२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

मनोरञ्जन

बादी जातीको पुख्यौली पेसा जोगाउन कठिन

केशव नेपाली धादिङे । बढ्दो आधुनिकतासँगै बजारमा वाद्यवादन मादल बिक्री हुन छोडेपछि बादी जातिलाई पुख्यौली पेसा जोगाईराख्न कढिन भएको छ । अहिलेको नयाँ पुस्ताका युवा युवतीहरुले मादलको सट्टामा गितार ड्रमसेट लगाएतकाका मनोरन्ाजनका वाद्यवादन साधनमा आकर्षित भएपछि वर्षाैदेखि मादल व्यवसाय गर्दै आएका वादीहरुलाई जीविकोपार्जन गर्न समस्या हुन थालेको छ । तिहारमा लगाउने भैलोदेउसी र मंसिर महिनामा विवाहाको समयमा मादलको माग बढी हुने गरेपनि दुई÷तिन वर्षयता देखि बिकि्रमा कम हुदे आएको बादीहरु बताउछन् । गाउँशहरमा लगाउने मेला पर्वमा गितार ड्रमसेट र चक्का डान्स प्रति नयाँ पुस्ता आकर्षित हुन थालेपछि मादल प्राथामिकतामा पर्न छोडेको हो । ग्रामिण क्षेत्रको कुनै शुभकार्यामा नाचगान गर्दा मादल बज्ने गथ्र्याे भने हिजोआज अन्य आधुनीक बाजा लगाएत चक्का डान्स गर्ने प्रचलन बढेपछि कमै मात्रामा मादल बज्ने गरेको मादल बनाउने पेशामा लागेका राजुकुमार बादीले बताउनु भयो । मादल बजाउन झन्झटिलो हुनुको साथै मादल पप आधुनिक गीतमा बजाउन नमिल्ने र युवाको चाहान बिपरितको वाद्यवादनमा पर्न थालेपछि यसको परम्परागत बजार अझै खुम्चिदै गएको हो । मादल बिक्री हुने मौषम दसैतिहार र मंिुसर महिनपनि मादल खरिद गर्न उपभोक्ताहरु नआएपछि बादी जातीहरु आफ्नो पेसा संकटमा पर्न थालेकाले चिन्तित भएका छन् । ७ वर्षदेखि धादिङबेशीमा मादल निर्माण गरी व्यावसाय गरेर राम्रो आम्दानी गरी ५ जनाको परिवार पाल्दै आएका जलमजुङ ४ दुई पिप्लेका बिष्णुकुमार बादी अव यो पेसाले थेग्न नसक्ने बताउनु हुन्छ । तिन÷चार वर्ष पहिला वार्षिक ५ लाख रुपौयाँसम्म आम्दानी हुने गरेकोमा समय परिवर्तन सँगै मादल बिक्रीपनि क्रमशः घट्दै यो वर्षमा ५० हजार रुपौयाँको व्यापार भएको उहाले बताउनु भयो । मुल्यको हिसावले मादल भन्दा अन्य वाद्यवादनको साधनहरु महँगो भएपनि उपभोक्ताहरुमा मादल प्रतिको आकर्षण घट्दै गएको छ । मादल व्यावसाय प्रति सर्वसाधारणको चासो घट्दै गएपछि बादी समुदायहरु बैकल्पिक पेसा तरकारी खेती लगायतको अन्य पेसामा सम्लग्न हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box