२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

सङ्ख्या व्यवस्थापनमा राम्रो योजना बनाऔं

विभिन्न योजनाहरुमा सङ्ख्या व्यवस्थापनका क्षेत्रमा केही उपलब्धि त भएको छ तर विकास तथा वातावरणका अरु पक्षसँग जनसङख््यालाई एकीकरण गर्ने प्रभावकारी प्रकि्रया र संयन्त्र भने तयार हुन सकेको छैन । गैरसरकारी संस्था तथा स्थानीय कार्यालयहरुलाई समन्वित र प्रभावकारी रुपमा परिवार नियोजन सेवा तथा साधनहरु पद्रान गर्ने कार्यमा परिचालन गर्ने र सहभागी बढाउने कार्यमा पनि विभिन्न योजनाहरुमा उपलब्ध अवसरका तुलनामा उल्लेखनीय उपलब्धि हासिल हुन सकेन । जनसङ्ख्या व्यवस्थापन कार्यक्रममा वाह्य स्रोत सहयोग र समन्वयको आवश्यकता पर्छ । लक्षित नीति उद्देश्य र कार्यक्रमहरु गाउँमुखी र ग्रामीण संरचना अनुरुप नहुनाले उपलब्ध साधन र सा्रेतको उपयोग गर्ने क्षमताको कमी हन गएको छ । जनसङ्ख्या नीति कार्यान्वयन गरिदा जनसङ्ख्या सम्बन्धी कार्यक्रमहरु भौतिक संरचनाहरु व्यवस्थित योजनावद्ध र कार्यतालिका अनुरुप नहुदा राम्रोसँग लक्ष्य अनुरुप प्रगति हुन सकेको छैन ।
जनसङ्ख्या नीति कार्यान्वयन गरिदा समय समयमा सुपरीवेक्षण अनुगमन र मूल्यांकन नियमित रुपमा हुन नसक्दा लक्षित कार्यक्रमहरु सफल हुन कठिनाइ भएको छ । जनसङ्ख्या नीति कार्यान्वयन गरिदा साधन र स्रोतहरु पूर्ण रुपमा केन्द्रीकरण हुने भएकाले कार्यक्रमहरुको राम्रोसँग प्रभावकारी रुपमा साचालन हुन सकेन यसको साथसाथै जिल्लाहरुमा अवस्थित स्वास्थ्य संस्थाहरुमा दरबन्दीअनुसार पदपूर्ति हुन नसक्नु जस्ता समस्याहरु पनि देखा पर्न गएको पाइन्छ । जनसङ्ख्या नीतिमा उल्लेख गरिएका कार्यक्रमहरुको कार्यान्वयनमा प्रभावकारिता र प्रतिबद्धताको कमी हुनुले पनि निकै समस्या तथा वाधा देखा परेको बुझिन्छ । विभिन्न योजनाहरु तर्जुमा गर्दा उद्देश्यहरु वास्तविकतामा आधारित नहुनु र उद्देश्यहरु बढी महत्वाकांक्षी भएकाले पनि कार्यक्रमहरुको प्रगति सफलता पूर्वक हासिल हुन सकेन । अब बनाउने योजनाहरुमा यसप्रति बेलैमा ख्याल गर्दा राम्रो योजना बन्ने र कार्यान्वयनमा पनि समस्या नआउने कुरा निर्विवाद छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box