२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

शिक्षा

सूचना प्रविधीको पहंच कार्यक्रम र सामुदायिक विद्यालय

संचार क्षेत्रको विकासवाट समाजका सम्पूर्ण पक्षहरु प्रभावित भैरहेका छन् । गुणस्तरीय शिक्षा र आधुनिक प्रतिष्पर्धात्मक वातावरण एक अर्कासंग सम्वन्धित विषयहरु हुन । सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीले सुगम स्थानका संस्थागत विद्यालयका विद्यार्थीहरुसंग प्रकारान्तरमा प्रतिष्पर्धा गर्नु पर्ने नै हुन्छ । यस अवस्थामा वोर्डिङ स्कुलहरुमा पढ्ने वा सुगम स्थानका सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु कुनै न कुनै रुपमा नयां संचार प्रविधिसंग अभ्यस्त भैसकेका हुन्छन् । हुनत आजकल मोवाईलको वढ्दो प्रयोग वा दुरुपयोगको कारणले ग्रामीण क्षेत्रका वाल वालिकाहरु समेत यस प्रविधी संग साक्षात्कार भैरहेका छन् । मोवाइलको प्रयोग मात्र नयां संचार प्रविधी संगको पहंुच हो भनेर भन्न सकिने अवस्था त छैन । आजको समयमा सुगम स्थल वा पहंुचजन्य स्थानमा वालवालिकाहरु कम्प्युटरको प्रयोगवारे जानीफकार भैसकेका छन् । वोर्डिङ स्कुलमा पढ्ने वालवालिकाहरुले गुणस्तरीय शिक्षाको साथै नयां प्रविधी कम्प्युटरमा समेत आफ्नो पहंुच स्थापित गर्न सक्छन । सामुदायिक विद्यालयका वालवालिकाहरु यस अवसरवाट विाचत प्रायः नै छन् । यस अवस्थामा राज्यले शिक्षा क्षेत्रमा गर्ने लगानीको केहि अंश यस प्रकृतिको सूचना प्रविधी तर्फ पनि विनियोजन गर्न सके सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्याथीहरु पनि आफुलाई आफ्नाले हेर्न नसकेपनि राज्यले त हेरेको छ भन्ने भावनाले गौरवान्वित हुन सक्थे । सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधीको पहंुच स्थापित गर्ने विषयमा सरकारले चालु वर्षमा इन्टरनेटको पहंुच पूर्याउने कार्यक्रम पनि घोषणा गरेको छ । यस कार्यक्रमले समग्रतामा सामुदायिक विद्यालयहरु हौसियका त छन तर यसको व्यवस्थापन तथा व्यवस्थापन जन्य पूर्वाधारको कमीले सो कार्यक्रमलाई मुर्त रुप दिने वारे अलमलिएको अवस्था विद्यमान छ । शहर वजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा त शायद यसको कार्यान्वयन सहज होला तर विकट ग्रामीण क्षेत्रहरुमा कार्यान्वयन गर्न सहज हुने देखिन्न । आवश्यकता हो तर यस्तो महत्वाकांक्षी योजना÷ कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने भन्ने वारेमा सरोकारवालाहरुले वेलैमा सोच्नु आवश्यक छ । दूर दराजमा रहेका विद्यालयहरुको भौतिक अवस्था कमजोर छ । विद्यालयको भवन जिर्ण छ । शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिति नियमित छैन । विद्यार्थीहरु वस्ने डेस्क वेन्चको अभाव छ कक्षा कोठाको अभाव नै छ । पाठ्यपुस्तक नै समयमा पुग्दैन । शिक्षक अभिभावक संघ विद्यालय व्यवस्थापन समिति जस्ता निकायहरु निस्क्रिय छन् । अनुगमन तथा सोधखोजको अवस्था छैन । कहां विजुली कहां ल्याव कहां कम्प्युटर शिक्षक कहां सो अनुरुपको पाठ्य पुस्तक आदिले इन्टरनेटको पहंुच सम्वन्धि लोकपि्रय र महत्वाकांक्षी योजना ले सार्थकता पाउने खै आकाशको फल आंखातरी मर भने जस्तो त हुने छैन भन्नेा प्रश्न अनुत्तरित छ । राज्यले यस अवस्थामा सामुदायिक विद्यालयहरुलाई ईन्टरनेट जस्ता प्रविधीको पहंुच पुर्याउन ठुलो लगानी गर्न आवश्यक छ । मुख्यतः यसको लागि पूर्वाधारको विकास हुन जरुरी छ । प्रत्येक विद्यालयमा विद्युतको पहंुच चाहे स्थानीय लघु जल विद्युतवाट होस चाहे राष्ट्रिय प्रसारण लाईनको उपल्ाव्धता होस वा सोलार प्रविधीको प्रयोगवाट होस हुन आवश्यक छ । त्यसै गरी कम्प्युटर ल्याव कोठा जहां कम्प्युटर पि्रन्टर र इन्टरनेट पहंुचको व्यवस्था गर्न सकियोस । हाम्रो परिस्थिति त्यस्तै छ हामी अद्यावधिक हुनु भन्दा आफ्नै परिवेशमा रमाउने गर्छाै जसको मार स्वरुप कम्प्युटर शिक्षकको थप व्यवस्था कम्प्युटर कक्षा सम्वन्धि पाठ्यपुस्तकको व्यवस्था पनि हुनु जरुरी छ । विद्यालयमा हुने सो प्रकृतिका सूचना प्रविधीहरुले विद्यालयलाई मात्र नभएर सो समाजलाई नै प्रविधी उपयोगन्मुख वनाउंदै लैजान सहयोग पुर्याउंछ । सरकारले सांच्चै नै सामुदायिक विद्यालयको स्तरोन्नती गर्न आंट गर्ने हो र इन्टरनेट जस्ता प्रविधीको पहंुचलाई सहज वनाउदै विद्यार्थी तथा विद्यालयलाई प्रतिष्पर्धी वनाउने हो भने कार्यक्रमलाई छुट्ट्याइएको रकम अपुग हुनेछ । झण्डै २८ हजार सामुदायिक विद्यालयहरुलाई प्रति विद्यालय रु। १ लाख मात्र उपलव्ध गराउंदा पनि करिव २ अर्व ८० करोड रुपैंयाको लगानी तत्कालै आवश्यक छ जुन रकम राज्यको प्राथमिकतामा परेका अन्य क्षेत्रहरु संगै विनियोजन गर्न ठुलै मेहनेत गर्नुपर्नै देखिन्छ । वोर्डिङ र सामुदायिक विद्यालयको उत्पादन स्वरुपका विद्यार्थीहरुको स्तरमा जुन भिन्नता छ त्यो भिन्नताको दुरीलाई प्रविधिको अभ्यस्तताले झनै वढाउने देखिन्छ । यथासिघ्र प्रविधीको प्रयोगले सामुदायिक विद्यालयहरुलाई सुसज्जित वनाउनु आवश्यक छ । अन्यथा गुणस्तरिय शिक्षाको खाडल संगै प्रविधीको खाडल पनि गहििरंदै जानेछ । सूचना प्रविधीको विकास वाट हाम्रा वाल वालिकाहरु पनि विश्वका नवीनतम खवर विषहरुवारे आफुलाई अद्यावधिक गर्न सक्षम हुन्छन् । सामुदायिक विद्यालयहरुको खस्कंदो स्तरलाई उकास्न पनि यो कार्यक्रलाई कार्यान्वयन गर्न आवश्यक छ । हालका दिनहरुमा केहि सामुदायिक विद्यालयहरुले अंग्रेजी शिक्षालाई थप महत्व दिन थालेको घट्नाले ल्याएको सकारात्मक वातावरणलाई्र सूचना प्रविधीले थप मलजल गर्नेछ । ग्रामीण वस्तीमा रहेका सामुदायिक विद्यालयहरुमा यस प्रकारको सूचना प्रविधीको पहंुच स्थापित गर्न सकेमा वसाई सराईमा कमी आउने विद्यार्थीको मनोवल वढ्ने र समग्रतामा विद्यालयहरुको स्तर उ_िक्सनेमा विश्वास गर्न सकिन्छ । यस प्रकारको कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न निजी क्षेत्र गैर सरकारी क्षेत्र सवैले राज्य लाई सघाउनु पर्नै हुन्छ । सूचना प्रविधीको विकास वाट विद्यार्थीहरु मात्र प्रतिष्पर्धी हुने नभई नयां ज्ञानहरुले समाजको सकारात्मक रुपान्तरणको समेत अपेक्षा गर्न सकिन्छ । विद्यालयले आफ्नै श्रोत र साधनको प्रयोग गरी यस प्रकारको नयां सूचना प्रविधीलाई अंगाल्ने मानसिकता वनाउन आवश्यक छ भने निजी तथा गैसस हरुको प्रयासलाई समेत पंूजीकृत गर्न सक्ने नीति राज्यले तय गर्न आवश्यक छ । प्रविधीको प्रयोग गर्न सक्ने जनशक्ति अतिरिक्त भार वहन गर्न सक्ने अभिाभावक समय दिन सक्ने विद्यार्थी स्थानीय श्रोत र साधन सरकारी लगानी र नीति सवै पक्षको तत्परतावाट नै यो अभियानले सार्थकता पाउने छ जुन अपरिहार्य भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box