२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

जिन्दगी

सेती हो जिन्दगी कालि हो जिन्दगी
बग्न नजाने गन्धा नाली हो जिन्दगी

पहिरिन्छ माला यहाँ कहिले मोसो दलाउछ
नाली कतै कसैको गालि हो जिन्दगी

आँसु कहिले त मेवा मिष्टान पस्कने
टपरी कहि त सुनको थाली हो जिन्दगी

ढंग नपुग्दा ढुङ्गा कहाँ बिझाउछ
होइन भने फुलको डालि हो जिन्दगी

सिदान्त हो कसैको संघर्ष हो भन
कसैको साला सालि हो जिन्दगी

दुर्गन्ध या असली लिने सुगन्ध हो भने
आफै बगैचा आफै माली हो जिन्दगी

कुनै कुनैको डिस्को पिकनिक हो भने
कुनै कुनैको धर्ना र् याली हो जिन्दगी

भास्कर श्रेष्ठ
९८४१५१९९३८

प्रतिक्रियाहरु

thika 6 kabita ramro lagyo pheri pani pathaunu hola thanks best of luck

- jagat shrestha : ktm


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box