२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

विद्युत उत्पादन,प्रयोग र विकास

शम्भु लोहनी

विकसित मुलुकहरुमा विकासलाई मापन गर्दा विद्युत उपभोगलाई पनि साथमा राखेर हेर्ने गरिन्छ । हाम्रो मुलुकमा विद्युत सेवाको पहुंच नभएका समुदाय वा क्षेत्रमा त यस वारेमा सोच्न नै परेन भने विद्युत पहुंच भएको स्थानमा समेत लोडसेडिंगको समय तालिकाको खोजीमा समय खर्चनु परेको छ । अविकास आफैमा दोष होईन त्यसको लागि स्रोत साधनको पहिचान र उपयोग क्षमता माथिको जिज्ञाशा मात्र हो । भएका र उपलव्ध हुन सक्ने स्रोतको खोजी र त्यसको उपयुक्त उपयोग गर्ने सन्दर्भको व्यवस्थापन पक्षको अभाव नै हाम्रो अविकास को कारण हो । प्रत्येक घर परिवारले कति मात्रामा विद्युत उपभोग गर्दछ त्यसको आधारमा प्रति व्यक्ति आय वा स्तर मापन गर्ने वातावरण नवने सम्म विकासमा अहिलेका विकसित भनिएका मुलुकहरु संगै हामी अघि वढ्न सक्दैनौैं । हाम्रो विडम्वना भनौं वा हामीले क्षमता आर्जन गर्न सकेनौं कि हाम्रो जस्तो जलस्रोतको अपार धनी मुलुकमा पनि विद्युत उत्पादन गर्न सकेका छैनौं । राजनैतिक स्थिरता र प्रतिवद्धता, पुंजीको संकलन र व्यवस्थापन, स्रोतको खोजी र प्राविधिक दृष्टिले उपयुक्त स्थान छनौट, उपयोग गर्ने वातावरण र सरकारी नीति जस्ता शव्दावलीहरु वीच नै हाम्रो जिज्ञाशाको समाधान छ । जलस्रोतको उपयोग गरेर विद्युत उत्पादनको अलावा अन्य नवीकरणिय ऊर्जा प्रणालीहरुको समेत उत्पादन, प्रवद्र्धन तथा विकासमा समेत हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ । 

जल विद्युत आयोजनाहरुको निर्माण, राष्ट्रिय प्रसारण लाईन विस्तार, ग्रामीण विद्युतिकरण जस्ता क्रियाकलापहरुमा नेपाल विद्युत प्राधिकरणको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुन्छ भने नवीकरणिय ऊर्जा प्रणालीहरुको उत्पादन र प्रवद्र्धनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खेल्दै आएको भुमिकालाई अझै सशक्त र ग्रामीण जनजीवनतर्m उन्मुख गर्नु आवश्यक छ । निजी क्षेत्रको प्रयासवाट भएका विद्युत उत्पादनको थालनी सकारात्मक शूरुवात हो । झण्डै ८२ हजार मेघावाट विद्युत उत्पादन हुने र आर्थिक÷प्राविधिक दृष्टिले त्यसको आधा उत्पादन संभाव्यताको स्रोत रहेको हाम्रो मुलुकमा हाल केवल करिव ६ सय मेघावाट क्षमताको विद्युत मात्र उत्पादन भई वितरण हुंदै आएको छ । देश विकासको लागि आर्थिक रुपमा जुन स्रोत पर्याप्त र सहज छ त्यसैलाईृ अधिकतम उपयोग गर्नू र त्यसको विकासमा नै मुख्यतः नीति,नियम,स्रोत, साधनको विनियोजन, संकलन र प्रस्तावन गर्न सक्दा नै विकास सफलता हात लाग्दछ । उत्पादिन विद्युतको झण्डै २५ प्रतिशत उत्पादन निजी क्षेत्रवाट भएको र सो क्रम वढ्दो अवस्थामा रहेको हुंदा अन्य वातावरण अनुकुल हुंदै गएमा हामीले विद्युत प्रयोगलाई केहि वर्ष भित्र हाउगुजीको रुपमा लिनु पर्ने छैन । हाल हाम्रो मुलुकमा आर्थिक रुपमा संभाव्य ४३ हजार मेघावाटको केवल १.५ प्रतिशत मात्र उत्पादन भएको र ३९ प्रतिशत जनतामा मात्र यसको पहुंच कायम छ ।
दक्षिण एशियाली मुलुकहरुमा तुलनात्मक रुपमा हेर्दा नेपालको विद्युत उपभोेग दर अत्यन्तै न्यून छ । माग अनुरुपले विद्युत उपभोग गर्न सक्दा र पाउंदा सन् २०३० सम्ममा नेपाललाई आवश्यक पर्ने झण्डै ४७०० मेघावाट क्षमताको विद्युत उत्पादन हुनु पर्ने अनुमान गरिएको छ । सो समय सम्मको लागि घरायशी प्रयोगको लागि मात्र त केवल झण्डै एक हजार मेघावाट भन्दा कम नै उत्पादन पनि काफी हुन सक्छ । हाईड्रोपावर आयोजनाको शुरुवातवाट विद्युत उत्पादन मात्र नभई देशको समग्र क्षेत्रको विकासमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव पर्न जान्छ । यस प्रकारको आयोजनावाट ठुलो मात्रामा रोजगारीको सृजना हुन जान्छ जसवाट वेरोजगारी समस्यावाट आक्रान्त हाम्रो जस्तो मुलुकले कहि राहत पाउनेछ । उदाहरणार्थः १० हजार मेघावाटको एक हाईड्रोपावर प्रोजेक्टको निर्माण चरणमा झण्डै १ लाख ३० हजार जनाले प्रति वर्ष रोजगारी पाउने छन भने संचालनको चरणमा ३२ हजार जना मानव स्रोतको खपत हुनेछ । एक जनाको कमाईवाट कमसेकम ५ जनाको परिवार चल्न सक्छ र सोही अनुरुपले विविध प्रकृतिका उद्योग व्यवसायको स्थापना र प्रवद्र्धन संभव हुन सक्छ । राज्य पनि अपेक्षाकृत करको संकलन गर्न सफल वन्न सक्छ । यस प्रकारको १० हजार मेघावाट क्षमताको प्रोजेक्ट संचालनार्थ राजनैतिक तथा सरकारी तवरवाट भएका प्रतिवद्धता र प्रयासहरुले सार्थकता पाउंदा अवश्य पनि देशले विकासको कांचुली फेर्न सक्ने देखिन्छ । प्रोजेक्टको लागि आर्थिक स्रोतको संकलन तथा परिचालन महत्वपूर्ण पक्ष हो । यदि सवै पक्षवाट विश्वासको वातावरण वन्न सकेमा, सरकारको भूमिका नीति, नियम तथा व्यवस्थापनमा पारदर्शी र जवाफदेही वन्न सकेमा पुंजीको संकलन केहि हद सम्म नेपाली निजी वजारले पनि सघाउन सक्ने देखिन्छ । एउटा आशलाग्दो शेयर वजार भएको वैंकको शेयर खरीदमा देखिएको भिड र लगानीलाई विद्युत उत्पादन तर्फ आकर्षित हुन सक्ने वातावरण सृजना गर्न सक्यौं भने सवै विदेशी रकमको मात्र भर गर्नुपर्ने नहुन सक्छ ।
 एउटा सानो खानेपानी र कृषि सडकको उपभोक्ता समिति निर्माणमा देखिने विवाद र अलि ठुलो प्रकृतिको राजश्व उठ्ने र खर्च गर्ने ठेक्काको विवादमा अल्झिरह्यौं भने विकसित मुलुकको तुलनामा आफुलाई सशक्त ढंगवाट उभ्याउने चाहना वोकेर हिंड्ने हामी नेपालीले अपेक्षाकृत विकासलाई चुम्न लामो समय पर्खनुपर्ने हुन्छ । विद्युत उत्पादनको मात्रा लाई वढाउंदै विद्युत उपभोग शुल्कलाई सर्वसाधारणले धान्न सक्ने वनाउनु, क्षेत्रीय रुपमा वढ्दै गएको प्राकृतिक ग्यास, न्यूक्लियर पावर र आयातित अन्य ऊर्जासंग प्रतिष्पर्धा गर्नुपर्ने चुनौतीलाई पनि मुलुकले संगै संगै सामना गर्नुपर्नेछ । हरेक घर परिवारले धान्न सकिने शुल्कमा विद्युतको उपभोग सहज ढंगवाट गर्न सक्दा सामान्य रुपमा पनि खाना पकाउने ग्यास सिलिण्डरमा जाने गरेको ठुलो पुंजी स्वदेशमा नै रहन सक्छ । सो पुं्जीलाई समेत विद्युत उत्पादन र उद्यम विकासमा खर्चिन सकिन्छ । यसरी नेपाल जस्तो जलस्रोतको धनी र विद्युत उत्पादनको लागि प्रचुर संभावना रहेको मुलुकमा सरकारी नीतिको सहजता एवं उत्पादनमा संलग्न निजी क्षेत्रलाई थप सुविधा उपलव्ध गर्ने, राष्ट्रिय रणनैतिक योजनाको तयारी, सर्वसहमतिमा आवधिक योजना निर्माण र आवश्यक मानव स्रोतको उत्पादन र खपत परिपाटीलाई समयमा नै व्यवस्थापन गर्न सकेमा मुलुकले विद्युत उत्पादन र वितरण तथा विक्रीवाट ठुलो आर्थिक फड्को मार्न सक्ने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box