२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

शिक्षा

महत्वाकाङ्क्षा र अन्तरविरोधहरुको सार पालुङटार

बद्री दाहाल दस वर्ष भूमिगत कालमा करिश्माकारी नेतृत्व भनेर देवत्वकरण गरिएका शक्तिशाली नायक प्रचण्डको हुती पालुङटारको छैटौं विस्तारित बैठकमा आइपुग्दा लज्जावती झारझैं लल्याक लुलुक्क परेर खुम्चिन पुगेको छ । दुइ दसकको एकछत्र अधिनायकी नेतृत्व अध्यक्षसत्तामा प्रबुद्व कार्यकर्ता नेता जमातले उपल्लै स्केलको भूकम्प पैदा गरिदिएर आफ्नो दस्तावेज फिर्ता लिई मरेको विरालो बोकेर ठिमी जाने यात्रुझैं प्रचण्ड राजधानी भित्रिएका छन् । पाँचौ विस्तारित बैठकसम्म वाग्घरि प्रचण्डले आवश्यकताअनुसार वैद्य र भट्टराईलाई उपयोग गरी आफ्नो वैयक्तिक प्राधिकारलाई पार्टी नेतृत्वमा ढसमस्स पार्न सफल श्रृङखलाको कडी नराम्ररी चुँडिएर छैटौं विस्तारित बैठकले उनलाई िकंकर्तव्य विमूढ बनाएको एहसास भैरहेको छ यतिखेर । सात-सात दिनसम्मको सातहजार अगुवा कार्यकर्तामाझ भएको त्यत्रो अन्तकिर््रया र विचार विमर्श उनको लागि प्रत्युत्पादक बन्न पुगेको छ । ठोस कार्यनीति र रणनीति प्रकि्रन नसकेको यो विस्तारित बैठक प्रचण्ड र उनका किचेनक्याविनेटलाई हात्ती आयो हात्ती आयो फुस्सा सावित भएको छ । ून क्रान्ति न त शान्तिू को स्थितिले आम कार्यकर्ता पङति उदासीन बन्न पुगेको छ भने ०६२÷०६३ को आन्दोलनका सहयोद्धा दलहरु पनि माओवादीप्रति थप आशङ्कित हुन थालेका छन् । अर्कोतिर सैन्यदस्ताका लडाकूहरुलाई प्रतिनिधिको जामा भिराएर प्रचण्डले नितान्त आफ्नो पक्ष मजवूत बनाउने कसरतलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तागतहरुले राम्रैसित पर्यवेक्षण गरेका छन् । उपप्रधानमन्त्री विजयकुमार ग्ाच्छेदार र रक्षामन्त्री विद्या भण्डारीले त अब सहभागी लडाकूहरुको तलब भत्ता रोक्ने समेत भनेर माओवादीको राजनीतिक बालखिल्लेपन वा हेपाहाप्रवृत्तिमाथि चोटिलो प्रहार गरेका छन् । हुन त बैठक समापनमा एकताबद्व भएर जाने कुरामा तीनै नेता प्रणबद्व भए पनि आ-आफ्ना प्रस्तावहरुलाई समाहित गर्ने अन्तद्र्वन्द्व भने चरम रुपमा रिङिरहेको छ । मूलतः तत्काल कार्यकर्ताहरु र शुभेच्छुकहरुलाई धैर्य दिन टालटुले उपचार सङ्क्रमणकालीन कार्यनीति र रणनीति देखाउने दाँत मात्र बनाएका हुन् । यत्रो वर्ष हाइकमान संहालेका वाचाल प्रचण्ड तेजविहीन बनेर आफ्नो प्रस्ताव चुच्चे ढुङ्गो उही टुङ्गो बनी फिर्ता हँुदा उनको महत्वाकाङ्क्षी मानसिकतामा गम्भीर चोट लागेको हुनुपर्छ । यतिखेर राजनीतिसित गहिरो सरोकार राख्ने पण्डितहरु पालुङ टारको विस्तारित बैठक कतै भावी समयमा पार्टी विभाजन गर्न शक्ति साचयको अभ्यास थलो त बनेको होइन भन्ने लख काट्न थालेका छन् । अध्यक्षको अप्रत्यक्ष हाइकमान रहेको स्वयं माओवादी लडाकाहरुबाट सत्तालिप्साको प्यास मेट्न वार्गेनिङको साधन हामीलाई नबनाइयोस् भन्ने कडा प्रतिवाद अध्यक्षको नेतृत्व तागतलाई चुनौती नै हो । बैठकमा उठेका मुद्दाहरुमध्ये आर्थिक पक्षले चर्को बजार लियो । सहयोद्वा कमरेड भट्टराईले सभासद् खरिद विक्रीमा अध्यक्ष आफै सकि्रय भएको वास्तविकता उद्घाटन गरिदिए भने अर्का उपाध्यक्ष वैद्यले अध्यक्षले आफ्नो पक्षमा पार्न कार्यकर्ता खरिदका लागि करोडौं खर्च गरेको भनेर आर्थिक भ्रष्टतालाई नाङ्गो बनाउने स्थिति सिर्जिए । केही साचार माध्यममा आएका खबर अनुसार ूविस्तारित बैठक चलिरहँदा ठाँटी पोखरीमा ४० हजारसम्म दैनिक रक्सीको खपत भएको बैठक स्थलमा मदिरा प्रतिबन्धित भए पनि सो भन्दा २ कि।मि। टाढाका होटलहरु साँझमा खचाखच हुन्थे । ू यो भनाइबाट माओवादीको लौह अनु्शासन प्लास्टिकमा रुपान्तर भएको र सर्वहारा चरित्र सर्वमारा सामन्तमा अनुवाद भएको पुष्टि हुन्छ । अन्ततः पालुङटारमा आ-आफ्नो प्रतिवेदन पढ्दा उपाध्यक्ष द्वयले गाएका गीत मध्ये वैद्य महोदयको गीतले पालुङ्टारे भेलाको फोटोग्राफी राम्रैसित उतारिदिएको छ । बैठकले पार्टीको आगामी रणनीति एवं कार्यनिती चुनवाङ बैठकदेखिको हालसम्मको पार्टी कि्रयाकलापको समीक्षा आर्थिक पारदर्शिता प्रधानअन्तर्विरोध र प्रत्ािस्पर्धी शक्तिको पहिचान अनि दुस्मनको किटानी शान्ति र संविधानबारे सबभन्दा ठूलो दल भएको नाताले खेल्नु पर्ने भूमिका जस्ता ज्वलन्त पक्षहरुलाई ठोस रुपमा मूत्र्याएर मूल नीति प्रतिपादन गर्न नसक्नुमा एकीकृत माओवादी पावर्टीभित्र गहििरंदै गएको अन्तसङ्घर्ष नै हुन् । त्रिकोणात्मक दस्तावेजको टकरावलाई लगत्तै बस्ने केन्द्रीय समितिले पनि पार लाउन नसक्ने स्थिति देखापरेको छ । वैयक्तिक हठ र टकरावका कारण अब माओवादी पार्टी माझिन महाधिवेशन बाहेक अर्को उपचारकेन्द्र छैन । अध्यक्षको दस्तावेजलाइ उपाध्यक्ष बाबुराम भट्टराईले मीठो तरकारीमा गोवर मिसाएको सित तुलना गरेर चर्को परिहास थप्नु भएको छ भने अर्का उपाध्यक्ष वैद्यले - हाम्रा अध्यक्षले कूटनीति र चालबाजी अरु पार्टीसित गर्नु हुन्थ्यो तर हामी भित्रै कूटनीति गर्नु भयो । त्यो बेठीक हो ू यी भनाइहरुमा प्रचण्डको बैचारिक चिन्तनको धरातल खस्किएको र आफ्नै सहयोद्वा साथीहरुमा राम राम ! बगलीमा छुरा देखाउने अविश्वासीपन बढेको स्पष्टिन्छ । पालुङटारमा अव्यवस्थित आवास भोजन र अन्य पक्षमा देखिएको असमानता हेर्दा त्यहींबाट वर्गसङ्घर्षको शुरुवात गर्न पर्ने देखियो भनेर कतिपय सिद्धान्तनिष्ठ कार्यकर्ता आक्रोश वोकल्थे भने बोसै बोसोले भरिएको रवाफिलो सम्भ्रान्त नेतृत्व देख्दा अतीतका भूमिगत प्रवचन फिक्का भएकोमा कयौं इमान्दार काम्रेड भावुक बनेर उत्तेजित पनि हुन्थे । यसैले पालुङटारलाई महत्वाकांक्षा र अन्तरविरोधहरुको सार पनि भन्न सकिन्छ । नेपालमा एकिकृत माओवादी तागत लोकतान्त्रिक मूल्य मान्यतामा स्थापित हुन अझ धेरै जडसूत्रवादी झर्रा कमिष्ट धारणाहरुलाई परिष्कार गर्नै पर्छ । कलेक्टिभ लिडरसिपको विकास गरेर फौजी चिन्तनलाई सफा गर्देै नागरिक चिन्तनमा अनुदित हुनसक्नु पर्छ । पार्टी हाइकमानको एकाधिकारमा विवाद बोल्न पाउनु पर्छ । माक्स्रवादकै शव्दमा वादप्रतिवाद=समन्वयवाद अर्थात् संश्लेषण हो । नेपालको सन्दर्भमा यतिखेर माओवादी जडसूत्रवादी क्रान्तिको रटान लाउनुभन्दा शान्तिलाई निष्कर्षमा पुर् याएर उपयुक्त लोकतान्त्रिक संविधान बनाई सवै विचार सिद्धान्त र धारालाई आ-आफ्नो चिन्तन फल्न फुल्न दिने विशाल मैदान तयार गर्नुपर्छ । म मात्र हाइकमानमा रहनुपर्छ भन्ने पुरानो अधिनायकी सोचविरुद्ध क्रान्ति हुनै पर्छ । आखिर माओले पनि विवस भएर समयको धारालाई बुझ्दै भने ूसयौं फुल फुल्न देऊ । ू प्रचण्ड लगायतका शीर्ष नेतागणले सम्राट् बन्ने कुस्वप्ना देख्न हुन्न । लोकतन्त्र भनेकै सत्ता र शक्तिको विकेन्द्रीकरण र हस्तान्त्रण हो भन्ने यथार्थलाई आत्मसात गर्नैपर्छ । पालुङटारले त्रुटि र विराम गर्ने अगुवालाई पुनः सुधि्रने अवसर दिएको छ यसलाई नेतृत्वगण खेलाँची नसोच ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box