२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

उर्जा।कृषि तथा वातावरण

ग्रामीण कृषि र च्याउ खेती

शम्भू लोहनी ग्रामीण कृषिमा व्यवसायिकता आजको नारा हो भने वैकल्पिक कृषि उपजहरुको खोजी गर्नु आवश्यकता हो । ग्रामीण कृषि अर्थतन्त्रलाई सवल वनाउन र कृषकहरुको जीवनस्तरलाई माथि उकास्न नयां कृषि प्रणालीको साथै नगदोन्मुख कृषि उपजहरुलाई वढावा दिनु जरुरी भैसकेको छ । परंपरागत ढंगवाट चल्दै आएको ग्रामीण कृषि प्रणालीमा परिवर्तन ल्याउन नयां उपायहरु वारे कषक दिर्घामा संचेतना फैलाउन आवश्यक छ । वदिलंदो परिवेश र आफ्नो पेशाको सुनिश्चितताको लागि नयां प्रविधिहरुको अवलम्वन तथा नयां विषयवस्तुप्रति जानीफकार हुन नसके पेशागत निरन्तरतामा ह्रासको अवस्था आउं्रछ । हामी कृषिमा नै निर्भर रहनुपर्ने र कृषिवाट नै आफ्नो जीवनस्तर सुधार गर्ने अभियानमा लागेका वेला नयां व्यवसायिक खेतीतर्फ आकर्षित हुनै पर्छ । व्यवसायिक खेतीवाट स्वरोजगार सृजना मात्र नभई ग्रामीण अर्थतन्त्रमा समेत सुधार आउन सक्छ । व्यवसायिक खेतीमा च्याउ खेती कफी खेती लगाएतका नगदोन्मुख तरकारी खेतीलाई वढावा दिन सक्दा उत्पादन वढ्न सक्छ र उत्पादन संगै यसको वजारीकरण र रोजगारी एवं आयआर्जनवाट कृषकहरुको जीवनस्तरमा सुधार हुन पुग्छ । यस्तै व्यवसायिक खेती मध्ये च्याउ खेतीले आजकल विस्तारै कृषि वजारमा आफ्नो उपस्थिति देखाउन थालेको छ । च्याउ खेती थोरै जग्गामा वा स्थानमा गरिने भित्री कृषि उत्पादन व्यवसाय हो जसको लागि ठुला मात्राको भुमीको आवश्यकता पर्दैन । आम कृषकहरुसंग रहेको थोरै स्थानमा पनि यसको व्यवसाय गर्न सकिन्छ । त्यसै गरी यसवाट प्राप्त हुने पौष्टिकता वढी महत्वपुर्ण सावित भैसकेको छ । यसको उपभोगमा रम्न सक्दा च्याउको स्वाद र सन्तुष्ठीले मासुका स्वादलाई पनि विसा्रउन सक्छ भन्ने भनाई पनि आउन थालेको छ । यस च्याउको मागले ूवाहुनले च्याउ खोओस न स्वाद पाओसू भन्ने उक्ति सान्दर्भिक नै रहेछ भन्ने आभाष भएको छ । च्याउको माग वढ्दै जानु र माग र आपुर्तिको सन्तुलन सुचारु नभएको अवस्था अहिले छ भने यसमा संलग्न कृषकहरु आफ्नो उत्पादनलाई वढाउन प्रयत्नरत छन् । धादिङ जिल्लामा पनि यसको माग अत्याधिक वढ्दै गईरहेको छ भने खोजेकाे चाहेको वेलामा सहज ढंगवाट उपलव्ध हुन सकिरहेको छैन । हरेक घर घरमा च्याउको उत्पादन गरी कमसेकम घरको लागि मात्र भए पनि तरकारीको रुपमा उपभोग गर्न सके कुपोषणवाट सामान्यतयाः वच्न सकिन्छ भने यसको व्यवसायिक खेती गर्न सके मनग्य लाभ पनि लिन सकिन्छ । च्याउ उत्पादक कृषकहरुको उत्पादनले वजार पाईरहेको र कमाई पनि प्रशस्त रहेको देखिन्छ । यस अवस्थामा हामी किन च्याउ खेती नगर्ने तथा आफ्नो कृषि व्यवसायवाट किन आत्म निर्भर हुन नसक्ने भन्ने प्रश्न उव्जिन थालेको छ । वैदेशिक रोजगारी छाडेर आएका व्यक्तिहरु हुन वा परंपरागत कृषि व्यवसायमा आश्रित कृषकहरु हुन जसले यो च्याउ खेतीलाई अवलम्वन गरेका छन उनीहरुले प्रशस्तै कमाई गर्न थालेका छन भने स्वरोजगार हुन सकेका पनि छन् भन्ने प्रकृतिका खवरहरु पत्र पत्रिकामा आईरहनुले पनि हाम्रो ध्यान च्याउ खेती प्रति आकर्षित हुन जरुरी छ । उत्पादन वढ्दै जांदा वजार पनि वढ्ने कमाई पनि वढ्ने जीवनस्तर पनि सुधार हुने र सामान्यतयाःआफ्नो परंपरागत खेतीलाई पनि छाड्नु नपर्नै हंुदा यो व्यवसाय प्रति सवैको आकर्षण वढ्न थालेको छ । विभिन्न्ा प्रकारका च्याउहरुको उत्पादन तथा वजार अलग अलग रहेको भएता पनि हाम्रो हावापानी र जमिनमा संभव हुने प्रकृतिका च्याउको उत्पादन वढाउन प्राविधिक रुपवाट सो सम्वन्धि सीप सिक्न जरुरी भैसकेको छ । कृषि संग सरोकार राख्ने सरकारी एवं गैससहरुको पहलमा यस प्रकारका तालिम तथा सीपहरुको प्रसार हुनु र विउ विजन एवं सो संग सम्वन्धित कच्चा पदार्थहरुको प्रयोग वारे कृषकहरुलाई जानकारी दिनु एवं सो सम्वन्धि संचेतनामा कृषकहरुलाई सहभागी गर्नु पहिलो प्रयास हुनेछ । चाईनिज रातो च्याउको प्रयोगका वनेका मानवीय उपभोग तथा उपयोगका वस्तुहरुको गुणस्तरयुक्त स्वास्थ्यजन्य प्रडक्टहरु डिएक्सन संजालको विस्तारले व्यवसायिक लाभ हांसिल एवं मानवीय स्वास्थ्यवद्र्धक औषधीका रुपमा हाल विश्व वजारमा नै यसको व्यापकता पाईन्छ । हामीले उत्पादन गर्ने च्याउ रातो च्याउ जस्तो उच्च गुणस्तरकोृ हुन नसके पनि केहि हदसम्म त्यसको नजिक त पुग्न सकिएला । च्याउलाई अहिले मासु भन्दा सस्तो र स्वास्थ्यवद्र्धक मानेर धेरैले खान थालेका छन् र यो संख्या दिनुदिन वढीरहेको छ । भोज भतेर पिकनिक तथा आफन्तजन भेटघाटमा च्याउको परिकार वन्न थालेको देखिन्छ । शुरुका वर्षहरुमा अर्थात २०३९ सालमा नेपालमा वार्षिक १२ टन उत्पादन हुने च्याउ हाल यसको उत्पादन वढेर को वार्षिक ८ सय ५० टन उत्पादन हन थालेको सरकारी तथ्याङ्कले देखाउंछ । गोव्रे कन्यापराले सिताके जस्ता प्रकारका च्याउहरु नेपालमा उत्पादन हुन्छन् । सामान्यतयाः गोव्रेकन्या र पराले च्याउहरुको उत्पादन भैरहने हाम्रो मुलुकमा सिताके च्याउको पनि उत्पादन गर्ने तर्फ कृषकहरु आकर्षित भैरहेका देखिन्छन । प्रति किलो रु एक हजार पर्नै सिताके च्याउ अन्य च्याउ भन्दा वढी पोषिलो र महंगो पर्ने एवंं वजार माग प्रशस्त भएकाले यसको उत्पादन वढाउन सके राम्रो आर्थिक उपल्ाव्धी हांसिल गर्न सकिनेछ । नेपालभर मात्र नभई क्यानडाअमेरिकावेलायत जर्मनी लगायतका युरोपेली मुलुकहरुमा सिताके च्याउको अत्याधिक माग रहेको छ । स्वादिलो र पोषिलो मात्र यसको विशेषता नभई क्यान्सर उच्च रक्तचाप ट्युमर हेपाटाईटिस वी को औषधीको रुपमा समेत यसलाई लिने गरिन्छ । एक वर्ष अघिको अनुमानित तथ्याङ्क अनुसार विश्वमा वार्षिक ६१ लाख ६० हजार टन च्याउ उत्पादन हुने गरेको छ भने यसको उत्पादन वार्षिक १२ प्रतिशतले वृद्धि हंुदै गरेको छ । खांदा स्वादिलो भेज नन्भेज सवैले खानेपोषिलो औषधीजन्य वढ्दै गएको वजार र मनग्य आम्दानीवाट स्वरोजगारी समेत सृजना हुने यस च्याउको खेती ग्रामीण क्षेत्रमा विस्तार गर्न सक्दा ग्रामीण कृषकहरुको आय स्तरमा वृद्धि भई जीवनस्तर सुधार हुने देखिन्छ । नेपाल भित्रको वजारलाई मात्र नभई विश्व वजारमा नै नेपाली च्याउ खेतीले प्रवेश पाउन गुणस्तरिय च्याउ उत्पादन प्रशोधन र विक्री वितरण व्यवस्थालाई सुदृढ गर्न सकेमा रोजगारीका अवसरहरु वढाउदै विदेशी मुद्रा समेत आर्जन गरी नेपालको कृषि अर्थतन्त्रलाई थप मजवुत पार्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box