२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

पर्खाईको परदेशीको ……………।

प्रदिप राना विहानको घाम छिप्पीदै छ । मनभरी पिर संगै परेशीको माया र यादहरु छन् । आब्वी…॥कस्तरी तसर्ियो फोनको घण्टीले सातो आई जे सातो आफ्नो कम्बरमा बाँधीएको रातो बुट्टे पछौरीमा बाँधीएको मोबाइल फोनले गर्दा सानी एक्कासी तसर्िन पुग्छे । फोन निकाल्छे र हेर्छे ए कान्छाको फोन फोन उठाउँछे……………… ज्भििय…ए कान्छु - हजुर के गर्दै के छ खबर के गरेर बसीरहनु भएको नी … खाजा नास्ता भयो ……… म ……अ म त च्याम्थली भीरको टुप्पोमा छु । विहान घरको धन्दामै बित्यो । साहिली भाउजु माथी ठुली नन्दहरु डाँडाघरका भाउजुहरु र नन्दहरु सबैजना अगाडीनै आउनु भएछ । घाँसको भारी पुर्याईवरी भारीमिलाउने र्तखरमा जुटुनु भाछ । आफुत ……।आउन पनि ढिलो भयो घाम पनि छिप्पिदै छ कान्छु । यो च्याम्थली भीरको तिरमा त्यान्द्राङ तुन्दु्रङ झुन्डिएको बाबियोको साहारा लिएर घाँसका डाला मुना र त्यान्द्राहरु खोज्दै बटुल्दै छु । वरी परी घाँस दाउरा पाइँदैन । कहाली लाग्दो यो च्याम्थली भिर तलतिर कहालिलाग्दो निलो रह हेर्दा आङ पनि सिरिङ्ग हुन्छ । गाउँले जीवन भिरपाखा छाङगाछहरा घाँसदाउरा उकाली वराली गाउँवेशी वस्तु भाऊ घरधन्दा साह्रै गाह्रो छ कान्छु । उ सो त हिजो देबे्रहातको साहिली औँलामा हसियाले काट्नपुग्यो औषधीको नाममा केही पनि छैन । त्यही काली वनमाराको रस निचोरेर राखेको छु र तिम्ले दिएको बुट्टे रुमालले बाँधेको छु । खाना खाने बेला भयो होला आफुले त आउने बेलामा केही खाजा पानी गरेर आएको हो । खाना खाँदा त सधैँ घामको ओझेलले गाउँ छाडीसक्छ । विहान चुलो चौको लिपपोत गोबर घसौटा कुडो पानी घाँस पात पानी पँधेरो गर्दै खाजा नास्ता बनायो त्यस पछाडी बनपाखा जाउ घाँस दाउरा मेलापात गर त्यस पछि घर आउ घरमा भान्सामा बस पानीले ओसीएको त्यो दाउरा धुँवा मात्र फालिरहन्छ घरमा पनि बुढा बा तपाइँको मात्र पिरगरी बस्नु हुन्छ । पुरानो दमरोगी स्वाँ-स्वाँ गर्दै भित्र बाहिर भन्दा टाढा जान सक्नु हुन्न । आमा कहिले मुटु दुख्यो भन्नुहुन्छ । कहिले गानो दुख्यो । यी बुढा आमा बालाई पकाई तुल्याई गरी खुवाउनु पर् यो । यहाँ हजारौँ घर धन्दाले गर्दा कहिले त दिक्क लागेर आउँछ कान्छु । यताको बारेमा भन्नु पर्दा बाह्रैमास कामै कामको चटारो छ कान्छु वेशीखेत रोपेर मात्र छाड्याछ । माडपानी लगाउने सेकेन्ड फुस्रत छैन । गराहरु सबै चर्चरती चिरिएको छ । त्यसो त सिमल गैरी बारी पनि बाँझै छ । खोलापारी खोरीयाको पनि हालत उस्तै छ । केहीको बिऊ यस्सो फाल्न पाइएदेखि केही हुन्थ्यो कि तर के गर्ने सबैको गैउचरन भईराख्याछ । कुवा पानीको बारी पनि वेलवारी साहुले जोत्न थाल्याछ । जहिले सम्म उनिहरुको पैसा चुक्ता गर्दैन त्यहिले सम्म जोतिरहने रे वा सँग त्यस्तै भन्दै थियो । यस्पालीको सुन्तला पनि सबै असिनाले खायो । भैँसीले दुध पनि घटाउँदै गाछ यसपाली दशैँलाई भनिएको सिङगारे वोको पनि खै के भयो कुन्नी अस्तिबाट झोक्राई राख्या छ । घाँस पनि खाँदैन । घरको पालिहरु चुहिन थालेको छ । छाउन सक्या छैन । साहिलो काकाकी छोरी रन्जिताले पनि एस।एल।सी पास गरिन् । शहरतीर क्याम्पस पढ्न जाने कुरा छ । यता तिर जे जस्तो भएता पनि यहाँ हामीहरु सबै खुसी छौ कुशल छौँ भन्नु पर्ला उसो त तपाई नै परदेशी भुमी परदेशको माटोमा दैनिक अठार घण्टाको त्यो चर्को घामको काममा पसीना र श्रम सँग पैसा साट्दै हुनुहुन्छ । घरमा रहँदा विहाना चिया नास्ता त्यसपछि साथी भाईसँग खेलेर गफ गरेर समय विताउनुहुन्थ्यो । विहान अलि अबेर सम्म सुत्नै रुचाउने तपाई त्याँहा अठार घण्टे डिउटी न आफ्नो भन्ने मान्छे ……॥कति पिर लाग्छ हजुरको । त्यसो त हजुरले पनि धेरै दुःखहरु लुकाएर म खुसी छु राम्रो रमाइलोसँग दिनहरु काट्याछु भन्नु हुन्छ । म आफ्नै कल्पना गर्न सक्छु त्यो खाडी देशको गर्मी दैनिक अठार घण्टा डिउटी बाँकी छ घण्टामा कति समय सुत्ने कति नुहाई धुवाई कतिखेर खाजा नास्ता कति खेर खाना …॥ विहान चार बजे देखि लिएर बेलुकी १०-११ बजेसम्म काममा रहनु हुन्छ । उसो त मैले हजुरलाई विदेशी भुमिमा नजान कति आग्रह गरे तर पनि हजुरले केही वर्ष विदेशी भुमीमा नै श्रम र पसिना बगाउने कुरो गर्नु भयो र जानुभयो । मैले पनि हजुरलाई धेरै अनुरोधका भाकाहरुले रोक्न आट्थ्ये । हामी भर्खरकै केही गरौँ-रौँ बेला वल वैशको बेलामा छौँ आफ्नै पौरखले वेशी खेत रोपौँला खोरीया डालाहरु तस्दै गह्राहरु बनाउँला पल्लो खोल्साको पानीलाई कुलोकाटी वेशीखेतमा पुर्याउँला वनवाट रुखका हाङगाहरु काटी भेडा बाख्रालाई बलियो खोर बनाउँला भैँसीका गोठ टहरोहरु अलि दरोबनाई पालौँला गाईवस्तु मेलापात सँगै गरौँला । हाम्रो छातीमा आँट हुनुपर्छ खुट्टामा जोश र पाखुरीमा पैरख यसलाई धेरै बढाउँदै लैजाने र सँगै बस्ने कुरा गर्दा हजुरले मान्नु भएन कान्छु । हुन त घरको दुःखहरु र म सँग बस्दाको रमाईलो क्षणलाई रातदिन सम्झीँदा हुन् । हुन त कान्छु आफ्नो काम कर्तव्यलाई पनि विस्रन हुँदैन तर आफ्नो स्वास्थ्यको पनि त ख्याल गर्नु पर्छ भनिन्छ नि स्वास्थ्य नै धन हो यो कुरा मलाई भन्दा त हजुरलाई नै धेरै थाहा छ । समयमै खानु समयमै आराम गर्नु यताको पिर चिन्ता धेरै नगर्नु यता हेर्ने त म छँदैछु नि कान्छु । साथी भाईको लहलहिमा नलाग्नु नराम्रा काम जुवा तास जाँड रक्सी जस्ता कुलतबाट टाढा रहनु । मेरो त आफ्नो भन्ने पनि को छ र मात्र तपाई नै हो । उता माइती खलकमा झन कोही पनि बोलचाल छैन । न त आमा बा बोल्नुहुन्छ न त दाजु भाई । जब मैले आफ्नो बसाई तपाइँको घरमा सारेँ तब सबै जना बोलचाल आवत जावत बन्द बएको कुरा त हजुरलाई पनि थाहा छ । त्यसो त अझ पनि आमा बा ले हाम्रो लागि त्यो मरि भन्नुहुन्छ रे । तैपनी हजुरसँग म सत्य भन्छु प्रेम यति पवित्र हुन्छ कि यसका साथमा पापहरु आँफै हटेर जान्छन् । साँचो प्रेम गर कान्छु बाधाहू सबै हटेर जान्छ । यस्तै हो रहेछ कान्छु संसार दुःख कतै सुख कतै जता जस्को जे भएपनि स्वीकार्नु पर्ने रहेछ । आम्मा ! डेड्घण्टा भईसकेछ कान्छु । अब त राख्ने होइन । पैसा पनि धेरै गईसक्यो होला । कामको डिउटी साहुले देखे कराउला मेरो पनि साथीहरु सबैले छाडेर गई सके कोहीले आँप डाँडा काटी सके कोही उकाली चड्दैछन् भने कोही वर्राभज्याङ्ग चौतारामा भारी विसाएर बसेको छ । अब म पनि एक दुई मुठा अब अरु थप्छु होला । अ…… अरु सबै ठिकै हालानी कान्छु यस्पाली त घर आउनु पर्छ नि यता तिर सबै ठिक छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु ल …।वाई ……… ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box