२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

बन्ने हो त पत्रकार

केशव दुवाडी ूतिमीहरु पत्रकारलाई त मस्ती छ नि भए नभएको कुरा लेखिदियो पैसा कपायो ।ू ू अब त म पनि पत्रकारिता गर्छु दाम पनि काम पनि मान पनि सबैले बोलाउँछन् जहा पनि जान पाइन्छ ।ू ूमन परे साह्रै राम्रो भनेर छापि दियो मन नपरे तथा नाम आरोप लगायो यो पत्रकारहरु विश्वास गर्न लायक मानिसहरु होइनन् ू हिजो आज यसरी पत्रकारहरुलाई टिका टिप्पणी र खिसिट्युरी गर्नेहरु धेरै पाइन्छ । यसो हेर्दा कुराहरु ठीकै पनि होकि जस्तो लाग्छ । सतहमा रमाउने पत्रिकाको शीर्षकहेरेर आफ्नो धारणा बनाउनेहरुका लागि यो कुरा ठीकै होला । सबै उस्तै हुन् भन्ने सोच राख्ने आमबादीहरु यस्तै टिका टिप्पणी गरेर आत्मतुष्टि लिन्छन् । किनकि जसको जति बुद्धि हुन्छ त्यसले त्यति मात्र सोच्न सक्छ । तर सत्य तथ्य कुराहरुलाई उजागर गरेर समाज प्रति उत्तरदायी हुने निष्ठाबान प्रत्रकारहरु ती भनाइलाई ूकाग कराउँदै गर्छ पीना सुक्दै गर्छू भन्दै रतिभर नडगी आफ्नो बाटोमा लागि रहन्छन् । हाम्रो जस्तो देशमा पत्रकारिता गरेर छाक टार्ने अवस्था आउन अझै केही समय पर्खन पर्छ । जोखिम पनि मोल्नु पर्ने आर्जन पनि नहुने यो पेशा अगाल्दा भोक भोकै बस्नु पर्ने अवस्था पनि आउन सक्छ । अझै मोफसलमा बसेर केन्द्रका साचारका साधनहरुमा रिपोर्टिङ्ग गर्दा समाचार संकलन गरेको खर्च नै उठ्दैन । केन्द्रीय समाचारहरुको कारण स्थान पाउन गारो हुने कुरा त छदै छ । केन्द्रीय स्तरको कार्यक्रम जिल्लामा हुँदा केन्द्रकै प्रतिनिधिहरु आउने र उनीहरुले नै समाचार लेख्ने कुरा पनि स्थानीय पत्रकारहरुका लागि अर्को नमिठो भोगाइ हो । पाचायत कालीन पत्रकारिता एउटा मिसन पत्रकारिता थियो अभिव्यक्ति स्वतन्त्रताका लागि गरिएको आन्दोलन थियो । त्यसताका काम गर्ने पत्रकारहरु पद पैसा र प्रतिष्ठा आर्जनका लागि होइन लोकतन्त्रप्राप्तिका लागि पत्रकारिता गर्दथे । यस पङ्क्तिकारलाई भूमिगतकालमा कसरी पत्रकारिता गरिन्थ्यो भन्ने कुराको राम्रो ज्ञान र अनुभव छ । विक्रम सम्बत २०४४ सालमा यो पङ्क्तिकार सुनकोशी छापाखानामा मेसिन हेल्परको रुपमा काम गर्दथ्यो । अहिले कान्पिुरका फोटो पत्रकार शालिग्राम तिवारी मेशिन अपरेटर थिए । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशीलराज प्याकुरेल छापा खाना साचालक थिए । थाइ एयर दुर्घटनामा परेर ज्यान गुमाउने इन्सेकका सँस्थापक प्रकाश कोइराला प्रकाश साप्ताहिक नामक प्रत्रिकाका सम्पादक थिए भने तात्कालीन राष्ट्रिय पाचायतमा जनपक्षीय प्रतिनिधीको रुपमा निर्वाचित सदस्य जागृतप्रसाद भेटवाल प्रकाशक थिए । अहिले उज्यालो एफएम का साचालक गोपाल गुरागाई पूर्व सांसद नारायण ढकाल अहिले कान्पिुरका स्तम्भकार विमल निभाहरु देब्रेकुना नामक चर्चित स्तभमा नियमित लेख्ने लेखकहरु थिए । हाल नवयुग सहकारी प्रेसका प्रमुख भीमसेन राजबाहक कप्मोजिटर थिए । त्यो बेला आजको जस्तो कम्प्युटरमा टाइप गर्ने अफसेट प्रेसमा छाप्ने इमेल इन्टरनेट केही पनि थिएन । लेटर प्रेस थियो । यौटा समाचार कम्पोज गर्न घन्टौँ समय लाग्दथ्यो । पाचायत विरोधी कुरा छकि छैन भनेर पत्रिका छापिनु भन्दा पहिला शब्द शब्द केलाएर हेर्ने अाचलाधीश कार्यलयका मानिसहरु हुन्थे जसले पत्रिकाको सेन्सर गर्दथे । सन् १९८७ को नोवेम्बर २ देखि ४ गते सम्म िवं श। २०४४ सालको कार्तिक नेपालमा तेश्रो सार्क शिखर सम्मेलन आयोजन गरिएको थियो । विदेशी राष्ट्रप्रमुखहरुको जमघट हुने भएकोले काठमाण्डौको सडक बढाउने सफा गर्ने र विदेशी पाहुना हिड्ने सडकमा बत्ती राख्ने आदि कार्यहरु तिब्र रुपमा भैरहेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि होटल सोल्टी सम्मको सडकमा नया बत्ती जडान गरिएको थियो । जसलाई हाल सम्म पनि ूसार्क लाइटू भनेर चिनिन्छ । वास्तव मै त्यो ठूलो ताम झामका साथ तयारी भैरहेको थियो । त्यसैलाई व्यंग्य गर्दै प्रकाश साप्ताहिकको देब्रेकुना भन्ने स्तम्भमा नारायण ढकालले ूसार्क यज्ञ र काठे बुढाू भन्ने शीर्षकमा पाचायती शासकहरुले विदेशीलाई देखाउन गरेको विकासको ढोँगलाई नांगेझार पारेका थिए । सो सामाग्री प्रकाशित गरेकोमा प्रकाशक जागृत प्रसाद भेटवाल सम्पादक प्रकाश काफले र लेखक नारायण ढकालले मुद्दा खेप्नु परेको थियो भने पत्रिकाको दर्ता नै खारेज भएको थियो । त्यती हुँदा पनि मिसन पत्रकारितामा होमिएका जुझारु पत्रकारहरु विचलित नभई आइतबार निस्किरहेको दृष्टि साप्ताहिकलाई मिसनकै रुपमा अगाडि बढाउने गरी प्रकाशक सम्भु श्रेष्ठ र सम्पादक रघुजी पन्तको नेतृत्वमा अगाडि बढाइएको थियो । यो त यौटा दृष्टान्त मात्र हो यस्ता कैयो आरोह अबरोह पार गरेर नेपालको पत्रकारिता विकास भएको छ । हक्कर देखि मेसिनहेल्पर राष्ट्रिय साप्ताहिक तथा दैनिकमा सम्बाद दाता विशेष सम्बाददाता हुदै डेस्क उपसम्पादक र सम्पादक सम्म गरी पत्रकारिता क्षेत्रमा यो पँक्तिकारले २४ बर्ष बिताएको छ । पाचायतीकालमा भएका नमिता सुनिता हत्याकाण्ड तात्कालीन प्रहरी महानिरीक्षक डी बी लामा र शाही शेनाका कर्णेल भरत गुरुङ को तस्करी काण्ड भक्तपुरका कर्ण हेजु हत्याकाण्ड राजबन्दी रिहाई २०४६ को जनआन्दोलन २०४८ २०५१ र २०५६ को आम निर्वाचन २०५० सालको दासढुङ्गाकाण्ड तात्कालीन शाही नेपाल बायु सेवा निगमको लाउडा धमिजाचाइना साउथवेष्ट भ्रष्टाचार काण्ड राजदरबार हत्याकाण्ड ज्ञानेन्द्रको प्रतिगमन काण्ड माओबादीको १० बर्षे सशस्त्र आन्दोलन जन अदालत जनकारबाही २०६२÷६३को दोश्रो जन आन्दोलन र सम्विधान सभा सबै घटनाका सम्बन्धमा समाचार सम्प्रेषण गर्ने क्रममा थुप्रै श्रमसीप र समय खर्च गरियो । तर आफ्नो समाचारले स्थानपाएको दंग हुने भन्दा बाहेक जीविकोपार्जनमा खासै टेवा पुर् याएको अनुभव गर्न अझसम्म पाइएको छैन । जसको लागि अर्को बैकल्पिक पेशा व्यवसाय गर्न परिरहेको छ । जसले बैकल्पिक पेशा गर्ने क्षमता राख्छ र पत्रकारितालाई शोखको रुपमा लिन्छ त्यो व्यक्तिले मोफसलमा अहिले पनि निरन्तर पत्रकारिता गरिरहेको छ अरु भने कति आए कति गए हिसाब किताब गर्नै पर्छ । त्यसोत पत्रकारितामा लागेका मानिसहरु सबै अब्बल दर्जाका छन् पैसा नभएर कंगाल भएका छन् सबै पढेलेखेका विद्वान मात्र छन्निष्ठावान इमान्दार छन् भन्ने कुरा पनि पक्कै होइन । बेला बेलामा पत्रकारहरुले आफ्नो सबारीमा इन्धन हाल्न अनुरोध दबाब र धम्की दिएको ब्ल्याक मेलिङ गरेको अन्टसन्ट कुरा लेखेर भ्रम छरेको भन्ने गुनासाहरु पनि आइ रहेका छन् । त्यो कुराले निष्ठावान पत्रकारहरुलाई समेत बदनाम गराइरहेको छ । त्यसलाई पर्दाफास गर्दै कारबाही गर्नु पर्छ । खास गरी पत्रकार महासंघ प्रेस काउनसिल जस्ता सँस्थाले यसतर्फ विशेष ध्यान दिनु पर्ने देखिन्छ भने आम पाठकको सहयोग त महत्वपूर्ण छँदैछ । अर्को कुरा मोफसलमा बसेर रिर्पोटिङ गर्ने पत्रकारहरुलाई सबै साचारका माध्यमले तलब दिएर राख्ने भन्दा पनि समाचार प्रकाशनको आधारमा खर्च दिने हुनाले अलि बढी योग्यता भएको अध्ययनशील मानिसहरु त्यति खर्चमा काम गर्न रुचाउँदैनन् । रुचाए पनि उनीहरुको अरु पेशा हुन्छ र रिपोर्टिङलाई बढी ध्यान दिन पाउँदैनन् । लेखन अध्ययन र परिश्रमले नै पत्रकारको सीप खारिने हुनाले यस तर्फ सबैको ध्यान जान जरुरी छ । सुनेको भरमा आधिकारिकता सत्य र प्रमाणिकता बिना समाचार लेख्ने आग्रह पुर्वाग्रह साध्न समाचारलाई माध्यम बनाउने मानिसहरुका लागि पत्रकारिता क्षणिक फाइदा जनक र अर्थोपार्जनको साधन हुन सक्ला तर कालान्तरमा पाठक श्रोताले त्यो कुरा थाहा पाउँछन् र आर्जित इज्जत पनि स्वाहा हुन्छ । त्यसैले अरु पेशा जस्तै पत्रकारिता पनि त्यति सजिलो छैन । चुनौतीहरु वाधा व्यवधानहरु अनगिन्ती छन् । अरुले गरेको देख्दा सजिलो जस्तो लागे पनि गर्दा निकै कठीन छ तर गर्दा नसकिने चाहि होइन ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box