२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

अनौपचारिक प्राथामिक विद्यालय प्रति महिलाको वढ्दो आकर्षण

केशव नेपाली
धादिङ । बाल्य अवस्थामा पढ्ने इच्छा तिव्र भएपनि घरको आर्थिक अवस्था कमजोर भएको कारण आफ्नो पढ्ने इच्छालाई अधुरो राख्दै आउनु भएको निलकण्ठ २ चिसपानी की ५७ वर्षिय इन्दिरा दाहालको हाल आएर वाल्यकालको पढ्ने चाहाना पुरा भएको छ ।
गाउँमा सहारा अनौपचारिक प्राथामिक विद्यालय खुलेपछि हातमा किताव र कापि बोक्ने सानो उमेरको रहर पुरा भएको हो । उनी जस्तै सानमा पढ्ने मन भएपनि पढ्न नपाएकी सलाई मलाङ ४ घर भई हाल धादिङबेशीमा आफ्नो परिवार सँग वस्दै आउनु भएको ३१ वर्षिय चन्द्रकला यादवपनि सानको पढ्ने र लेख्ने सपना अनौपचारिक विद्यालयले पुरा गरिदिइएको बताउनु हुन्छ । पढ्न पाउने उमेरमा विभिन्न कारण पढ्न नपाएका १५ वर्षदेखि ४५ वर्षसम्मका महिलाहरुलाई साक्षरता वनाउने उदेश्यले निलकण्ठ ५ मा सहारा अनौपचारिक प्राथामिक विद्यालय खुलेपछि उमेरले ढल्केका महिलाहरु पनि पढ्न आउन थालेका हुन । सहारा महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्यहरुलाई हस्ताक्षर गराउदाँ औलाको ल्याप्चे लगाउनेको सङख्या वढी भएपछि उनीहरुलाई आफ्नो नाम लेख्न सक्ने बनाउन अनौपचारिक प्राथामिक विद्यालय साचालन गरेको संस्थाका अध्यक्ष पार्वती राई खाणले बताउनु भयो । भवन नभएकोले जिल्ला प्रशासनसँग खाली भएको सामुदायिक प्रहरी भवन मागि विद्यालयमा पढनपाढन शुरु गदै आउनु भएको खाणले भनिन् ु यस अनौपचारिक शिक्षामा महिलाहरुको बढ्दो आकर्षणले गर्दा साचालन भईरहेको भवनको एक कोठामा सवै विद्यार्थीहरुलाई राखेर पढाउन असजिलो र व्यवस्थापनमा समस्या भएकोले भवन निर्माणको लागि जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्नुपर्छ । ु अनौपचारिक प्राथाकि विद्यालयमा नियमित पढ्न आउनेको सङख्या १ सय ८८ जना महिला भएपनि १ सय ३४ जनाले मात्र भर्ना गरको विद्यालयले जनाएको छ । अनौपचारिक पढ्न आउने केहि महिलाहरु केहि सानमा पढेका र केहि नपढेका सवैलाई एकै कोठामा राखेर अध्यनअध्यपन गराउदाँ समस्या भोग्दै आउनु भएको शिक्षिका भगवती न्यौपाने बताउनु भयो ।
दुई समुहमा विभाजित गरी पढाएको खण्डमा वढी प्रभावकारी हुने न्यौपानेले बताइन । अनौपचारिक विद्यालयपनि सरकारी विद्यालय अन्तरगत पर्ने भएकोले सरकारबाट आउने अवसर सेवा र सुविधा यस विद्यालयलाइ नछुटाउने जिल्ला शिक्षा अधिकृत मानबहादुर क्षेत्रीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box