२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

राष्ट्रिय समाचार

सदर मुकाममा भाइरलको प्रकोप

धादिङ ।
सदरमुकाम धादिङबेसीमा भाइरल ज्वरोको प्रकोपका कारण कर्मचारी गैरसरकारी संस्थाका प्रमुखहरु बिरामी परेका छन् ।
जिल्ला विकास समितिमा लेखा अधिकृत हेमराज पौडेल सामाजिक अधिकृत विनोद अर्याल आन्तरिरक लेखा परिक्षण अधिकृत हरि पाटामगर सहित एक दर्जन कर्मचारी बिरामी परेका छन् ।
यसैगरि गैरसरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्याल सचिव एकराज छत्कुली रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा सहित एक दर्जन भन्दा बढी संघसंस्थाका प्रमुख एवं सदस्यहरु बिरामी परेर औषधी उपचार गराइरहेका छन् ।
जिल्ला अस्पतालमा आउने विरामीहरु मध्ये आधाभन्दा बढी भाइरल ज्वरोका विरामीहरु रहेको जिल्ला अस्पतालमा उपचारमा सम्लग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
सुरुमा रुघाखोकी लाग्ने ज्वरो आउने घाँटी दुख्ने तथा केहीमा वान्ता र झाडा लागने जस्ता लक्षण देखिएर मानिसहरु विरामी परेका हुन् । भाइरल ज्वारो फोहोर पानी र लामखुट्टेले टोक्नाले भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
यस हप्ता वर्ष अत्याधिक भएको र सदरमुकाममा आउने पानी सफा नभएकोले एक पछि अर्को गर्दै एकै पटक विरामीको संख्या बढेको बजारबासीको भनाइ छ । सदरमुकाममा भाइरल ज्वरोको विरामीको संख्या २० भन्दा बढी रहेको निजि अस्पताल स्थानीय औषधी पसल तथा निजि क्लिनिकहरुले जनाएका छन् । निजी स्वास्थ्य संस्थाहरुमा बिरामीहरु अत्याधिक आएको निजि स्वास्थ्य केन्द्रहरुले जनाएका छन् ।
पानीका कारण भएको भनिएको भाइरल ज्वारोले धेरै मानिस ििवरामी परेपछि स्वास्थ्यकर्मीहरुले सदरमुकाम बासीलाई पानी उमालेर खाने काँचो फलपुूल खाँदा उमालेको पानीले पखालेर खाने र घर आँगन सफा गर्ने तथा झूल टाँगेरमात्र सुत्न सल्लाह दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box