२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

स्थायित्वको वर्ष बनोस् २०६७

जनताको परिवर्तनको आर्काक्षालाई पूरा गर्ने र मूलुकलाई राजनीतिको स्थायित्व दिने कुरामा २०६६ साल असफल रह्यो । यद्यपी यस वर्ष केही महत्वपूर्ण काम पनि भएको छ । वर्षको शुरुबाटै दलीय राजनीति सहज बन्न सकेन । सरकारको नेतृत्व गरेको मूलुकको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी वर्षको शुरुवात सँगै सरकार छाडेर बाहिरियो । राष्ट्रपतिको कदमबाट असन्तुष्ट हुँदै नागरिक सर्वोच्चता हरण भएको भन्दै सडक संघर्षको बाटो रोज्यो उसले । माओवादी सरकारबाट बाहिरिए पछि नेपाल नेतृत्वको सरकार बन्यो । आफ्नै पार्टीका नेताको नेतृत्वमा सरकार बनेपनि नेकपा एमाले भित्रको एउटा शक्ति सँधै यसको विपक्षमा जस्तो रहिरह्यो । तत्कालिन प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई पदबाट हटाउने देखि राष्ट्रपतिको कदम एकिकृत नेकपा माओवादीको सरकार वहिर्गमन र सडक संघर्ष उपराष्ट्रपतिको हिन्दि सफथ र पदमुक्त अनि फेरी पद वहाली एकिकृत नेकपा माओवादीको भिडियो टेप प्रकरण मन्त्रि परिषदका सदस्यहरु उपप्रधानमन्त्री सुजता कोइरालाको अभिव्यक्ति करिना वेगमको व्यवहार जाजरकोट झाडा-पखाला र स्वास्थ्य मन्त्रीको विदेश यात्रा गृहमन्त्रीको एकिकृत सुरक्षा नीति गृह राज्यमन्त्री अन्सारीको राजीनामा र एमआरपी छपाईले वर्ष भरिनै मुलुकलाई तनावमा राखि राख्यो । त्यसै गरि नेपाली राजनीतिका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण र कोइरालाको निधन पछिल्लो समयमा २०६६ सालको यादगार विषयवस्तु बन्यो । विभिन्न समयमा फरक - फरक प्रकृतिका घटनाले २०६६ पत्रकारहरुका लागि अविष्मरणीय वर्ष रह्यो ।

वितेको वर्ष २०६७ मा मुलुकमा केही महत्वपूर्ण सफल कार्यहरु पनि भए । जलवायू परिवर्तन र सगरमाथा आधार शिविरको मन्त्री परिषद वैठक र कोपन हेगन सम्मेलनले विशेष चर्चा पायो यो वर्ष ।

यी धेरै किसिमका आरोह-अवरोह भए पनि नेपाली जनताले चालु वर्ष २०६७ को शुरुवातमै पाउनु पर्ने नयाँ संविधान शंकाको घेरामा परेको छ । वर्ष २०६६ मा संविधान निर्माणका कामहरु धेरै भएका हुन् तर पनि हुनपर्ने जति नुहँदा सबैमा शंका उत्पन्न भएको छ । नयाँ संविधान मार्फत राजनीतिक स्थायित्व सहित नेपाली जनताले सुखले श्वास फेर्ने अवसर प्रदान गर्ने जिम्मा नव वर्ष २०६७ लाई प्रदान गरेको छ । आशा गरौँ यस नयाँ वर्षले हाम्रो मनोकांक्षा पूरा गर्नेछ । सबैलाई शुभकामना ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box