२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

कावासोतीमा हतियारधारी समूहद्वारा १० लाख लुटपाट

नवलपरासी । हतियारधारी समूहले नवलपरासीको कावासोतीमा गएराति १० लाख मुल्य बराबरको धनमाल लुटेको छ । ८ जनाको समूहमा आएका लुटेराहरुले कावासोतीको शिवमन्दिर ३ निवासी मीना पौडेलको घरबाट १० लाख बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएका छन् । पौडेलका अनुसार लुटेराले करिब २० तोला सुनको गरगहना ९० हजार रुपैयाँ नगद १ थान ल्यापटप ४ थान मोबाइल र १ थान डिजिटल क्यामरा लुटेर लगेका छन् । लुटेराहरुले दुई वटा पेस्तोल र खुकुरीहरु देखाएर घरका व्यक्तिहरुको मुखमा पट्टि बाधेर एउटा कोठामा थुनेपछि गएराति १ बजे लुटपाट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box