२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

धादिङ जिल्ला

प्राकृतिक एवं ऐतिहासिक स्थलहरु

धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला हिमशिखरहरु ताल झरनाहरु गुफाहरु जैविक विविधता वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन्।

चमेरे गुफाः
यो गुफा खाल्टे गा वि स को वडा नं। ५ र ७ को बीचमा रहेको नागढु‌गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ । सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्धितीय वरदानको रुपमा लिनुपर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो गुफाको गेटमा खानेपानी धारो र एउटा शिवमन्दिर निर्माण गरिएको छ ।

सिद्धलेकः

नलाङ गा। वि। स। वडा नं। १ र सलाङ गा। वि। स। वडा नं। ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महŒवपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ । त्यसकै साथमा रहेको १५२५ मि। अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा। वि। स। हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन् ।

ज्वालामुखीः

चैनपुर गा। वि। स। वडा नं। ८ र मुरलीभाज्याङ गा। वि। स। वडा नं। ९ को बीचमा झण्डै १४०० मी। उचाइमा अवस्थित ज्वालामुखी महŒवपूर्ण ऐतिहासिक स्थलको रुपमा रहेको छ । सो स्थलबाट आ७३टघठद्धघसनो काखैमा रहेको समतल भूमी एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पूर्व एवं पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ भने उत्तरत७३ठघण्स्र थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ । यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गा। वि। स। हरु देख्न सकिन्छ । यस स्थलमा शिवरात्रीमा मेला लाग्ने गर्दछ ।

गुप्तेश्वरी गुफाः

कल्लेरी गा। वि। स। को वडा नं। ९ अन्तर्गत पर्ने मुलाबारी गाउँको माथी नौ डाँडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाँबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गु७३ठघण्साभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मूर्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।

गंगा जमुनाः

फुलखर्क गाउँ विकास समितिको वडा नं। ४ मा पर्ने ढाँडखर्क सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा ७३ठघण्सर्केको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी। को हाराहारीमा पर्ने गंगा र जमुना नाम रहेको ठाउँमा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मूर्तिहरु देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले झनै आकर्षण थपेको छ । गंगा जमुनाकै साथमा करिब २०० मी। पर परिश्चम पट्टि रहेको कुकुर धाराको आ७३टघठद्धघसनै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने िकंवदन्ती रहेको छ ।

त्रिपुरासुन्दरी मन्दिरः

सल्यानकोट गा। वि। स। वडा नं। ५ मा रहेको यो मन्दिर एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा ७३ठघण्साँटमा हरियाली दृश्यहरु देखिन्छन् भने उत्तर त७३ठघण्स्र रहेका उच्च हिम शिखरहरु र अन्य प्राकृतिक दृश्यहरुका साथै ऐतिहासिक स्थलहरु देख्न सकिन्छ ।

खर्के डाँडाः

यो नौबिस गा। वि। स। वडा नं। ६ मा रहेको महŒवपूर्ण रमणीय पार्क हो । अन्दाजी १५० रोपनी जग्गामा उत्तर-दक्षिण लम्बिएको आकारमा ७३ठघण्सैलिएको यो पार्क काठमाडौंबाट नजिकै त्रिभुवन राजपथसँग जोडिएको छ । नजिकै रहेको सुगुरे सामुदायिक वनले यसको आकर्षणलाई अझै बढाएको छ ।

मलेखु मजुवा पुष्पलाल स्मृति पार्कः

गजुरी गा। वि। स। वडा नं। २ को गोल्मारानी ढाँडमा यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २०० मि। जतिको दूरीमा मधुमति मलेखु र त्रिशुली नदीको संगम स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी जति क्षेत्रफल ओगटेको छ ।

मण्डली माईः

ढोला गाविस वडा नं। २ मा अवस्थित मण्डली माईको मन्दिर एक चर्चित धार्मिक स्थल हो । यहाँ हरेक मंगलबार बाख्राको पाठी बली चढाई पूजा-आजा गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । सालको वनको बीचमा रहेको यो मन्दिरमा महिलाहरु जान नहुने धार्मिक विश्वास रहेको छ ।

यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी तातोपानी मूल झार्लाङ भैरवी मन्दिर सुनौलाबजार जस्ता प्रशस्तै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

प्रतिक्रियाहरु

malai dhadhing derai ramro lagchha ajha ramro bnaunu prachha

- shankar bidari : dhadhing kebalpur 3 chiuripati

धन्यवाद "धदिङ आवाज" परिवार, धादिङ जिल्लाका अरु लुकेका महत्वपूर्ण जाहकारीहरु अझै खोजी गरीयोस ।

- DN Aryal : Maidi-2, Dhading, (Now, Tandi, Chitwan)

धादिङ जिल्लाको जानकारी लिने अवसर दिनुभएकोमा धादिङ आवाज परिवारलाई धन्यवाद । अबका दिनहरुमा पनि यो भन्दा अझ बढि जानकारी राख्न सके कसो हुने थियो होला श्र

- Subodh Khanal : kathmandu


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box