२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

कराउने पहाड, रम्भापानी अनि सिर्जनशील साहित्य शिविरमा बरालिएपछिका शव्दहरु

–गोविन्द भट्टराई
कार्तिक १२ गते दिउसो २ नबज्दै साहित्यकार बानीयाँ कान्छा, युवराज पौडेल, सन्तोष खनाल, पत्रकार केशव घिमिरे, यज्ञमूर्ति तिमिल्सेना लगायत बर्तुङ्ग पुग्दा पंक्तिकार अघि नै पुगेर तरङ्ग साहित्यिक संगमका सदस्य राजेश अर्याललाई कतिबेला हो बस आईपुग्ने भनेर सम्पर्क गरेको थियो । पोखराजाने सडक किनारमा हामी थियौं । तरङ्ग साहित्यिक संगम मदनपोखराका अध्यक्ष राधाकृष्ण शर्मा, नेत्रलाल पाण्डे लगायतका सर्जकहरु तानसेन जाने किनारामा आउन बाँकी साहित्य सर्जकहरुलाई पर्खदै रहेछन् । भनेको २ बजे हिड्ने तर सबैलाई पर्खदा घण्टापछि मात्रै बसले बर्तुङ्ग छाड्यो । साथी फिरन्ते काइलोलाई दूरभाषमा सन्देश पठाएँ, घण्टी बजाएँ अह सम्पर्क भएन । लौ साथी छुटे भन्दा असिन पसिन हुँदै बसको ढोकाबाट छिरे । पछिना पुछ्दै भने– दमकडाबाटै पैदल आएको । अपरान्ह ताहुँ पुगियो, कालिदास श्रेष्ठ, बिनोद श्रेष्ठ, प्रकाश श्रेष्ठ, अर्जुन श्रेष्ठ, गोपाल श्रेष्ठ, गाबिसका सचिव बुद्धि पौडेल लगायतका स्थानीय बासिन्दाले बसबाट झरेपछि बसाहामा फूलमालाले सर्जक पत्रकारहरुको टोलीलाई स्वागत ग¥यो । “लौ बाकुम जान ढिला भयो बस चढौं ” राजेश अर्यालको हाँकपछि बस चढेका र चढ्न आतुरहरुलाई गोपाल श्रेष्ठले सचेत पार्दै भने–कहाँ यतिबेला बाकुम ? अधेरोमा जान हुन्न, उज्यालोमा जानुपर्छ, आज बरु कराउने पहाड जाउँ !” केहीबेर देशका राजनेताको मतो बरालिए झै मनहरु बरालिएपछि अन्तत सहमति भयो–“लौ कराउने पहाड चढौं आज !”
दुछुम दुछुम पाइला चाल्दै अधेरोमा झमान सिं सिंजाली, गोपाल श्रेष्ठको अगुवाईमा सेर्काबासबाट कराउने पहाड तर्फ लम्कियो । टोलीमा ६० जनाको सहभागतिा रहेको राजेशले बताए । अध्यारो बेला, उकालो र तेर्सो भएपनि झाडीसहितको बाटोमा कतिलाई हिड्न अप्ठेरो प¥यो । साहित्यकार चीत्रवलीराम सुवाल साथीहरुको सातो खादै थिए–“साथी हो यहाँबाट खसे जय नेपाल भन्नु पर्ला जस्तो छ है !”
कतिले कराउने पहाड भन्दा ५०० मिटर वरबाटै पाइला फर्काए । नारायण अधिकारी, बानीयाँ कान्छा, कृष्ण पोखरेल र पंक्तिकारको टोली कराउने पहाड छिचोलेर अघि बढ्दा जोशिला, रसिला टंक पन्थ खैजडीको तालमा लय हाल्दै थिए, अरु पछ्याउदै । राधा, युवराज लगायतका सर्जकहरु गोपाल श्रेष्ठसंगै चिच्याउदै कराउने पहाडको क्षमता पारख गर्दै थिए । टोली एउटै थियो बस छाड्दा तर फर्कदा समूह समूहमा सेर्काबास पुग्यो । छुच्चा अनि छरिता ठानिने राजेशले दनादन मुकामको टुंगो लगाउँदै गएँ । शुक्रबार साँझ साहित्यकार तथा पत्रकारहरू ताहुँको टेमने, फुरुङ्दी, देउराली, घोरपालछाप, रानाटोल र मलेङ्गमा स्थानीय जनताको घरमा बाडीएर बास बसे ।
पहिलो टोलीमा बानीयाँ कान्छा, नारायण अधिकारी, फिरन्ते र म सबैभन्दा टाढा अर्थात टेमने तर्फ लाग्यौं । टेमनेमा पुगेर फेरि २ जनाको टोली बनेर २ घरमा बस्यौं । बानीयाँ र अधिकारीलाई छाडेर म र फिरन्ते झमानसिंको पछि लाग्यौं, मुकाम अझै तल रहेछ हाम्रो ।
बेलुका साढेसातमा टेमनेका झमानसिं सिंजालीको आगनमा कुच्यौं । लोडसेडिङ्ग थियो, लालटिनको उज्यालोमा आगनमा पिर्कामा बस्दै दुई बिस बर्ष दिल्लीबस्दाका अनुभूति साटे सिंजालीले । उनले गाउँमा नदेखेका फोन, रेडियो, घडि, रेल, जहाज उतै देखेका थिए । कुरैकुरामा अहिलेका बालबालिकाको प्रबृत्तिप्रति गुनासो गरे । एउटा छोरोबारे उनको दुखेसो थियो–“मैले पढाउन कोशीस गरें, के गर्नु पढ्ने उसले कोशीस गरेन मलेशिया गयो !” ३ छोरीलाई सकेको शिक्षा दिलाएछन् । नाती बोर्डिङ्गमा पढाउँदै रहेछन् । पाल्पाबाट प्रकासित गाउँले देउराली पढ्ने रहेछन् । भने –“पहिले देउरालीमा गाउँका हाम्रै कुरा धेरै हुन्थे अहिले त राजनीति पनि मिसिन थालेछ । तैपनि अरु भन्दा यही राम्रो लाग्छ, खोजेर पढ्छु ।”
के भयो साहित्य शिविरमा ?
संक्षेपमा भन्दा, तरङ्ग साहित्यिक संगम मदनपोखरा पाल्पाले तानसेनबाट ३१ किमि पूर्वमा अवस्थित ताहुँमा आयोजना गरेको दुई दिने सिर्जनशील साहित्य शिविर मेरालागी अविश्मरणीय रह्यो । अगुवा, सर्जक तथा साथीहरु भेट्ने, गाउँ र गाउँलेसंग साक्षात्कार गर्ने अनि सिर्जना पस्कने अवसर एकैसाथ तरङ्गले जुटाईदियो । साधुवाद तरङ्ग परिवारलाई । महिलाहरु सहभागी थिए तर रचना वाचनमा किन पछि परे वा पारिए वा खुम्चिए ? सवाल अनुत्तरित छ यो मनमा । किन यमुना सारु, रिमा सोमै, कृष्णकला भण्डारी, भावना खनाल र अर्चना शर्माहरु मौन रहे ? फेरिका दिनमा आयोजकले शिविर लैंगिक हिसावले पनि समावेशी बनाउने तर्फ सोच्ने नै छन् । शिविरमा सहभागी कृष्ण पोखरेल, प्रकाश नेपाल, लगायतका पत्रकारहरुको उपस्थितीलाई सान्र्दभीक बनाउन शिविरकै समाचार बनाएर सुनाउन लगाएको भए हुँथ्यो कि ? तीनगढी र मन्दिर संगै घुमेका किरण कौशल, माधव अर्याललाई ४३०० फीट उचाईको नाचनडाँडापछिको रचना वाचन समारोहमा देखिएन । सायद तानसेन तन्कने काम प¥यो होला ? संचालक राजेशले रचना वाचन थाती राखेपनि रसिला, जोसिला टंक पन्थले रचना सुनाएर पनि वाचित रचनाको बान्की केलाउन भ्याए । कला विमर्श केन्द्र, पोखराथोक साहित्य समाजलाई सम्बोधन गर्दा वाङ्मय प्रज्ञा प्रतिष्ठानको नाम नबिर्सेको भए हुन्थ्यो, पूर्व ३ महासचिव, सदस्य त थिए नै स्वयंम कार्यक्रम संचालक समेत वाङ्मयका बर्तमान कोषाध्यक्ष हुन् । पाल्पा साहित्य समाजका हस्ती राजेन्द्र गोपाल सिंह पनि राधासरकै आडमा थिए । सम्बोधन कि छुटेकै भए हुन्थ्यो नत्र समेटेकै मनासीव ठहथ्र्यो ? सुझाउ मात्रै ।
शिविर उद्देश्यबारे संगमका राजेश अर्यालकै शव्द काफी छ–“ताहुँ बाकुमगढीको ऐतिहासिक तथा धार्मिक स्थल, प्राकृतिक स्थानहरू, स्थानीय जनताको जीवनशैली र बसोबासको अवलोकन गराई साहित्य सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले संगमले शुक्रबार र शनिबार साहित्य शिविरको आयोजना गरेको हो ।”
शनिबार बिहानको झुल्के घामसँगै साहित्यकारहरू सेनवंशीय दरवार स्थलमा उकालो निस्किए । ५० पाल्पाली साहित्यकारहरू र १० भन्दा बढी पत्रकारहरुले ताहुँमा अवस्थित दरबारको भग्नावशेष, चुलीगढी, थामडाँडा गढी र मौलागढीहुँदै रम्भापानीदेवी मन्दिरको भ्रमण गरे । देवीसंग कतिले सुटुक्क मनका इच्छा प्रकट गरी बर मागें । झपे्रन्द्र जीसी, डा कर्ण बहादुर बानियाँ, गोपाल श्रेष्ठ, नीलकण्ठ न्यौपाने लगायतले गोर्खाली पाल्पाली राज्यका बीचको तत्कालिन युद्ध, गढीको महत्व र ठाउँका नामबारे सहयात्रीहरुलाई बताउँदै गए । दरबारको भग्नावशेष, भत्किएका गढीहरूसँगै अन्नपुर्ण, धौलागिरि र गणेश हिमालको दृष्यावलोकन गरी साहित्यकारहरू देवीको दर्शन पछि नाचनडाँडामा फैलिएर साहित्य रचनामा मग्न भए ।
तरङ्ग साहित्यिक संगमको व्यानर वरिपरि नाचनडाँडामा छरिएर बसेका साहित्यकारहरूले घण्टाभरमा औकातअनुसार गद्य र पद्यका कविता, गीत गजल, हाइकु, लघुकथा, संस्मरण, नियात्रा, निवन्ध र गीत रचना गरसाहित्य रचना गरे अनि खानापछि ताहुँ गाउँ विकास समितिको आगनमा बसेर अगुवा र युवा साहित्यकारहरू गंगानाथ कोइराला, राधाकृष्ण शर्मा, नेत्रलाल पाण्डे, कर्णबहादुर बानियाँ, झपेन्द्र जीसी, निलकण्ठ न्यौपाने, टंक पन्थ, नारायण अधिकारी, सन्तोष खनाल, सरोज काफ्ले, होमनाथ कोइराला, राजेन्द्रगोपाल सिंह, केशव चालिसे, आँसु भट्टराई, फिरन्ते काइँलो, झपेन्द्र खनाल, हरि भट्टराई, यज्ञमुर्ति तिमिल्सेना, हरिहर गैरे, प्रेम खराल, केशव बश्याल, चीत्रवलीराम सुवाल, विश्वनाथ गैरे, पुर्षोत्तम अर्याल, कृष्ण पहारी, बिराट घिमिरे, मिलन नेपाल लगायतले आ–आफ्ना रचना पाठ गरे । हरि भुसाल र विन्दु केसीलगायतले गीत सुनाएका थिए । ताहुँ महिमा, नागरिकका इच्छा आंकक्षा र अधुरा सपना, नेताहरुको चर्तिकला, नयाँ पुस्ताको प्रवृत्ति लगायतका सवालका सेरोफेरोमा सर्जकहरुले साहित्य सिर्जना गरेका थिए । सिर्जना वाचनमा स्थानीय बुज्रुक तथा बासिन्दाहरुको उल्लेखनीय उपस्थिती थियो ।
ताहुँ पर्यटन समितिका गोपालप्रसाद श्रेष्ठले जिल्लाका यति धेरै साहित्यकार र पत्रकारहरू आएर ताहुँलाई नै उज्यालो बताएको बताउनुभयो । उहाँले ताहुँको विकास र पर्यटन प्रवद्र्धनका लागि यो साहित्य शिविरले मद्दत पु¥याउने बताउनुभयो । रम्भा उच्च माध्यमिक विद्यालयका प्रार्चाय कालिदास श्रेष्ठले शिविरले ताहुबारे जिल्लाका अन्य व्यक्तिमा शन्देश लैजाने विश्वास व्यक्त गर्नुभयो । ताहुँ गाउँ विकास समितिका सचिव बुद्धिबहादुर पौडेलले सर्जकहरुको यात्रा र साहित्यले ताहुँको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
२०६२ सालदेखि तरङ्ग साहित्य संगमले साहित्य शिविरसञ्चालन गर्दै आएको छ । ताहुँको कार्यक्रम संगमका सदस्य राजेशकुमार अर्यालको सञ्चालन र अध्यक्ष राधाकृष्ण शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमपछि ताहुँबासीले आगन्तुकहरुलाई फूलमालाले बिदाई गरे । उनीहरु भन्दै थिए–ताहुँको आगनमा फेरी पनि आउनु है !
धेरै पटक ताहुँ पुगेर पनि जान नसकेको रम्भापानी (नयाँ नाम, पुरानो यही हो भन्नेमा भ्रम रहेछ) पुग्न पाउदा खुशी लाग्यो तर बाकुमगढीको प्रत्यक्ष अवलोकनको धोको अधुरै रह्यो । साहित्य सहभागीता र स्थान परिवेशका हिसावमा समेत समावेशी हुनुपर्छ यो मेरो नितान्त वैयक्तिक आग्रह हो । म इच्छा जाहेर गर्न स्वतन्त्र छु– अवको शिविर तरङ्ग साहित्य संगमले मान्छे हुन नसकेका अर्थात मधिशेहरुको थलोमा गरोस ! शितलहरमा गुइँठा ताप्दै परालको टौवामा घुस्रेपछि हुने सिर्जनाले देशलाई स्वाभीमानको सन्देश दिनसक्छ कि ? निर्णय राधा र राजेशहरुकै हातमा छ ! त्यहाँ कराउने पहाड चढ्न नसकेर वा चिप्लेर जय नेपाल भन्नु पर्ने छैन कि कसो चीत्रवलीसर !
बउबउिबष्२िनmबष्।िअयm


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box