२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

ग्रामीण कृषिमा व्यवसायिकता र कफी खेती

शम्भु लोहनी परंपरागत ढंगवाट नेपाली अर्थतन्त्रको ठुलो भार वहन गर्दै आएको कृषि पेशालाई व्यवसायिकता तर्फ उन्मुख गर्नु आजको आवश्यकता हो । निर्वाहमुखी कृषि अर्थतन्त्रलाई उकास्न यसको व्यवसायिकता प्रमुख सवाल हो । व्यवसायिक तरकारी खेती फलफुल खेती गर्न सक्दा आय आर्जन क्षमतामा वृद्धि हुने देखिन्छ । यद्यपी ग्रामीण कृषकहरु यो हिम्मत वटुल्न नसकिरहेको अवस्थामा धादिङ जिल्लाको नलाङ गाविसमा व्यवसायिक खेतीको रुपमा कफी भन्ने समाचारले केहि राहत पुर्याएको भान भएको छ । आन्तरिक उत्पादमा हुने वृद्धि नै विकासको सही मार्ग हो । हामी के गर्ने र नगर्नै वा ठुला योजनाहरुको भारी वोकेर आफ्नो जीवनस्तरलाई सुधार्न लागेका हुन्छौ न कि परिणामतर्फ केन्द्रित भएर । धादिङ जिल्लाको राजमार्ग क्षेत्र र काठमाडौंको पहंुच क्षेत्रले व्यवसायिक तरकारी खेतीको रुपमा यस अघि देखि नै आफुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । जिल्लाको मध्य र उत्तर क्षेत्रमा व्यवसायिक खेतीको रुपमा नलाङको योगदान यस अघि पनि तरकारीको उत्पादन र मुख्यतःसदरमुकाममा भएको आपुर्ति व्यवस्थाले प्रष्ट पारेको छ । केरा खेती मौरी पालन तरकारी खेती संगै आएको यो कफी खेतीले नलाङलाई मात्र नभएर समग्र धादिङ जिल्लालाई व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गराएको छ । दिगो भु व्यवस्थापन कार्यक्रमको सहयोग प्राङ्गरिक खेती गोठ मल व्यवस्थापन मौसमी वेमौसमी तरकारी खेती एवं कृषक पाठशालाको वारेमा समेत प्राविधिक पक्षको ज्ञान दिएर कृषक समुदायलाई थप कृषि व्यवसायतर्फ उत्प्रेरित गर्न सफल रहेको देखिन्छ । कफी खेतीको लागि नाम कमाउन सफल गुल्मी जिल्लाको हारमा यो धादिङ जिल्ला पनि पुग्न सक्ने वनाउन यो नलाङको शुरुवात महत्वपुर्ण हुनेछ । नलाङको अलावा जिल्लाको अन्य गाविसहरुमा पनि कफी खेती यस अघि नगरिएका भने होईनन् । हाम्रो पायः घर गाउंमा कफीको एक दुई वोट छ उत्पादन राम्रो हुन्छ अर्थात लचक्केै फल्छ तर पसलवाट चिया पत्ति किनेर खाने वानी छ । फलेको कफीको प्रशोधनवारे जानकारी छैन उत्पादनलाई विस्तार गर्ने कुनै कारण नै छैन फलेको कफीको वियांलाई यसो िपंधपांध गर्यो कहिले कांही जाडोमा खायो वस यसरी नै कफीलाई उपभोग गिरंदै आएको छ । ती उत्पादित कफीको उपभोग र वजारीकरण वा खेतीको विस्तारिकरण र व्यावसायिकता तर्फ उन्मुख हुन सकेका थिएनौं । अव नलाङले यो विषयलाई उठान गरेको छ यसमा सवै क्षेत्रका समुदायले साथ दिएर कोदो मकै लगाएका ठांउमा अध्ययन गरी कफी खेतीलाई विस्तार र व्यावसायिक वनाउन सके आम्दानीको राम्रै श्रोत वन्न सक्ने थियो । जिल्लाका संचार माध्यामहरुले पनि यसको प्रचार प्रसार र उत्पादन तथा प्रशोधन विधिवारे थप संचेतना फैलाउने कार्य गर्न सकेमा वढी प्रभावकारी हुने थियो । जुन स्थानमा जुन कृषि उपज संभव छ त्यसैलाई प्राथमिकताको आधारमा अगाडी वढाउन सकेमा एक गाउं एक उत्पादनको नारा पनि सार्थक वन्ने थियो भने आफ्नो वस्तुको मुल्य र पेशाको औचित्य समयसापेक्ष हुने थियो । कृषि विकास कार्यालय र सम्वन्धित प्राविधिकहरुको सल्लाह र प्रयोगवाट देखिएको नतिजाको आधारमा यसको व्यवसायिकता वढी प्रभावकारी वन्न जान्छ । ईलाम जिल्ला चियाको लागि प्रशिद्ध छ भनेर पढ्न देख्न पाएको पनि त्याहांका कृषक एवं समुदायको प्रयत्न र लगाव हो । हराभरा ईलाम घुम्न र व्यवसायिक कृषिको नमुना हेर्न जाने शैक्षिक एवं अनुभव आदान प्रदान भ्रमणको गन्तव्य वनेको ईलाम यात्रालाई भोलीका दिनमा धादिङतर्फ मोड्न सक्नु पर्दछ । यसका लागि विकास प्रयासमा साझेदारी गर्ने सम्पुर्ण सरोकारवालाहरुको एक मत हुन सके अवश्य संभव हुनेछ । कृषि क्षेत्रको व्यवसायिकता संगै काठमाडौं नजिक रहेको कारणवाट जिल्ला कृषि क्षेत्रकै विकास प्रयोगशाला वन्न सक्छ । हालको अवस्थामा नेपाली कफीले अन्तराष्ट्रिय वजारमा समेत आफ्नो उपस्थिति जनाईसकेको छ । गुणस्तर उत्पादनको कारणवाट नेपाली अर्गानिक कफीले विश्व वजारमा छुट्टै परिचयका दिन भर्खरै उद्योग विभागले ट्रेडमार्क दर्ता स्वीकृत पनि गरेको छ । सर्वौच्च शिखर सगरमाथाको लोगो रहेको नेपाली अर्गानिक कफीले नेपाललाई चिनाउने छ भने नेपाली कफी नै खाने भन्ने विश्व वजारका उपभोक्तालाई नेपाली व्राण्ड कफी छान्न सहज पनि भएको छ । हाल नेपालमा १५३१ हेक्टरमा कफी खेती गरिएको छ भने झण्डै २१ हजार किसान यो खेतीमा संलग्न रहेको आंकडाले देखाउंछ । विगतका दिनहरुमा गुणस्तर राम्रो भए पनि हाम्रो उत्पादन कम र अन्तराष्ट्रिय वजारमा पहंुच नपुगेको कारणले हामीले उल्लेख्य लाभ हासिल गर्न नपाएको भए पनि अवका दिनहरुमा यसको व्यवसायिकता वढ्ने र स्वभावतः उत्पादन पनि वढ्ने हंुदा मुलुकले मनग्य लाभ लिन सक्नेछ । नेपालमा उत्पादन हुने अरेविका जातको अर्गानिक कफीको माग विश्व वजारमा धेरै नै छ । अमेरिकायूरोप जापान र खाडी मुलुकहरुमा यो कफीको ज्यादा नै माग भएको पाईन्छ । कफी उत्पादन पेशामा आवद्ध कृषकहरु संगठनात्मक रुपमा कफी उत्पादक संघ र कफी विकासको लागि कफी विकास वोर्ड मुलुकमा कफी उत्पादन र विकासको लागि प्रयासरत छन् । ग्रामीण कृषिलाई निर्वाहमुखी पेशावाट आय आर्जन र जीवनस्तर सुधार गर्ने पेशाको रुपमा विकास गर्न कफी खेती महत्वपुर्ण सावित हुनेछ र जिल्लामा नलाङवाट शुरु भएको व्यवसायिक कफी खेतीको अभियानले जिल्लाभरको हावापानी र माटो अनुकुल क्षेत्रमा आफुलाई विस्तार गर्न सफल भई स्वरोजगार सृजना सक्नेमा आशावादी वन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box