२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

जङ्गली राज पिएका ताज !

राज्यको दैनिक शासन व्यवस्था नै जङ्गलतिर धँकेलिएर अमङ्गल हुन लागिरहेको चर्को सङ्क्रमणकाल देश र देशबासीको भविष्यको लागि विवेक र नैतिकताको अनिकाल तथा महाकाल हुँदैछ । ूनानीभन्दा आची ठूलोू भन्ने कथन चरितार्थ गर्दै मन्त्र दिने आलयका अधीशहरु अर्थ न वर्थमा अनावश्यक सहयोगी -पीए र सल्लाहकार थुपारेर राष्ट्र ढुकुटीलाई सुकुटी छोयला कचिला बनाउनमै मस्त छन् । बेरोजगार साला-साली र भतिजा भान्जीहरुलाई कान्छी नानी जम्मा गर्ने खानी बनाएर मन्त्रालयका उपल्लो तहसम्मका कर्मचारीमाथि वी।ए। पास नभएका पीए मार्फत हुण्डरी चलाउन थालेको अपच दृष्यले लोकतान्त्रिक गणतन्त्रको नामै ुटोकतान्त्रिक गाँडूतन्त्रु जुर्न थालिसक्यो । अक्षरका खेती गरेर सूचनाका फसल बाँड्दै हिड्ने कलमकर्मीहरुले विराटनगरका पत्रकार ढकाललाई अकालमै कालतिर जिम्मा दिन खोजिएको जङ्गली वर्वरताविरु¢ आन्दोलन छेडेको महिना दिन हुँदा पनि खेतालाहरु गम्भीर हुन नसकी जागिर भकुरेर उद्घाटन र विमोचनका दैनिकी भरिरहेका छन् । कलम डायरी फोटो क्यामेरा देखाएर प्रशासनको ध्यान तान्न अझ पावरवाला चश्मा टुकी लालटीन जस्ता उपकरण सरकार नामधारीलाई उपहार दिएर अनशनका थुप्रै अध्याय पार गर्दा पनि एक्सनमा जान कुनै सेक्सन नै तयार छैन गाँठे ! राज्यको यही दण्डहीनता देखेर बाँकेका एक पत्रकारको घरनजिक बम पड्काइयो भने काभ्रेमा लामा पेटवालाहरुले साचारकर्मीमाथि अधर्मी भएर अर्को वितण्डाको श्रीगणेश गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्रको जामा पहिरिएका यहाँका कमसल ठुलामानिसहरु हिजो आज संचार जगत्मा प्रचार भईरहेको महजोडीको सन्देशमूलक जागरण सूचना - असार १४ साउन १४ र भदौ चौधलाई हास्य टेलिश्रृङ्खलाकै अर्को रुप ठम्याएर होला पाँचबुँदे सहमतिलाई अलपत्र बनाई पाखुरा सुर्कासुर्कीको म्याराथुनमा सामेल छन् । सर्वत्र ुलुटु झूट गुट चुट फूट बूट भूट र सुटको ुटु ले टोकेुछि के को शान्ति के को संविधान सबै सत्ताउन्मादको भ्रान्तिमै चटारिएका छन् पो त ! अब जाऊँ जङ्गलमन्त्री अर्थात् वनमन्त्री भानुभक्त जैसीतिर । जैसी यतिखेर भैंसी का बथान पालन गर्ने ग्वालाझैं पीएका जत्थाको व्यवसायमा खटिएका रहेछन् साचार यही गोप्यलाई प्रचार गर् यो । संम्वन्धित मन्त्रालयका अधिकृतहरुलाई हरुवा चरुवाझैं हप्काएर तसा्रएर देखाउनै नमिल्ने प्रतिवेदन र फाईल माग्न मुड्की बजार्दै मूल्य मान्यता खिएका पीएले तहल्का मच्चाएछन् । एउटै मन्त्रीको दर्जनभन्दा बढी पीएले मन्त्रालयका कर्मचारीलाई ूमुतो भालु मुतो !ू बनाएर दिउसै जङ्गली सहायकको रोल खेल्दा सबै राष्ट्रसेवक त्रासले अमिलिएका छन् । मन्त्रालयको घुम्ने कुसी टेवुल झोला कम्प्युटर टेलिफोन र भण्डारका उपकरणलाई सहजै वरण तथा हरण गर्न लाज पचाएको पाखण्डी दृष्यले त जङ्गल मन्त्रालयको जङ्गली फोटो मोटो र भद्दा भएर देखिएको चर्चा सर्वत्र छ । चमेनाघर र नास्तालयमा समेत पीए हुनुको आस्था खोजेर सित्तै भकुर्न खोज्ने अगस्ती महासयहरुको दादागिरीले के जङ्गलीराजको सङ्केत गर्दैन भन्या वातावरणलाई प्रतिकुल प्रभाव पार्ने गोदावरी मार्वल उद्योगको ढोका खोल्न पीएहरु बोल्नसम्म बोले भनेर हाई काट्दै एक अल्छी राष्ट्र सेवक बताउदै थिए । अरु मन्त्रालयहरुमा पनि छोरा भतिजा साला मितिनी सालीहरुलाई पीएमा काज तानेर लाज पचाउदै मन्त्रीको बाली भरेर लाली चढाएका छन् । हरे दैव ! मन्त्रका आलय बन्नुपर्ने निकाय नै कायहीन भएुछि के गर्ने यस्तो राज्य शासन कुशासन हैन र के सबै महाभारतका दुशासन र दुर्योनै बन्ने चिन्तन गरुन् मन्त्री र तिनका निजी सचिवहरुले । पिएका ताज भिरेकाहरु जंगलीराजका बाइफालेझै हुनु हुँदैन यो प्रवृति लोकतन्त्रलाई डस्ने विषालु साँपनै हो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box