२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ आज विशेष अदालतमा

काठमाण्डौ । सुडान घोटाला प्रकरणका मुख्य अभियुक्त मध्येका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ विशेष अदालतमा उपस्थित हुनु भएको छ । गुरुङ अदालतमा केहिबेरअघि उपस्थित भएकाले बयानपछि अदालतका अध्यक्ष गौरीबहादुर कार्की सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा थुनछेक बहस हुनेछ । यसअघि अदालतले पूर्व एआइजी दीपेन्द्रबहादुर विष्टसँग १ करोड धरौटी मागेको थियो । धरौटी बुझाउन नसकेपछि विष्टलाई जेल चलान गरिएको छ । सुडानस्थित डार्फरमा शान्ति मिसनमा खटिएका प्रहरीका लागि एपीसी लगायतका बन्दोबस्तीका सामान खरिदमा करिव २९ करोड भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box