२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

धादिङ जिल्ला

धादिङ जिल्लाः संक्षिप्त परिचय

धादिङ नामाकरणः

धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहाँ बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रुती रहेको पाइन्छ ।

अवस्थितिः

मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बाग्मती अाचलको पश्चिममा रहेको पहाडी जिल्ला धादिङ मनोरम प्राकृतिक दृष्यहरुले भरिपूर्ण रहेको छ । भौगोलिक स्थिति अनुसार यो जिल्ला २७०४०ु उत्तरी अक्षांसदेखि २८०१७ डिग्री उत्तरसम्म र ८४०३५ डिग्री पूर्वी देशान्तरदेखि ८००१७ डिग्री पूर्वी देशान्तरको बीचमा रहेको छ । कूल क्षेत्र ७३ ठघण्सल १९२४८४ हे। १९२४।९ वर्ग कि।मी। रहेको यस जिल्लाको पूर्वमा काठमाडौं नुवाकोट र रसुवा जिल्ला पश्चिममा गोरखा जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मकवानपुर तथा चितवन जिल्लाहरु रहेका छन् ।

भौगोलिक स्वरुपः

पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ । उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ । यस जिल्लामा लेक बेंसी नदीनाला टार ७३ठघण्साँटहरु रहेका छन् । यस जिल्लाको सबैभन्दा अग्लो स्थान पाविल हिमाल ७११० मी। र सबैभन्दा होचो ठाउँ जोगीमारा ३०० मी। मा रहेको छ भने सदरमुकाम धादिङबेंसी ६४० मी। को उचाइमा रहेको छ ।

भौगोलिक बनावटः

धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ । न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ । त्यसैगरी त्रिशुली नदी आँखु नदी थोप्पल खोला लगायत पश्चिममा बगेको बूढी गण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरु पर्दछन् । नेपालका चर्चित टारहरुमध्येको एक टार सल्यानटार बूढी गण्डकी र आँखु नदीको बीचमा रहेको छ । त्यसैगरी जिल्लामा ससाहटार कल्लेरीटार पिपलटार गजुरीटार फिसफिसेटार विशालटार रिचोकटार जस्ता प्रशस्तै टारहरु र बेंसीहरु रहेका छन् ।

नदीनालाः

त्रिशुली नदी आँखु नदी थोप्पल खोला आँसी खोला कोशी खोला महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरु यस जिल्लाभित्र रहेका छन् । त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ ।

हावापानीः

धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ । होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरुमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ ।

खानीः

यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढु¨ा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरु रहेका छन् ।

बजारहरुः

यस जिल्लाको धेरैजसो बेंसी ७३ठघण्साँट तथा टारहरुमा बजारको विकास भएको छ । यहाँ रहेका बजारहरुमा धादिङबेंसी आरुघाट विशालनगर किन्ताङ७३ठघण्सेंदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने आदि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box