२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

पत्रकारितालाई फर्केर हेर्दा

-राजेन्द्रप्रताप शाह
मैले लामो समयसम्म सकि्रय पत्रकारिता गरें । धादिङ जिल्लालाई नै कार्यक्षेत्र बनाएर पत्रकारिता गरेको पनि डेढ दशक नाघि सक्यो । पत्रकारिताको संलग्नताको कुरा नै गर्ने हो भने ०३९ सालतिर म काठमाडौंबाट निस्किने साप्ताहिक अखबारहरुमा आवद्ध भई सकेको थिएँ ।
मैले हिमालय टाइम्स स्पेश टाइम्स गोरखापत्र र कान्तिपुर दैनिक जस्ता अखबारमा काम गर्ने अवसर पाएँ । घटना विचार साप्ताहिकमा रहँदा रेडियो नेपालको गाउँघर कार्यक्रम साचालन गर्न पुगें । कान्तिपुर टेलिभिजन लगायत नेपालका नाम चलेका कुनै पनि साचारमाध्यममा म प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संलग्न हुन पुगें ।
जिल्लामै बसेर सीताराम वर्मा वाशु तिमल्सीना नवीनबन्धु पहाडी जस्ता साथीहरुसँग मिलेर साप्ताहिक गणेश हिमाल प्रकाशन गर्यौं । द्धन्द्धकालमा दुई वर्ष चलेर सो पत्रिका बन्द हुन पुग्यो । पछि मुरारी अधिकारी सम्पादक रहेको प्रभात किरण साप्ताहिकमा म प्रकाशकको जिम्मेवारी समाल्न पुगें । केही समय यता उक्त पत्रिकाको प्रकाशनको जिम्मेवारीबाट अलि पर बसेर स्तम्भ लेखनमा मात्र कि्रयाशील छु । धादिङ आवाज साप्ताहिकको बेला-बखतका कुरा स्तम्भमा अहिले नियमित लेखिरहेको छु ।
स्तम्भ लेखन मेरो शोखको विषय हो । म जहाँ जान्छु जे देख्छु त्यही विषयवस्तु आफ्नो लेखनीमा उर्ताछु । स्तम्भ लेखनको अतिरिक्त म वृत्तचित्र निर्माण र भाषण तालिम पनि साचालन गर्ने गर्छु । वृत्तचित्र निर्माण र भाषण तालिम साचालन गर्नु मेरो शोख र व्यवस्ााय दुवै हो । मैले लामो समयदेखि भाषण तालिम साचालन गर्दै आएको भएपनि यसलाई व्यवसायीक रुप दिन सकेको थिइन । अहिले म भाषण तालिमलाई व्यवसायीक रुपमा नै अघि बढाउने प्रयास गरिरहेको छु ।
म नेपाल पत्रकार महासंघ धादिङको संस्थापकमध्येको एक हुँ । मैले पत्रकार महासंघको दुई पटक सचिव र दुई पटक सभापतिको जिम्मेवारी समाल्ने अवसर समेत पाएँ । मैलॆ पत्रकारिताको जीवनमा धादिङ उद्योग वाणिज्य संघ जिल्ला खेलकुद विकास समिति धादिङ जिल्ला अदालत बार यशोसियसन र नेपाल प्रेस युनियन लगायतका संस्थाहरुबाट सम्मानित हुने अवसर पाएँ । यसले मलाई जिम्मेवारीको ठूलो बोध गरायो । धादिङ आवाज साप्ताहिकले स्थापना गरेको कि्रयाशील पत्रकारिता पुरस्कार-०६७ प्राप्त गरेपछि ममा कता कता पत्रकारिताको अभिभावकत्व ग्रहण गर्नु पर्ने महसुश गर्न थालेको छु ।
अहिले जस्तो पत्रकारिता गर्न पहिले त्यति सजिलो थिएन । सिसाका एक एक वटा अक्षर टिपेर लेटर प्रेसमा छाप्नु पथ्र्यो । अफसेट प्रेस थिएन । फोटो छाप्न ब्लक नै बनाउनु पथ्र्यो । अहिले जस्तो स्क्यानिङ गरेर फोटो छाप्न त्यति बेला सम्भव थिएन ।
हामी शुरुमा हुलाकबाट समाचार पठाउने गथ्यौं । हुलाकबाट पठाइएको समाचार प्रन्ध्रबीस दिनपछि छापिन्थ्यो । र पनि त्यसको आफ्नै महत्व र ताजापन हुन्थ्यो । पछि हाम्रै आग्रहमा शैलु पुस्तक पसलका प्रोपाइटर अमृत अधिकारीले कुरीयर सेवा साचालन गरे । वर्माजी र म बिहान झिसमिसेमा नै आँखा मिच्दै बीचबजारको शैलु पुस्तक पसल आएर आफैं कुरीयरको रसिद काट्थ्यौं । अनि हामी कुरीयर खामलाई बस मार्फत् काठमाडाँैं पठाउने गथ्यौं । कुरीयरमा पठाइएको समाचार स्ाातआठ दिनपछि प्रकाशित हुन्थ्यो । हुलाकबाट समाचार पठाएर प्रन्ध्रबीस दिनमा छापिदा पनि मख्ख पर्नु पर्ने हाम्रो बाध्यतालाई कुरीयर सेवा एउटा क्रान्ति नै थियो ।
पछि जिल्लामा फ्याक्स सेवा आयो । फ्याक्स सेवा आउँदा पनि टेलिफोन राम्ररी साचालनमा नआएकाले हामीले लामो समय दुःख बेहोर्नु पर्यो । एक डेढ वर्षसम्म त हामीले फ्याक्सबाट समाचार पठाउनको लागि नेपाल टेलिकमको अफिसमा घन्टौैंसम्म लाइनमा बस्न समेत पथ्र्याे । त्यो सम्झदा मलाई अहिले आर्फैलाई अनौठो लाग्ने गर्छ । अहिले फ्याक्सको युग पनि सकिएर इमेल इन्टरनेटको युग आएको छ । मिनेटभरमा विश्वका कुर्नै पनि कुनामा हामी आफ्ना सामग्री इमेल इन्टरनेटबाट पठाउन सक्छौं ।
अहिले मानिसको हातहातमा मोबाइल छ । मोबाइलबाटै मेल गर्न सकिने प्रविधि पनि आइसक्यो । धादिङमा अहिले चारपाँच वटा रेडियो र त्यति नै संख्यामा पत्रपत्रिका प्रकाशन भई रहेका छन् । रेडियो र पत्रपत्रिका खुल्ने क्रमसँगै मिडियामा काम गर्ने साथीहरुको सङ्ख्या पनि ह्रवात्तै बढेको छ । नीलकण्ठ उच्च माविले पत्रकारिताको विषय साचालन गरेपछि पत्रकारिताप्रति झन् विद्यार्थीको आकर्षण बढेको छ ।
मैले पत्रकारिता पढेर होइन काम गर्दा गर्दै सिकेको हुँ । नेपाल प्रेस इ_िन्स्टच्युटले साचालन गरेको दस महिने पत्रकारिता तालिम नै मैले लिएको सबैभन्दा लामो अवधीको तालिम हो । पत्रकारिता नपढे पनि पत्रकारिता सिक्न मैले धेरै पसिना बगाएको छु । अग्रज पत्रकारहरुको घरघर र कार्यालयमा धाएर मैले पत्रकारिता सिकेको हुँ । म शुरुशुरुमा अरुले लेखेको समाचार र फिचर घन्टौंसम्म सारिरहन्थे । बजारमा पाइएका पत्रकारिताका कुनै पुस्तक मैले किन्न बाँकी राखिन होला ।अहिले पनि म नयाँ पुस्तक देखे कि किनी हाल्छु ।
अहिले पत्रकारिता गर्न सजिलो र सिक्ने वातावरण पनि छ । पुस्तक र सामग्री प्रशस्त उपलब्ध छन् । तर पत्रकारितामा आउने नयाँ साथीहरुले अहिले मेहनत गरेको म देख्दिन । अग्रजसँग सिक्ने र साधाना गर्ने परम्परा अहिले हराइ सकेको छ । आफ्नो लेखनी कसरी राम्रो बनाउने भन्ने तर्फ कमैको ध्यान गएको पाइन्छ । पत्रकारिता पढेर आएका साथ्ाीहरुको पनि लेखाई र रेडियोमा कार्यक्रम साचालन गर्ने तौरतरिका देख्दा मलाई कहिले काहिँ दुःख लाग्छ । उनीहरुको लेखनी र कार्यक्रम चलाउने प्रकि्रयामा नत साधाना छ नत अभ्यास । सबै सरकारी कर्मचारी जस्तो ड्युटी पुरा मात्र गरिरहेका प्रकि्रयामा नत साधाना छ नत अभ्यास । सबै सरकारी कर्मचारी जस्तो ड्युटी पुरा मात्र गरिरहेका छन् ।
सिक्ने र सिकाउने कुरामा सरम मान्न हुन्न । पत्रकारितामा लाग्नेहरुले सधैं आफूलाई विद्यार्थी हुँ भन्ने सोच्नुपर्छ । यस क्षेत्रमा शैली र लेखनीमा नयाँ नयाँ ट्रेन आइरहन्छ । त्यसैले कसैले पनि म यति वर्ष काम गरिसकें भनेर घमन्ड गर्न हुन्न । पत्रकारिताको पेसा विस्तारै व्यावसायीकरण तर्फ उन्मुख छ । पत्रकारिता पढ्नेको भविष्य सुन्दर छ ।यो पेसामा लाग्नेले केही न केही लेख्न र बोल्न सक्ने हुन्छन् ।
जिल्लाको मुटुमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले पत्रकारिताको स्नातक तहको पढाई साचालन गर्नु जरुरी भै सकेको छ । क्याम्पस र उच्च माविले मात्र होइन गाउँगाउँमा रहेका माध्यमिक विद्यालयले समेत पत्रकारिताको विषय पढाउनु समयको माग भएको छ ।
मलाई आफ्नो पत्रकारिताको जीवनलाई फर्केर हेर्दा गर्व लाग्छ । लामो समयसम्म आफूले आर्जन गरेकेा अनुभव नयाँ पत्रकार साथ्ाीहरुसँग जत्ति बढि बाँड्न पायो त्यति नै मलाई खुसी लाग्छ ।

साभार ः श्री संस्कृत तथा साधारण उच्च मा।वि। को ५० औं वर्ष स्वर्ण जयन्ती स्मारिका-२०६७ मा प्रकाशीत


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box