२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

साहित्य

कति दिन भगवान् भरोसा

बद्री दाहाल
आम नेपाली उपभोक्तामा यतिखेर अदृस्य भगवान्को भरोसाले दृष्य जीवनको कहर बहर भएर काट्नु पर्ने लहर पैदा भएको छ । एक बर्षभित्रै झन्नै एकदर्जन उपभोक्ता एल् पी। ग्याँसका कच्चा सिलिन्डर प्रयोग गर्नुपर्ने बाध्यताले असमयमै परमधामको बाटो तताउन विवस छन् । राष्ट्रियता लोकतन्त्र र मेलमिलामपूर्ण राजनीतिलाई पाताल पुर्याएर राष्ट्रलाई क्षतविक्षत पार्ने अपराधीबृत्तिले गाँजिएको सरकार जनताको दर्कारै नठानी आफ्नालाई घरवार जोड्न र सत्ताको तरवार घुमाउनमै अभ्यस्त छ । तमाम जनसरोकारलाई शक्तिको बूठले कुल्चिएर झुठ बोल्दै कालकूट बिषहरु उपभोक्ता जगत्को जीवनमै खेलवाड गर्न तँछाड्मछाड् छन् । जतिसुकै कलमले घोचे पनि जनताले जनअभिमतलाई हेर ! भनेर चेतावनी दिएपनि यी खोचे कुरा राखेर ुकाले - काले मिलेर खाम भाले भन्ने कुरुप सूत्रका कुपुत्र नै बने । नेपाली जनताका चुलोमा प्रयोग हुने ग्याँसलाई चरम मूल्यबृगरेर कमिसनमार्फत क्याँस जम्मा गर्ने अयोग्य राजनीतिक खेलाडी जोखिमले भरिएको सिलिन्डर बजारमा छ्यापछ्याप्ति बनाएर अनाथ जनताको गर्धनमा मृत्युको तरवार उठाएर सरकार भएको बहानामा अराजकता अनैतिकता र आफ्ना निकृष्टता प्रदशन गरेको गर्यै छन् । भर्खरै ग्याँस ूडिलर फेडरेसन ु का अध्यक्ष ज्ञानेश्वरले नेपालमा ३०% ग्याँस सिलिन्डर जोखिमयुक्त भएको कुरा देखाएर कहालीलाग्दो तस्वीरलाई प्रस्तुत गरेका छन् । मुलुकभर प्रयोग भईरहेको चालिस लाख ग्याँस सिलिन्डर कुनबेला भान्सा घरमा टिकिट्याँस हुने हो ठेगान छैन । बाह्-बाह् लाख सिलिन्डर त ुहाईड्रोस्टाटिकु परीक्षण नगरी बजारमा वितरण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको जामा लगाएको यो राज्यलाई राम्रै विषाणु छरेर जनस्वास्थ्यमा चरम लापरवाही भित्र्याएका छन् । सिलिन्डरमा प्रयोग हुने रेगुलेटर अहिलेका नेपाली नेताजस्तै बाहिर-बाहिर मात्र टिलिक्क भित्र भने गुणस्तरीयता पूरै हराएको भेटिएको छ ।
भारतीय ब्रान्डको नाम राखेर नेपालमै उत्पादन भएका रेगुलेटर बजारमा ल्याई जनतालाई डरलाग्दो बम उपहार दिएर मृत्यवरण गर्न बाध्य पार्ने सर्कार नामधारी सर्दारहरुको कमिसनचर्तिकला देख्दा कसलाई यिनीहरुको गला निमोठू जस्तो नलागोस् । अहिले नेपाली बजारमा मल्टिप्वाईन्ट एडभान्टा जस्ता रेगुलेटर यपभोक्ताहरुको प्राणलाई हरहर गर्न अभ्यस्त छन् । अहिले प्रयोग भईरहेको प्लास्टिकको डिजेल पाईप बिक्री गर्न लगाएर रबरको तारले बेरिएको सक्कली पाईप प्रयोग गर्न सर्कारले उपभोक्तालाई दिएको छैन । नाफामुखी बनियाँसित घाँटी मिलाएका खाँटी सर्दार चरित्रको कथित लवस्तरो गैर जिम्मेवार सरकार जनताको संहार र अपकारमा यु¢स्तरमा लागिराखेको छ । गुणस्तरहीन रेगुलेटर भल्भ र पुराना कुच्चिएका सिलिन्डर आम उपभोत्तामाझ ूखाए खा नखाए घिच् ू को शैलीमा गैली बन्दै नियम कानूनलाई कुल्चिएर कताबाट लुड्याउन पाईएला भन्ने ध्याउन्नमा ब्वाँसाहरुले राज्यको बागडोरलाइृ अपव्यय गरेको गर्यै छन् ।नेपाल गुणस्तर तथा नापतौल विभागू पनि कमिसनको चक्करमा जुनपायो त्यहीलाई उचालेर वैयक्तिक कमाउमार्गमा लिप्त छ उद्योग मन्त्रालय आफ्नो दायित्वबाट खुर्मुरिएर गुणस्तरीय ग्याँसको स्थितिमा बेथिति बसाल्न नै कि्रयाशील छ । नेपाल आयल निगमलाई घायल एवं निकम्मा बनाईएको छ । निगम प्रमुख हुन राजनीतिक दललाई मोटो रकमको भल-बाढी ल्याईदिनुपर्ने हुँदा उपभोक्ताको जीवनलाई जोखिममा हालेर जे जस्तोलाइ पनि उद्योगी र उद्योगशाला बनाईने माला जपेर भाला हान्ने काम अझ एक कदम अघि बढेर चलेको चल्यै छ । अनुगमन गर्ने कडाई अपनाउने कानूनद्वारा नियमन गर्ने ढ्वाङ र ढर्रा जतिसुकै पिटेपनी खन्चूवाहरुको गर्राले तातो भुत्लो केही पनि नलछार्ने हुँदा अब उपभोक्ता नै यो भ्रष्ट दुष्ट सर्कारविरु¢ उत्रनपर्ने भएको छ । उपभोक्ता संरक्षण ऐनलाई चैनकॊ स्वासप्रस्वास नयाँ अ_िक्सजनले मात्र दिनसक्छ । बजारका अन्य उपभोग्य पदार्थमा भएको मिसावट पालिसीकरण मिति गुजि्रसकेका खाद्यपदार्थ पुन ः प्रसोधन गरी भर्खरैको बनाएर तात्तातो कभरमा आम उपभोक्ताका आँखा फूलो पारेको पार्यै छ सरकार नामधारी सर्दार मन्डली कमिसनमार्फत नरभक्षी िहंस्रक बाघ झैं जिब्रो फड्कार्दै छ । विषादि प्रयोग गरिएका नक्कली तर्कारी गुणस्तरहीन दुध घ्यू आँटा चामल दाल जो पालिस र कथित भिटामिनको आडमा ! आकार पाएर संपूर्ण उपभोक्ताको शरीरमा डरलाग्दा रोग छर्न अभ्यस्त छन् । आकर्षक ट्रेडमार्क टाँसिएका जारका पानीले जीवनलाई रोगब्याधि छरेर हारमा पुर्याईरहेका छन् । अनेकौं फास्टफुडका पोकाले आफ्नो बासी कुरुपतामा पर्दा हालेर उपभोक्ताहरुलाई बोका बनाएको बनायै छन् । कतिपय पेय पदार्थले कीटाणु र फोहोर थुपारेर अगतिलो संदेश दिईरहेका छन् । हरे दैव ! मिति गुजि्रएका पुल मोटर मिसिनदेखि खाद्यान्नका सर्वपक्षमा आईरहेको यो ख्यालख्याललाई मूक दर्शक बनेर हेर्ने काम राज्यलुटेराहरुले गरिरहेको देख्दा जनता वाक्क दिक्क छन् । समाज परिवर्तन गरेर नयाँ नेपाल निर्माण गर्ने नारामा तारा देखाउने यी थारा भैंसी जस्ता चैंसीखाले अगुवाबाट के आश गर्ने लेखनाथ पौडेलले भने झैं  म खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ ु भन्ने तुच्छ दुर्विचारलाई दर्शन बनाएका यी भकुरकान्तहरुले देश र जनताको स्वास्थ्यलाई अशान्त एवं खतरापूर्ण बनाईरहेका छन् । आम उपभोक्ता दृष्य जगत्मा यी वक्कारसुर अघासुरहरुसित जुध्न अब साँच्चै कुनै कृष्ण नजन्मेलान् त हामी त निराजन-निराकार ईश्वरकै भरोसामा कति दिन आकार लिएर बस्ने हो मात्र भगवान् भरोसामा कति दिन दाल रोटी र परौठा खाने हे ईश्वर !!!


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box