उनी राष्ट्रिय चेतनाका संवाहक र लोकवाणीलाई साहित्यकताले स्पर्श गर्ने अद्भूत क्षमता पनि राख्थे । त्यसैले गर्दा कठिन संस्कृत ग्रन्थबाट अनुदित रामायणले मौलिकताको जलप लगाएर गरीब - धनी सहर गाउँ पढेका - नपढेका तमाम क्षेत्र र वर्गमा लोकपृयताको धुरी चुम्न सफल भयो । नेपालका लागि पूर्व भारतीय राजदूत नरेन्द्रजैन जसले नेपाली साहित्यको साङ्गोपाङ्गो गम्भीर अध्ययन गरेका छन् उनले ूभानुभक्तलाई नेपालका तुलसीदास भनेर उच्च मुल्याङ्गन साथ श्र¢ा वर्षाए ।ू जसरी ुरामचरित मानसु लेखेर भारतमा भाषिक र साहित्यिक चहल-पहल तुलसीदासले ल्याए त्यसैगरी भानुभक्तले पनि भाषामा विशु¢ नेपालीपन सामान्य बोलचालका नेपाली भाषालाई साहित्यक ओजन िदंदै सरलता र माधुर्यको घोलन गरिदिए ।
भानुभक्त आचार्यले संस्कृतमा लेखिएको ुअध्यात्म रामायणलाईु र आद्य शङ्कराचार्यद्वारा लिखित ुसुभाषितु सूक्तिहरुलाई निजीपन दिएर अनुवाद गर्दै भक्तमाला वधूशिक्षा जस्ता मौलिक रचनाका चाङ् पनि थपे । व्यङ्ग्य रसरङ्गले भरिपूर्ण श्रृङ्गारको वहार दिने रसपूर्ण फूटकर कविताले भानुभक्तलाई एक सशक्त व्याजनाकवि र श्रृङ्गार धाराका उत्प्रेरकको रुपमा पनि चिनाउन सकिन्छ । जे होस् सगुण भक्तिधारामा मर्यादा पुरुषोत्तम रामको करिष्माकारी अलौकिक महान् चरित्रलाई उनले सरल सरस र अनुकरणात्मक भाषामा सुन्दर लयमार्फत नेपालका विषम भौगोलिक अवस्थितिहरुमा उत्तिकै सुरुचिकर बनाए । उपदेशात्मक र नैतिक उच्चता चुम्ने उनका कविता चोटिला छन् - ू दरिद्र नाउँ नरमा छ कस्को -ूविशाल तृष्णा घरमा छ जस्को ।ू ूज्यूँदै मर्याको भनि नाम कस्को -ूउद्यम विना बित्दछ काल जस्को ।ू राष्ट्रियता देशप्रेम र श्रृङ्गार चेतले उघि्रएका उनका समवेत स्वरलहरी नवरसको चास्नीमा आलङ्कारिताको विभूतिमा कसरी उघि्रएका र टल्किएका छन् -ू चपला अवलाहरु एक सुरमा । गुन केशरीको फूल ली सिरमा ॥ िहंडन्या सखी लीकन ओरिपरि । अमरावती कान्तीपुरी नगरी । त्यसैगरी अर्को बीररसले परिपाक पाएको पद्य - तरवार कटार खुँडा खुकुरी । पिसतोल र बन्दुकसम्म भिरी ॥ अति शूर र वीर भरी नगरी ! छ त कुन्सरि कान्तिपुरी नगरी ॥ू कान्तिपुरको अपूर्व सौन्दर्य र यहाँका यो¢ाहरुको रण सङग्रामी बहादुरीलाई घोलन गर्दै राष्ट्रपेमको क्रान्तिकारी झण्डाको कति मीठो उत्तोलन गरेका छन् । प्रकृतिको चरम छटासित एकाकार हुने उनका काव्यवाणी ूयति दिन पछि मैले बल्ल बालाजी देख्याँ । पृथिवी तल भरीमा स्वर्ग हो जानिलेख्याँ ॥ू स्वभावोक्ति रुपक दीपक उपमा जस्ता थुप्रै अलङ्गकारमा भावको झङ्गार बोक्दै आध्यात्मिक चेतना देशप्रेम सुधारात्मक सन्देश रसरङ्गमार्फत पाठक मन मष्तिष्कलाई दङ्ग बनाउने उनी नेपाली भाषा वाङ्मयका चौंसर तुलसीदास वाल्मिकी कै अवतार हुन् । वास्तवमा उनी नेपालीका साझा सम्पत्ति हुन् । आवेग आक्रोश र पहिचानको सङ्कीर्णतामा यस्ता प्रतिभा- प्रति विषवमन गर्नु आदिमतातिर ढल्कनु वा गल्लीवादी सोच हो । आधुनिक समावेशी विश्वमा गूढ चिन्तन र विशाल ह्दय विशेषता नै बनेको बेला नेपाली भाषा वाङ्मयका उन्नायक सर्जकप्रति निष्ठापूर्ण अभिनन्दन र अभ्यर्चना गरौं । राष्ट्रियताको जग हाल्ने भाषा वाङ्मयमा लोक आवाज र जनभारतीलाई स्थान दिने भानुको १९८ औं जन्मजयन्ती अझ बृहत् र व्यापक भएर मनाउने प्रेरणा जागोस् । नेपाली जनताका साझा प्रतिभा नेपाली भाषाका आदिकविको देन प्रतिष्ठालाई भँजाएर मुठ्ठीभरका सम्म्रान्तहरु अवसरवादी उन्नयनका पाईलामा अगाडि नबढुन् । अर्कोतिर उनलाई खस भाषाका वा पर्वते भाषाका क्षेत्रीय कवि बनाएर निन्दा गर्दे सङ्कीर्णताको महासङ्क्रमण नफैलाऊन् । मेचीदेखि महाकालीसम्मका नेपालीमा भाषाको एकताको काँटीकस्ने उनी दूरद्रष्टा र सहज स्रष्टा हुन् । यो नेपाली ऐश्वर्य र गौरवलाई अझ माथि उचालौ । सबैलाई चेतना भया ……………………।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box