२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

हरियाली बढाऔं

अहिले जताततै जनवायु परिवर्तनको असर देखिन थालेको छ । यसको मुख्य कारण हरियाली नष्ट हुँदै जानु हो । रुख विरुवा र वनको महत्व हामी सबैले नबुझेको कुरा होइन त्यसैले त्यस बारे यहाँ केही चर्चा गर्न जरुरी छैन तर वन संरक्षण विकास र हरियाली प्रवद्र्धन कसरी र कस-कसले गर्ने भन्ने कुरा सधैं छलफल र गोष्ठीको विषय बन्दै आएको छ । यस बारे धेरै बहस र विवादमा नगई खेतीपातीले नढाकेका क्षेत्रलाई रुख विरुवा वा कुनै न कुनै प्रकारको हरियालीले कसरी ढाक्ने जसले गर्दा आकाशबाट पर्ने पानीले भिरालो भू-धरातललाई कम भन्दा कम क्षति पुर् याओस् र बढी भन्दा बढी पानी जमिन भित्र छिर्न पाएर भू-गर्भमा पानीको मात्रा बढोस् जसले गर्दा मूलहरुमा पानी घट्न नपाउन् सुकेका मूलहरु फेरि पलाउन् मूल वा खोल्सा वा कुवाहरुमा पानीको मात्रा बढोस् र त्यसले गर्दा हरियाली अझ बढोस् । हरियाली अझ बढ्दा पानी बढी भन्दा बढी जमिन मुनि छिर्न पाएर मूल कुवा वा खोल्सा खोल्सीहरु अझ ठुलो हुन सकुन् जसले गर्दा खानेपानी होस् वा सिाचाइका लागि पानीको पर्याप्तता बढ्न सकोस् । यस कुरालाई ठोस रुपले व्यवहारमा लागू गर्न अहिले गर्दै आएका कार्यक्रमहरुलाई जसरी कार्यान्वयन गर्दै आइएको छ त्यसरी नै गरेर सम्भव छैन । अब त्यसमा समसामयिक परिवर्तन गरेर ठोस उपलब्धीहरु निर्धारण गर्ने र सो उपलब्धी हासिल गर्न घरधुरी देखि वडा र गा।वि।स। तहका लागि ठोस कि्रयाकलाप तयार गरी सो कि्रयाकलापहरु सम्बन्धीत सबै सरोकारवालाहरुले एकीकृत रुपमा कार्यान्वयन गर्ने दिशाबाट अघि बढ्न जरुरी छ । आफ्नो घर खेतवारी र वरीपरीको जग्गा जमिन खाली नराख्न वा त्यहु हरियाली कायम राख्न के के उपायहरु गर्न सकिन्छ सो बारे समूह र टोल अनि वडा र गा।वि।स। तहमा व्यापक छलफल र बहस चलाउने यस्ता बहस छलफल र अन्तरकि्रयाहरुबाट घरधुरीले एउटा समूहले टोलले वडाले र गा।वि।स।ले के के काम गर्न सक्ने हुन सो तयार गर्ने किसान परिवार र स्थानीय तहका समूह सामुदायिक वन गा।वि।स। आदिले गर्न नसक्ने कामका लागि जि।वि।स। जि।व।sा। जिल्ला भू-संरक्षण कार्यालय लगायत सम्बन्धीत गैर-सरकारी संघ संस्थाहरुको सहयोग जुटाउने यी सबै सरोकारवालाहरु मिलेर गर्नु पर्ने मुख्य कामहरु हुन् । अब हामप् यसै तर्फ लागि बृहत हरियाली अभियान साचालन गर्दै जलवायु परिवर्तनले पार्न लागेको नकारात्मक प्रभावबाट सुरक्षित हुने तर्फ लाग्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box