२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

उर्जा।कृषि तथा वातावरण

कार्वन व्यापार र विकास

शम्भू लोहनी हाम्रो जस्तो विकासोन्मुख मुलुकले विश्वका औद्योगिक एवं आथ्ार्िक रुपले सम्पन्न मुलुकहरुसंग तर्कसंगत ढंगवाट प्राकृतिक श्रोतमाथि अधिकार प्राप्त गर्ने विषयको रुपमा कार्वन व्यापारलाई लिन सकिन्छ । मुलुकले उत्पादन गरी निकासी गर्ने वस्तु तथा सेवाहरुको साथमा यस प्रकृतिको व्यापारले अन्तराष्ट्रिय प्राथमिकता हासिल गरेको छ । हरितगृह ग्यास उत्सर्जन गरी वातावरणलाई कार्वनमय वनाउन विकासको नाममा उद्यत घोषित विकसित मुलुकहरुको सेप वा छांयामा पर्दाको समस्यावाट गुजि्ररहेको हाम्रो जस्तो मुलुकले यस अभियानमा वस्तुगत यथार्थ र तथ्याङ्किय ढंगवाट अघि वढ्नु आवश्यक छ । जैविक वस्तुहरु जस्तै काठ दाउराकोईलातेल जस्ता वस्तुहरुमा रहेको कार्वनलाई औद्योगिक एवं अन्य प्रयोजनले वाल्दा उत्पन्न हुने धंुवावाट कार्वन उत्पादन हुन्छ जस्ालाई हामी हरित ग्यास उत्सर्जन भन्ने गर्दछौं । कार्वन व्यापार सामान्यतः वस्तु सेवा वा शेयर व्यापार जस्तै भएतापनि यसको आर्थिक मुल्य वढी नै हुन्छ । यसको व्यापार पनि व्यक्तिकम्पनी वा देश सवैले कारोवार गर्न सक्दछन् । जुन मुलुकले कार्वन खरीद गर्छ त्यसैलाई त्यसको वाल्ने अधिकार पनि रहन्छ । जसले कार्वन वेच्छ उसले खरीद गर्नेलाई वाल्ने अधिकार प्रदान गर्दछ । कार्वन सवै मुलुक संग हुन्छ जसले वढी भंडारण गर्न सक्छ त्यसले वढी खपत गर्नेसंग मुल्य लिन पाउंछ । मानौं संगै जोडिएको दुई घरमा एक एक भारी चिसो दाउरा छ जसले वाल्यो उसले त्याहां धंुवा फैल्यायो र अर्काैलाई असर गर्यो जसले असर खेप्यो उसलाई वाल्नेले पैसा दिनुपर्छ यो नै अहिलेको सर्वाधिक चासोको रुपमा रहेको कार्वन व्यापारलाई वुझ्न सकिनेसानो उदाहरण हुन सक्छ । औद्योगिक राष्ट्रहरुले वढी कार्वनयुक्त ईन्धनहरुको खपतगरेर विकास गरिरहेका छन भने कम विकसित मुलुकहरुले उत्सर्जित कार्वनवाट जोखिम उठाईरहेका छन् । कार्वन व्यापारलाई लिएर भएको क्योटो प्रोटोकललाई संस्थागत उपलव्धी मान्न सकिन्छ । जापानकोृ शहर क्योटोमा विश्वका करिव १८० मुलुकहरुको सहभागितामा सन् १९९७ को डिसेम्वरमा हस्ताक्षर गरेको प्रोटोकल अनुसार विश्वका ३८ औद्योगिक मुलुकहरुलाई हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन र १९९० को अवस्थामा अर्थात ५।२ प्रतिशतमा झार्नुपर्ने सहमति भएको थियो । वास्तवमा कार्वन व्यापार सवै पक्षको जित -जितको अवस्थासंग मिल्दो जुल्दो पनि छ । यसमा कार्वन उत्सर्जन गर्ने मुलुकहरुको औद्योगिक विकास भैरहेको देखिन्छ भने कार्वन भंडारण गर्ने कम विकसित मुलुकहरुको आर्थिक क्षमता वृद्धि हंदै जान्छ । तथापी यो कहिले सम्म र यसले वातावरणलाई कहिले सम्म थेग्न सक्छ भन्ने प्रश्न महत्वपूर्ण हुन जान्छ । एउटाले धंुवा फ्यांकिरहने वा कार्वन उत्सर्जन गरिरहने र अर्काैले पैसा थापीरहने प्रतिष्पर्धात्मक खेलमा वायुमण्डलीय वातावरण कस्तो हंदै जाने भन्ने आम सरोकारको विषय हो । पक्कै पनि यसले वातावरणलाई प्रतिकुल वनाउंछ र यसैवाट सृजित जलवायु परिवर्तनको कारणले थुप्रै जनधनको क्षति एवं पर्यावरणिय सन्तुलन विग्रन पुग्नेमा विवाद छैन । यसको सकारात्मक सन्तुलनको लागि आर्थिक समृद्धि समानता र पर्यावरणिय सरोकार लाई पृष्ठभूमीमा राखेर गरिने सम्झौता उपयोगी हुनेछ । जलवायु परिवतृन र कार्वन व्यापार जस्ता विषयहरुको वहसमा कार्वन उत्सर्जनमा कमी ल्याउने र वचत भएको कार्वनवाट आर्थिक उपार्जन गर्नै विषयमा नेपालले क्योटो प्रोटोकलको आधारमा विश्व वैक संग सम्झौता पनि गरिसकेको छ । जस अनुसार नेपालले वायोग्यास उत्पादन र यसको उपयोगवाट कार्वनको मात्रालाई उत्सर्जन हुनवाट जोगाई संचित गर्न सकेकोमा सि।डि।एम।वाट झण्डै ने।रु।४३।४ मिलिनियम अर्थात यू।एस।डलर ९६७०००।- प्राप्त गर्ने भएको छ । यसरी नेपाल वायोग्यास प्रोजेक्ट सि।डि।एम।अन्तर्गत कार्वन व्यापारवाट आम्दानी गर्ने नेपालको पहिलो कम्पनी भएको छ । वर्तमान अवस्थामा कार्वन उत्सर्जनका कारणवाट वातावरणमा पर्न गएको र जाने असर प्रति संचेतना कार्यक्रमको विस्तार हुनु जरुरी छ । व्यक्ति कम्पनी र समग्रमा मुलुकले वढी भन्दा वढी कार्वन उत्सर्जनका कमी ल्याउने प्रविधिको प्रयोगमा ध्यान दिनु आवश्यक भएको छ । विश्व व्यापी रुपमा पर्यावरणिय असन्तुलन र हरितगृह ग्यास उत्सर्जनको प्रभावले सम्पूर्ण विकासका क्षेत्रहरुलाई प्रभावित पारेका देखिन्छ । यस प्रकारको ग्यास उत्सर्जन हुन वाट कमी ल्याउन र उत्सर्जन गर्ने मुलुकले कार्वन उत्सर्जनमा कमी ल्याउने प्रविधिको विकास र विस्तारको लागि थुप्रै रकम खर्च गर्न थालेका छन् । यसैको उदाहरण स्वरुप नेपाल सरकारले मुलुकका गोवर ग्यास लघु जल विद्युत परियोजना सुधारिएको घट्ट जस्ता कार्वन संचित गर्ने आयोजनाहरुलाई विश्व वैंक लगायतका दातृ निकायहरुकॊ सहयोगमा अनुदान उपलव्ध गराउंदै आएका छन् । अन्तराष्ट्रिय वजारमा एक टन कार्वनको मुल्य पांच देखि दश डलर सम्म पर्ने गरेको देखिन्छ । यसको मतलव यदि हामीले हाम्रो मुलुकमा धंुवा उत्पादन हुने जैविक वस्तुहरुको प्रयोगमा कमी ल्याउन सक्यौं वा त्यसको प्रतिस्थापनमा अन्य प्रविधिको विकास गर्न सक्योैं भने निश्चय नै वातावरण संरक्षणमा हाम्रो भूमिका उल्लेख्य हुनेछ र मनग्य रुपमा मुलुकले आर्थिाक उपार्जन पनि गर्न सक्नेछ । प्राकृतिक स्रोतको उपयोग र व्वस्थापनवाट नै मुलुकको आर्थिक विकास हुन्छ भन्ने भनाईमा स्रोतको विनासलाई छाडेर उपयोग तर्फमात्र हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ । नेपाल सरकारले पनि दाउराको प्रयोगलाई घटाउन गोवर ग्यासमट्टीतेलको खपतलाई न्यूनिकरण गर्न जल विद्युतडिजेल अन्यको खपतलाई घटाउन सुधारिएको घट्ट जस्ता परियोजनाहरुको निर्माणलाई अनुदान उपलव्ध गरी प्रोत्साहित गरेको पाईन्छ । सजिवन खेती जाट्रोफा खेतीलाई प्राथमिकता दिई ईन्धन उत्पादनलाई ध्यान दिएको पाईन्छ । यसरी पर्यावरणिय सन्तुलन तर्फ सचेत भई कार्वन उत्सर्जनमा कमी ल्याउने कार्य र सोही प्रकृतिका प्रविधि तर्फ अग्रसर भई प्रतिवद्धताका साथ अधि वढ्न सकेमा हामी पनि विश्व मानचित्रमा नेपाललाई उत्कृष्ठ कार्वन भंडारण गर्ने मुलुकको रुपमा चित्रित गर्न सक्छौं भने कार्वन व्यापारवाट प्राप्त हुने मनग्य रकमलाई विकासका विभिन्न क्षेत्रहरुमा वितरण गरी समृद्ध नेपाल वनाउन सफल हुनेछौंहाम्रो कार्वन व्यापार प्रतिको लगाव र प्रयत्न सफल र दिगो हुनेछ । । कजबुदजगयिजबलष्२थबजयय।अयु
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box