२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

लाचार र विवश बनेका छन् दिवसू


बद्री दाहाल
दिवसको सोझो अर्थ हुन्छ - सूर्यभरको अवधि दिन दिउसो वा दिवा । यसलाई लक्षणामा अथ्र्याउँदा कुनै पनि बिषय वा क्षेत्रमा अभिनव संदेश दिने उज्यालो आभा वा आलोकित ऐतिहासिक तिथि भनेर बुझ्न सकिन्छ । बहुरङ्की नेपाली समाजलाइ रङ्कीचङ्की बनाउने यस्ता दिवसहरुले नेपाली जनताका राजनीतिक साँस्कृतिक आर्थिक धार्मिक स्वास्थ्य र सामाजिक भावभङ्गीलाई जङ्गी रुपमा उतार्छन् । कतिपय दिवसहरु श्र¢ा आस्था आदर प्रेम सद्भावको प्रभावमा दवाव नभै स्वस्फूर्त जनस्तरमा मूर्त छन् भने कतिपय अमूर्त झारा तिराइको कर्मकाण्ड एवं औपचारिकताको उद्घोषमै बेहोस छन् । कैयौं अन्तर्राष्ट्रिय दिवसहरु ढोंग ढर्रा र एडलाई हेड भएर नयाँ क्रेजमा तर मार्ने बकम्फुसे रियाज मात्र भएका छन् । यो धराधाममा घाम जत्तिकै छर्लङ्ग देखिने लोकतन्त्रको ठाउँमा - लुटतन्त्र झूठतन्त्र बुठतन्त्र कूटतन्त्र गूटतन्त्रको विस्कुन लागेको हुँदा लोकतन्त्र कतै अपराधीहश्रको लागी लुकतन्त्र अवसरवादी तागतहरुको लागि झूकतन्त्र फटाहा वाचालको निमित्त धूकतन्त्र एकाध सीधासाधाको लागि मूकतन्त्र बनिरहेको छ । यस्तै अराजकताको बबन्डरमा नेपाली जनताहरु राष्ट्रिय दिवसबाहेक पार्टीगत दिवसलाई पनि क्रान्ति विवस साथ मान्दै आएका छन् । ुदिवसु सत्ताधारीहरुको आश्वासन भ्रम कोरा पण्डित्याइँ र अरु विरु¢को गाली दिवसको रुपमा लाली चढाएर खाली सभामा बेसुर भै बर्बराउने पुरानो कला माच हो । आसेपासे पाटे अल्छी र जोदाहाहरुको चाचल र अमङ्गल जमघटमा भट्याइने बेसुर बाजा जस्तै छ दिवसका ताल नमिलेका धुनहरु ।
प्रजातन्त्र दिवस लोकतन्त्र दिवस गणतन्त्र दिवस जस्ता पुण्य एवं गौरवपूर्ण पर्व आज नेपालमा गर्व बन्न सकिराखेका छैनन् । अन्याय अत्याचार िहंशा अपराध दमनले नेपाली जनतामा वमन गरेर जनतन्त्र दिवसहरुको खिल्ली मजैले उडाएको छ । केही सुरक्षाकर्मी कर्मचारी जमात सत्ताधारी राजनीतिज्ञहरुको जमघटमा तयारी र यान्त्रिक भाषणमा अनाकर्षक आसन दिएर दिवसको गरिमा टल्काईएको देख्दा नेपाली जनता यी अमूर्त अव्यवहारिक र सुगारटाइक दिवसलाई हर्ष उमङ्गसाथ मान्नै धुकचुक गर्छन् । आधा शताब्दिभन्दा अघिदेखि मान्दै आएको प्रजातन्त्र दिवस केही संभ्रान्त वा एलिटवर्गका धन मानर शान चुम्ने प्रहर नै बन्यो भने केही हात्ती छापे - पजेरो प्राडो छापॆ बन्दै गगनचुम्बी महल खडा गरेर शान्ति र संविधान पहल गर्ने ठेकदारमा दरिए । जनतालाई ढोल बनाएर आफ्ना स्वार्थ गोल गर्न कस्सिएका यी दुरुस्त निशाचर नै दिवसका ठेकेदार बन्ने परम्परा ज्यू का त्यूँ छ । लोकतन्त्रलाई - झोकतन्त्र जोकतन्त्र भोकमन्त्र खोकतन्त्र चोकतन्त्र राष्ट्रकोषलाई निजी प्रयोजनमा बोकतन्त्र बनाएको यो लौह राहु मुहुर्तमा मूठ्ठीभरका चुसाहा साहु नै यसका उन्नायक बनिरहून भनेर जनता कान ढाल्न थालेकैले पातलो उपस्थितिमा फागुन ७ गतेको आमसभा भाम बुन्न नसकेको टीठ लाग्दो दृष्य देखियो । ब्यानर प्लेकाड नारा झाँकी पर्चा र वक्तब्यबाजी गरेर सत्ताको बाजी मारी काजी पल्टिने तमासाले नेपाली राजनीति आक्रान्त छ । अनि यस्तै दिवसमा विवश भएर संझौता गरी बुँदाका बुँदा झूट बाचाहरु बाँधेर फुँदा गाँसी आचा खाने ठालू प्रबृत्तिले दिवसको गौरवमा रौरव खडा गरेको गर्यै छन् । साठी-साठी बर्ष प्रजातन्त्र दिवस मनाउँदा पनि प्रजातन्त्रको स्वाद व्यवहार आचारमा देखिन नसक्दा साँच्चै यो प्रजातन्त्र अन्ध ईश्वरवादीहरुको मजातन्त्र जस्तै निराकार निराजन र निर्गुण बन्न पुगेको देखिन्छ । दिवसलाई ढ्वाङ् ढर्रा दम्भ अभिमान बिरालो बाँध्ने लाउके परम्परामै छिराएर टाउकेहरुले आफ्नो बेमान शिरमा पगरी गुत्ने नै तमासा भएको देख्दा राजनीतिक दिवसहरु फिका हलुका र सारहीन बन्न पुगेका छन् ।नेता स्वयम ईमान्दार जागरुक र प्रबु¢ हुन हिचकिचाएको बेला उनीहरुनै जनजागरण अभियानको तमासा बोकेर जिल्ला जिल्ला जाने बडाहाकिमे चरित्र एउटा मजाक मात्रै बनेको छ । पङ्तिकार त के भन्छ भने यहाँ दिवसलाई माध्यम बनाएर जनजागरण अभियान थाल्नु भन्दा ुनेता जागृति आन्दोलनुको शुरुवात गरे हुन्छ । जनता त धेरै जागेका बुझेका र ब्यँूझेका छन् । केवल अगुवा मात्र हगुवा भएर जागरणमाथि धावा बोलिरहेका छन् । कौयौं सपूतहरुको कष्टकर यातना र परमार्थीको बलिदानमा स्वार्थीहरु मचान खडा गरेर हसुर्ने अगस्तीहरु जो बाटो देखाउवा बनेका छन् तिनीहरुमा जागृति आउन जरुरी छ । ूयथा नेता तथा जनाःू भन्ने सूत्रलाई दिवस मनाउन िहंड्ने कुपुत्रहरुले पुत्र भएर बुझ्नु पर्यो । सधै दिवसलाई बाध्य रुपमा मात्र मान्नु पर्ने विवस परिस्थितिलाइ नयाँ रजौटाहरुले बुझेका छैनन् कि बुझ पचाएर यी मुखियाहरु दुनियाँलाई दुखिया बनाईरहेका छन् होसियार दिवस ! विवश वाध्यता र बलमिच्याइँमा अब मनाउन गाह्रो छ ……।ुदिवसु विवश भएर मूर्छा र बाध्यताले गलत कमाण्डरको कमाण्डमा मनाउने शर्मनाक कर्मकाण्ड हैन । प्रजातन्त्र दिवसलाई मजातन्त्र रातमा लोकतन्त्र पर्वलाई खोकतन्त्र र झोकतन्त्रमा गणतन्त्रलाई गाँड र भाँडको अराजकतामा धँकेल्दै संघीयलाई भङ्गीय अर्थात् भताभुङ्गीय पाराले भद्रगोल पुर्याएकै हुँदा दिवसहरु - लाचार वाध्यता विवश रैती हुनुको अर्को अपिशापमा रुपान्तर हुँदैछ ……।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box