२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

टेप प्रकरण र सभासदको मुल्य

माधब गुरुङ
व्यवस्थापिका संसदले लगातार सातौं पटक पनि प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकृत गरे पछि नेपालको प्रधानमन्त्री छनौट प्रकि्रया जटिल मात्र होइन राजनीति पनि गम्भीर मोड तिर उन्मुख हुँदै गरेको आभास गर्न सकिन्छ ।सधै भरी नेपाली राजनीतिमा भारतीय चलखेलले प्रमुखता पाइरहेको हुन्छ भन्ने आम बुझाई रहेको अवस्थामा प्रधानमन्त्री चयनको यो प्रकि्रया लम्बिरहँदा छिमेकी चीन पनि मुछिन आइपुगेकोछ ।सधै जसो नेपाली नेताहरु साउथ ब्लकको इशारामा निर्देशित हुन्छन् भन्ने आरोपले सफाई नपाईसकेको अवस्थामा अर्को छिमेकीको पनि संलग्नता देखिन आउनुले नेपाल अब जोखिम तिर उन्मुख हुदैछ भन्न सकिन्छ । नेपालको सरकार परिवर्तनमा दक्षिणी छिमेकीको सहानुभुति आवश्यक हुन्छ भन्ने मान्यता स्थापित जस्तै भएको अवस्थामा अर्को उत्तरी छिमेकीको पनि संलग्नताको संकेत देखिएबाट नेपाल अब साच्चै नै विदेशी मुलुकहरुको चलखेल गर्ने थलोमा रुपान्तरित हुदैछ भन्न सकिन्छ ।
नेपालको भौगोलिक बनोट सामरिक महत्वको रहेको र यसको सही उपयोग गर्न सकिएको अवस्थामा नेपालले धेरै लाभ लिन सकिन्छ भन्ने विश्वास रहेकोमा अब त्यो विश्वास धराशायी हुने सम्भावना प्रवल भएको छ । भारतीय प्रभुत्वलाई कम गर्नु पर्छ भन्ने आम धारण रहेको अवस्थामा अर्को पक्षको प्रभाव बढाउन भएको चलखेलले नेपालले आफ्नो स्वार्थको रक्षा गर्नु भन्दा पनि अन्य शक्तिको स्वार्थमा चल्नु पर्ने अवस्था सिर्जना हुने देखिन्छ ।खासगरी प्रधानमन्त्रीको चयनमा भएको संसद खरीद बिक्री र भर्खरै सार्वजनिक भएको माओवादी नेता कृष्ण बहादुर महराको भनिएको टेप प्रकरणले नेपालमा संकट अझै प्रखर हुने सम्भावना बढेको महसुस गर्न सकिन्छ ।पारम्परिक प्रतिद्धन्दि राष्ट्रहरुले देखिने गरी नेपाली राजनीतिमा हात हाल्ने अवस्था आउनुले नेपाल अझै अस्थीर हुने अनुमान लगाउन सकिन्छ ।यस अघि नेपाली राजनीतिमा चिनियाँ भूमिका अदृश्य रुपमा हुने गरेको भन्ने समाचार आइरहने गरेकोमा यसपटक सार्वजनिक रुपमै माओवादी नेतासँग जोडिएर चिनियाँ संलग्नता देखिनु विचारणीय मात्र होइन खेदजनक पनि रहेको मान्न सकिन्छ ।
हालै सार्वजनिक भएको टेप प्रकरण जुनसुकै नियतबाट आएको भए पनि यसले नेपालमा वैदेशिक हस्तक्षेपको ढोका खुल्लै रहेकोछ भन्न सकिन्छ । भारतीय पक्षबाट माओवादीको सरकार निर्माणमा अवरोध पुर्याउन होस या चिनियाँ पक्षबाट माओवादीको सरकार निमार्णमा सहयोग गर्न आएको प्रस्ताव नै किन नहोस यसले दीर्घकाल सम्म पनि नेपालको हीत गर्दैन ।वैदेशिक स्वार्थ मिसिएर आएको जुनसुकै सहयोग र चलखेलले नेपालको आन्तरिक शक्ति सन्तुलनलाई खलल पुर्याउने मात्र होइन नेपाल वैदेशिक शक्तिहरुको कि्रडास्थल बन्ने सम्भावना पनि उत्तिकै रहन्छ ।टेप प्रकरणमा माओवादीको संलग्नता जुनसुकै नियतले सार्वजनिक गरिएको भए पनि माओवादीले आफ्नो तर्फबाट यस सम्बन्धमा स्पष्टीकरण दिनु पर्दछ ।यस बाहेक माओवादीको संलग्नता रहेको वा नरहेको सम्बन्धमा पनि निष्पक्ष छानबिन जरुरी देखिन्छ ।यसैगरी टेप प्रकरण र त्यस अघि मालेका महासचिव सिपी मैनालीले माओवादी माथी सभासद किनबेचका सवालमा पनि माओवादीले आफ्नो धारणा स्पष्ट गर्न जरुरी छ ।त्यसैगरी सभासद किनबेचका मामिलामा रकम परिचालनको भए नभएको पनि छानबिन गर्न आवश्यक छ ।यस अघि संसद खरीद बिक्रीलाई लिएर संसदीय व्यवस्थाको आलोचना गर्ने माओवादी अहिले त्यही खेलमा लागेको भन्ने खबरले जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई चरितार्थ गरेको मान्न सकिन्छ ।sरोडौ रुपैयाँमा सभासद खरीद गरीएको भन्ने समाचार यदी साँचो हो भने यसले सभासदको गरिमालाई घटाउने नै छ साथमा माओवादीको बोली र व्यवहार बीचको दूरीलाई पनि प्रमाणित गर्दछ ।
जनताको जिवनमा प्रत्यक्ष असर गर्ने बार्षिक बजेट कार्यक्रम पनि प्रभावित गरेर सभासदहरु कमाउने धन्दामा लाग्नु निश्चय पनि निन्दनीय हो । कुनै सभासद भ्रष्टाचार मुद्दामा मुछिनु अनि कुनै करोडौंको खरीद बिक्रीमा लागेको भन्ने खबरहरु यदी सत्य हो भने यसले जनतामा फैलिएको नैराश्यतालाई आक्रोशमा मात्र परिणत गर्दछ ।जुन अन्तत स्वंय सभासद तथा दलहरुका लागी नै आत्मघाती हुने निश्चित छ।आफ्नो मर्यादालाई कुल्चेर सभासदहरुले आफ्नो मुल्य रकमी तराजुमा राखेर जनताको प्रतिनिधित्वको खिल्ली उडाउछन् भने भोली तीनै जनताले उनीहरुको ठेगान लगाउन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box